Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल पत्रकार महासंघ जापान शाखाको अधिवेशन तयारीमा तिव्रता

ने पाल पत्रकार महासंघ , जापान साखाले अधिवेशनको तयारीलाई तिव्रता दिईएको छ। महासंघको कार्य समितिको वैठकले आगामी सेप्टेम्बर २२ तारिक आई...



नेपाल पत्रकार महासंघ , जापान साखाले अधिवेशनको तयारीलाई तिव्रता दिईएको छ। महासंघको कार्य समितिको वैठकले आगामी सेप्टेम्बर २२ तारिक आईतवार टोक्योमा अधिवेशन तोकेको हो। ५० जनाको हाराहारीमा सदस्यता रहेको पत्रकार महासंघ जापानमा केही नयाँ सदस्यता थपिने प्रकृयामा रहेको नेपाल पत्रकार महासंघ , जापानका उपाध्यक्ष पूर्ण चलाउनेले बताए।

महाधिवेशनमा पेश गर्नको लागि कार्य प्रतिवेदन र आर्थिक प्रतिवेदन बनाउने कार्य अन्तिम चरणमा रहेको महासंघका कोषाध्यक्ष राजविन थापाले बताए। महासंघको अधिवेशनमा उपस्थित हुन केन्द्रिय प्रतिनिधीको टुङ्गो लागेको नेपाल पत्रकार महासंघ , जापान साखाका अध्यक्ष मोहन घलेको भनाई छ। नयाँ बन्ने समितिमा धेरैले आफ्नो ईच्छा व्यक्त गरिरहेका छन् । वर्तमान अध्यक्ष मोहन घलेले अध्यक्षमा दोहर्‍याउन चाहेका छन्। यस सम्बन्धमा जिज्ञासा राख्दा यो सबै साथीहरुको निर्णयका भर पर्ने घलेले बताए।

त्यसै गरि वर्तमान कोषाध्यक्ष राजविन थापाले आफ्नो अध्यक्षको उमेदवारी घोषणा संगै प्रचारमा लागेका छन्। यसपालि साथीहरुले आफुलाई अध्यक्ष पदमा विश्वास गर्ने उनको तर्क छ। त्यसैगरि अध्यक्ष पदमा पत्रकार महासंघ जापान साखाका सल्लाहकार वेलु थापाको पनि चर्चा छ। उनि यतिवेला पर्ख र हेरको नितिमा रहेका छन्।सवै निर्णय उपयूक्त समयले गर्ने उनको भनाई छ। 

त्यसैगरि पत्रकार महासंघ जापानको अध्यक्षको भावि अध्यक्षमा एभरेष्ट्र फुजिन्यूज डटकमकी सम्पादक प्रेमिला गौचनको पनि नाम चर्चामा छ। उनि यसपालि महिलालाई महासंघको नेत्तृव दिनुपर्ने धारणा राख्छीन । साथीहरुको सुझाव अनुसार अगाडी बढ्ने उनको भनाई छ। अरुले भने अहिले नै मुख खोली सकेका छैनन। अव बन्ने नयाँ कार्यसमिति सहमतिमा नै वन्दा काम गर्न सजिलो हुने तर्क वर्तमान उपाध्यक्ष विनोदकुमार सापकोटाको तर्क छ। त्यसैले सरसल्लाह वाट सहमति मा नयाँ समिति बनाउन पर्छ।

साभारः
रमेश राना मगर
http://www.fujinepal.com

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी