नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजना तथा जापानमा क्रियाशील यस संस्था सँग आबद्ध ११ सदस्य संस्थाहरुको सह-आयोजनामा ''२५ औ वि...
नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजना तथा जापानमा क्रियाशील यस संस्था सँग आबद्ध ११ सदस्य संस्थाहरुको सह-आयोजनामा ''२५ औ विश्व आदिवासी दिवस २०१९ '' कार्यक्रम अगष्ट ११ तारिकका दिन रोदी क्लब टोकियोमा समानुपातिक समाबेशिताको लागि आन्दोलनकै रुपमा भब्य मनाइयो। यसै गरी "पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो साझा अभियान ! २५औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन !!" - भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ जापान, क्षेत्रिय समिती नागोयाले बिविध कार्यक्रम सहित अगष्ट १३ तारिकका दिन टोयोटा सिटी नागोयामा "२५ औं बिश्व आदिवासी दिवस " भब्यतापूर्वक सम्पन्न गरेको थियो।
ज्ञात रहोस्, संयुक्त राष्ट्र संघले बिश्वका आदिवासीहरुको पहिचानभाषा संस्कृतिको उत्थानसंगै सामानुपातिक बिकास गर्ने लक्ष्य लिएको छ। यसै अनुसार चौतर्फी बिकासमा आदिवासीका भाषाको ठूलो भूमिका रहने भएकोले सन् 2019 लाई भाषा बर्षको रुपमा मनाइएको छ।
यस कार्यक्रमको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल बाट पाल्नु भएर २५ औ विश्व आदिवासी दिवसको प्रमूख आतिथ्यता ग्रहण गरि नविन रोका मगर ज्युले आदिवासी जनजाति लगायतका सवाल बारे महत्वपूर्ण र सारगर्वित मन्तब्य प्रकट गरेर हामी सबैलाई यस पुन्य कार्यमा लाग्न उर्जा थप्नु भएको थियो। उहाँ नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता, नेपाल कम्यूनिस्ट पार्टी पोलिब्यूरो केन्द्रिय सदस्य, नेपाल मगर संघको अध्यक्ष जस्ता प्रमुख कार्यभार सम्हाल्दै आउँनु भएको छ। यसका लागि हामी जापानमा बसोबास गर्ने नेपाली मूलका आदिवासी जनसमुदाय सबैबाट नविन रोका मगर ज्यूलाई हार्दिक कृतज्ञता तथा आभार ब्यक्त गर्दछौ।
त्यसै गरेर दिवसलाई भब्यतापूर्वक सम्पन्न गर्न पाल्नु भएका विभिन्न संघ संस्था , राजनैतिक पार्टी, एकल जातिय संघ संस्थाहरुका अतिथि ज्यूहरु, सल्लाहकार ज्यूहरु , कार्यसमितिका साथिहरु , संचारकर्मी साथिहरु , संगीतकर्मी कलाकार साथिहरु, कार्यक्रम संयोजनको लागि नेफिन जापानका उपाध्यक्ष पेम्बा सेर्पा ज्यु तथा उपस्थित संपूर्ण दाजुभाई, दिदी बहिनीहरुमा हामी सबैको सबैलाई हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्दछौं।
{fbt_slider_post}
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्