Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

ग्रान्डिका डाक्टर विनय रेग्मी भन्छन् –"डेंगुमा एन्टिवायोटिक नखानुहोस्"

ग्रान्डि ईन्टरनेशनल अस्पतालका फिजिसियन डाक्टर डाक्टर विनय कुमार रेग्मीले एन्टिवायोटिकसँग डेंगुको कुनैपनि सम्बन्ध नरहने बताएका छन् । ...

ग्रान्डि ईन्टरनेशनल अस्पतालका फिजिसियन डाक्टर डाक्टर विनय कुमार रेग्मीले एन्टिवायोटिकसँग डेंगुको कुनैपनि सम्बन्ध नरहने बताएका छन् ।

 देशभरी डेंगु फैलिएको अवस्थामा उनले डेंगुबारे जानकारी दिदैं डेंगु लागेका बेला सिटामोल खाने र घरमै आराम गरेर बस्न तथा नआत्तिन पनि सर्वसाधारणलाई सुझाएका छन् ।  

 डेंगुको लामखुट्टे अत्यन्तै सानो हुने र विहान घाम नलाग्दै तथा बेलुका साँझपख टोक्ने गर्दछ । यो लामखुट्टे शुद्ध र सफा पानीमा बस्ने गर्दछ । डेंगु लाग्दा मानिसहरु आत्तिएकोले नआत्तिन अनुरोध समेत डा. रेग्मीले गरेका छन् । डेंगु लाग्दा अत्यन्तै जिउ दुख्ने, अत्यधिक ज्वरो आउने र कसैकसैलाई रुघाखोकी लाग्ने, घाँटी दुखेको जस्तो हुनेलगायत हुन्छ । लठ्ठिले पिटेजस्तो गरी शरीर दुख्छ । डायरिया, बमिट पनि हुन्छ । सिटामोल खाएपछि एकछिन सन्चो हुने र फेरि आउने गर्यो भने डेंगु जचाउन जरुरी हुन्छ ।

डा. रेग्मीका अनुसार डेंगु हुँदैमा सबैको प्लेटलेट घटेर ब्लिडिङ हुने हुँदैन । त्यसको अनुगमन गर्नका लागि दिनदिनै सिबिसी भन्ने जाँच गर्नुपर्छ । यदि प्लेटलेट झर्ने क्रममा छ भने त्यसलाई चेक गर्नुपर्छ । त्यसमा हेमाटोक्रिट रातो रगतको कन्सन्ट्रेशन बढ्दै गयो भने र ब्लडप्रेशर लो हुँदै गयो भने भर्ना भएर बस्नुपर्ने हुन्छ । 'यसको लागि कुनै एन्टिवायोटिक खानु पर्दैन, यदि कोही डाक्टरहरुले एन्टिवायोटिक चलाउँछन भने नलिनुहोला किनभने डेंगुमा यसको कुनै रोल छैन ।' डा. रेग्मी भन्छन् ।

डेंगुबाट बच्न
घर वरिपरी सफा राख्ने, गमला, टायर अथवा कतै पनि सफा पानी जमेको छ पानी फ्याकिदिने, मट्टितेलहरु छर्कने । यस्तो कुरामा छिमेकीलाई पनि सजग बनाउने । झुल लगाएर सुत्ने । ओडोमस क्रिमहरु लगाएर बच्चाहरुलाई स्कुल पठाउने । फुल वाउला भएको कपडा लगाउने, साझको बेला बालबालिकालाई बाहिर ननिकाल्ने । साथै ठूलो मान्छेले पनि बेलुकाको समयमा फूलबारीमा निस्केर काम नगर्न सल्लाह दिन्छन् डा. रेग्मी । यस विषयमा अभिभावकहरुले स्कुललाई पनि सचेत गराउनुपर्ने बताउँछन् डा. रेग्मी । रेग्मीका अनुसार डेंगुको संक्रमणका बेला घरमा आराम गर्ने, पानी प्रशस्त पिउने तथा सिटामोल खाने गर्नुपर्दछ ।

साभारः
संसारन्युउज
https://www.sansarnews.com

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी