हिजोआज मेरो फुच्चे छोरो मासारु पाँच नाघेर छ बर्षमा टेकेकाले होला उ पहिला भन्दा धेरै नयाँ कुराहरु सिक्न र गर्न आफै पनि उत्सुक देखिन्छ। तर...
हिजोआज मेरो फुच्चे छोरो मासारु पाँच नाघेर छ बर्षमा टेकेकाले होला उ पहिला भन्दा धेरै नयाँ कुराहरु सिक्न र गर्न आफै पनि उत्सुक देखिन्छ। तर केटाकेटीको एक किसिमको आफू भन्दा ठूलाको चञ्चली खेलौंना बनेर खेलौंनासंगै रमाऊँ भन्ने निष्कपट चाल बिचार धेरै कुराहरुमा प्रतिबिम्वित हुन्छ। कहिलेकाही जापानीज भाषाबाट "कोला" भनेर उसको हलुको ख्यालठट्याँईलाई यहाँका अभिभावकले झै शतर्क गराउने बानी मलाई पनि लाग्न थालेको छ।
उसो त म पूर्वी नेपालमा हुर्केबढेको मान्छे, यो कोला शब्दसंग निकै सानो देखि परिचित नै थिए। पूर्वी नेपाल र उत्तर-पूर्व भारतमा बसोवास गर्ने नेपाली भाषिक समाजमा कोलाले थम्मा नै गाडेर बगैंचा पनि बनाएको छ। अब कुरोको चुरो "केरा" शब्द ति समाजमा बिस्थापित हुन बाँध्य भएको छ। " के यि कोला र केरा शब्दहरु विच आन्तरीक द्धन्दको कारणले एकले अर्कालाई आफ्नै बोक्राको छिल्कोले चिप्ल्याए जस्तै भएको त होइन ?" – भन्ने कौंतुहल जो कोहीलाई लाग्नु स्वभाविक छ।
भर्खरै भारत गारुहिलबाट हात्ती र साथीको थिचोमिचोले आफैले आर्जेको उर्वराशिलभूमी, घरजग्घा आदि च्वाट्टै छाडेर पुर्ख्यौंली थलो नेपाल प्रवेश गर्न बाँध्य भएको केही खड्का, कार्की आदिका परिवारहरु हाम्रो छिमेकमा बढेको थियो । यि आसामेहरु र पूर्वी नेपालीहरुमा केरा र कोलाको ब्यवहारीक प्रयोग एउटै रहेछ। यि समाजमा आमाले बाउँको रिस छोराछोरीलाई पोख्न होस या छिमेकीका छोराछोरीले गरेका सानोतिनो खुजुरा फट्याँईलाई सोझो पारेर गाली गर्नहोस् - "केरा खा" भनेर रिस पोख्ने धेरैको पारिवारिक मेलो बनेको छ।
"यत्रो भुत्रो खा, तेरा बाउँको केरा खा !" - जस्ता गालीबाट बच्न केटाकेटीहरु टाढैबाट सुँइकुच्चा ठोक्ने गर्दथे। कतिले त केराको जात र आकार प्रकृति थपेरै रमाईला तर फोहोरी गुनगान गाउँथे।
" तेरा बाउँको अठिया, माल्भोक, धुसुरे... केरा खा, मोरामोरी हो !" यसरी समाजमा अप्रभंशको रुपमा केरा शब्दलाई प्रयोग गरीएको कारण खास गरी पूर्वेली महिलाहरु माथि एक्कासी यो शब्दले कसैद्धारा सम्बोधन गरेमा आफुलाई यौंन आक्रमण भएको ठान्दछन् ।
तर बिडम्वना ! केरा शब्दले काठमाडौं देखि पश्चिमका नेपाली समाजमा असर पार्दैन। हुन त तराईका धेरै जसो आदिवासी समाज भित्र पनि केरालाई "केला" भन्ने गर्छन्। उनीहरु महिला सहपाठीहरु बिच पनि निर्धक्क भन्छन् – " निर्मला, केरा खाने हो ?"
एक दिन त्यस्तै पर्यो। मेरो चिनजानमा परेकी बहिनी र पश्चिमेली पुरुष मित्र सँगै बसेर कुरा गर्दै थिए। ति मित्रले भर्खरै किनेर ल्याएको ठूला साइजका केरा ख्वाउँने बिचार गरेका रहेछन् क्यारे, ति बहिनीलाई सोधे - "बहिनी भोक लाग्यो होला केरा खाने?" ।
त्यहाँ अरु पूर्वेली-पश्चिमेली बहिनीहरु पनि थिए। उनीहरुको प्रतिक्रिया आफैमा भिन्न थियो । पूर्वेली महिलाले झस्किदै प्रतिक्रिया दिइन् – " तपाईको केरा भो चाहिएन... कस्तो नकच्चरा मान्छे छ्याँ.... !"
तर " हुन्छ नी, पेटभरी खाउँला नी..." - पश्चिमेली महिलाले भने खुशीसाथ भनिन् । त्यहाँ ति पुरुष मित्र भने दोधारमा परे ! म अवाक्क भएर उनीहरु विच उब्जेको नेपाली भाषागत प्रयोगको बिबिधतालाई सुल्झाउँन पट्टी लागे ।
फेरी पनि जापानीज भाषाको यो "कोला" शब्दले मलाई "केरा र केला" बिच मानसिक रुपमा जम्काभेट गराउँने गर्छ। यि भाषागत तितो मिठो अर्थलाई अंग्रेजीको "बानाना" शब्द प्रयोग गरेरै भएपनि छोरालाई सिकाउँदा र खेल्दा फूर्के टालो हाल्ने बानी परेको छ। अनि उसले मेरो "कोला" गरेर सतर्क गराएको भाषालाई पनि मीठो बानाना झै ठान्न पुगीसेकोले होला, पत्याउँन छाडिसकेको छ।
बनाना सर्वसुलभ भएर पनि यसको उपयोग गर्नेहरुले थाहै नपाई आधारभुत स्वास्थ लाभ लिइरहेका छन्। पाकेको पहेलो केरा पाँचन प्रणालीको लागि मात्र नभई नशा र मुटु सम्बन्धि रोग निवारणको लागि पनि उपयोगी हुन्छ भन्ने तथ्य थोरैलाई मात्र थाहा होला । कहिलेकाही मोटोपन घटाउन र तौल घटाएर शारीरिक फिटनेसको लागि "बानाना डायट" गर्ने बुढीमाउँ देखि कवाइकोच्यानहरुले सुपरमार्केटको बानाना चाडै सिध्याउँने गरेको समाचार हेडलाइन बन्ने गर्छ। जापानमा छिर्न साथ क्रिसमस ईभ ताका बनाना स्टोरमा राख्ने पुर्याउँने बाइटो गरेकोले पनि होला, जापानमा मेरो मनमस्तिष्कमा केरा, कोला, केला, बानाना शब्दहरुले निकै ठाउँ ओगटेको छ।

ज्ञातरहोस, पूर्वेली नानीहरुलाई केरा शब्दले मानसपटलबाटै गाली बेइज्जती गरेको अर्थ लाग्ने भएको हुनाले "केरा खाने" भनेर सम्बोधन गर्दा आक्रमक लाग्ने गर्छ।
दही चिउरा, बानाना लसी खानको लागि मात्र नभएर मुटुरोगबाट बच्न पनि केरामा भएको खनिज तथा भिटामिनले निकै सहयोग पुर्याउँने दावी स्वास्थ्य बिशेषज्ञहरुको रहेको छ। बिशेषज्ञको खोज *साइन्स डाइरेक्ट* एवं बिभिन्न डेटाबेस अनुसार साधरण साईजको 118 ग्राम केरामा स्वास्थ्यलाई फाइदाजनक यि आधारभूत तत्वहरु रहेको पाइन्छ।
- Potassium: 9% of the RDI
- Vitamin B6: 33% of the RDI
- Vitamin C: 11% of the RDI
- Magnesium: 8% of the RDI
- Copper: 10% of the RDI
- Manganese: 14% of the RDI
- Net carbs: 24 grams
- Fiber: 3.1 grams
- Protein: 1.3 grams
- Fat: 0.4 gram
➡️ केही जापानीज शब्दवालीहरु:
कोला(こら): साना नानीलाई सतर्क गराउँन प्रयोग हुने शब्द, ल ऐ बाबु नानी ।
बाईटो(バイト): पार्ट टाइम जब।
ओभाआच्यान(おばあちゃん): हजुरआमा, बुढी आमै।
ओभाच्यान(おばちゃん): काकी, माइजु, फुपु
कवाईकोच्यान(カワイ子ちゃん): आश लाग्दा नवयूवती।
केलाः तराईका मैथली थारु भोजपुरी भाषामा बानाना
साभारः छत्र मगर
फोटो कम्पोजिट गुगलसर्च कलेक्सन
https://chhatramagar.com
फोटो कम्पोजिट गुगलसर्च कलेक्सन
https://chhatramagar.com
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्