सेपटेम्बर ६ तारिकका दिन गैर आवासीय नेपाली संघ जापानको नवौं महाअधिवेशन "जापानवासी नेपालीहरुको सहभागिता ! देशको समृद्धि र लगानीम...
सेपटेम्बर ६ तारिकका दिन गैर आवासीय नेपाली संघ जापानको नवौं महाअधिवेशन "जापानवासी नेपालीहरुको सहभागिता ! देशको समृद्धि र लगानीमा हाम्रो प्रतिबद्धता!!" भन्ने मूल नाराका साथ , जापानको टोकियो स्थित नाकानो जिरो हलमा सम्पन्न भएको थियो । नयाँ कार्यकालको लागि सेप्टेम्बर ८ तारिका दिन अनलाइन ई-भोटींग पद्धतिबाट बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म सहमतिमा आउँन नसकेका पदहरुको लागि चुनाव गरीएको थियो। उक्त चुनावबाट अध्यक्ष पदमा देवीलाल भण्डारी, वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा जनक बिक्रम शाही को साथै ७ जना सदस्यहरु निर्वाचित हुनु भएको छ। निर्वाचित हुने सदस्यहरुमा राजेन्द्र खनाल, सुपेन्द्र् घिसिंङ्, बाबुराम खरेल, महेश कुमार कटुवाल, दिलाराम गैरे, सुबु थापा, जीवन कुमार गुरुंग रहेका छन्।
अध्यक्ष पदका प्रत्याशी अन्य उमेद्वारहरुमा तत्कालीन अध्यक्ष तासी वाङ्दी लामाले ५५३ भोट, शिब प्रसाद पौडेलले २४० भोट, दिनेश कुमार गुरुंगले २३३ भोट प्राप्त गरेका थिए भने विजयी हुने उमेद्वार देवीलाल भण्डारीले ५८५ मत पाउँनु भएको कुरा एन.आर.एन. जापानको होमपेजमा उल्लेख गरीएको छ । देवीलाल भण्डारी लामो समय देखि जापानमा ब्यवसाय गर्दै आउँनु हुने पूर्व बिधार्थी हुनुहुन्छ। उहाँ सामाजिक एवं एन.आर.एन.को अभियानमा पनि समय समय संलग्न हुँदै आउँनु भएको छ। बुझ्नेहरुले देवीलाल भण्डारीलाई पार्टीगत रुपमा एमालेसंग नजिक भएको पाउँने गर्दछन्। यसै गरी तत्कालीन अध्यक्ष तासी वाङ्दी लामा कांग्रेससंग नजिक हुनुहुन्छ भने शिव प्रसाद पौडेललाई केहीले तासीको बागी उमेद्वारको रुपमा लिने गरेका छन्। दिनेश कुमार गुरुंग एन.आर.एन. जापानका पूर्व सदस्य हुन्। उनी पनि आइ.सी.सी. अध्यक्ष भवन भट्ट जस्तै जापानीज श्रीमति र बालबच्चा हुने गैर आवासीय नेपाली हुन। टोकियो जापानमा उनले ठूलो लिक्वोर सप (जाँडरक्सी, खानेकुरा बेच्ने स्टोर) संचालन गर्दै आउँनु भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ जापानले नव निर्वाचित कार्यसमितिका संपूर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेको छ । २०१९ – २०२१ कार्यकालको लागि नव निर्वाचित सम्पूर्ण कार्यसमितिको नामावली यस प्रकार रहेको छ।

No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्