Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

स्वास्थ्य नै धन हो भने जस्तै समय पैसा हो

जापानीज स्वास्थ्य बिज्ञ टोलीको अनुसन्धान अनुसार प्रशोधन नगरीएका साधरण टमाटर जुस दैनिक एक कप जति पिएमा हाइ ब्लडप्रेसर रोगलाई नियन्त्रण...

जापानीज स्वास्थ्य बिज्ञ टोलीको अनुसन्धान अनुसार प्रशोधन नगरीएका साधरण टमाटर जुस दैनिक एक कप जति पिएमा हाइ ब्लडप्रेसर रोगलाई नियन्त्रण गर्न सहयोग पुर्याउँने र रगतमा हुने सेरियम लिपोप्रोटिन कोलेस्टरल कम गराउँने भएकोले संभावित ठूलो मुटु रोग लाग्नबाट बच्न सहयोग गर्नेछ


नेपालमा खासै ज्वरो नापेर उपचार गर्ने परिवारमा नहुर्केको मैले केही बर्ष पहिले बच्चालाई इनफ्लुएन्जाले सताउँदा दैनिक ज्वरो नापेर औषधी सेवन गर्ने, टाउको तथा बढी तापक्रमक बढ्ने घाँटी, कोख, छातीमा पानीपेटी लगाउँने जस्तो आधारभूत उपचारको नीतिलाई नियमसंगत गर्न निकै हम्मे पर्यो जापानका कतिपय स्वास्थ्य उपचार क्लिनिकमा यस बारे उपचार गर्ने बिधि र रेकर्ड ग्राफ सिट उपलब्ध गराउँने भएतापनि पनि केही ठाउँमा भने सधै पाइन्नयो खट्को उतार्ने उदेश्यले ज्वरो नाप्ने थर्मामिटरको रेकर्ड राख्ने ज्वरो मोनिटरींग ग्राफको बिकास गर्ने अवसर पाए।  झलक्क छिटो बुझ्न सकिने यस ज्वरो मापन मोनिटरींग ग्राफ वास्तवमा बिरामी एवं परिवार र डाक्टर सबैको लागि रोगको अवस्था जाँच गर्ने एउटा साधन बन्नेछ

यसरी नै आफैलाई पनि उमेरको साथ समय समय ब्लडप्रेसर बढ्ला जस्तो अनुभव हुन थालेकाले डाक्टरसंग सल्लाह गरे। उनले सके सम्म बिहान उठ्न अघि र सुत्न अघि प्रेसर नापेर केही महिना अवलोकन गर्ने सल्लाह दिए।  ब्लडप्रेसर नाप्ने डिभाइससंगै पाइने नमूना प्रेसर रेकर्ड मोनिटरींग ग्राफ पाकेट साइजको हुने भएकोले दैनिक लेख्न र हेर्न अप्ठ्यारो थियो । यसैलाई आधार बनाएर ए फोर साइजमा प्रेसर रेकर्ड मोनिटरींग ग्राफको बिकास गरे।
मैले आफै तयार पारेको यि दुई स्वास्थ्य अवलोकन सम्बन्धी ग्राफिकल फारमहरु: (बिरामीको ब्यक्तिगत ज्वरो अवलोकन ग्राफ र ब्लडप्रेसर अवलोकन ग्राफ) यहाँहरुलाई उपयोगी ठहरीए ब्यक्तिगत प्रयोगका लागि डाउनलोड प्रिन्ट गर्न सक्नु हुनेछ।

साभारः छत्र मगर
https://chhatramagar.com

अकास्मक छाती दुख्ने एजिना जस्तो छाती तथा मुटु सम्बन्धी रोग बारे NHK Japan: Ask the Doctor को उपचार सल्लाहः

  1. Heart Disease: #1 Three Unexpected Causes of Angina
  2. Heart Disease: #2 Treatment of Angina and Heart Attack
  3. Heart Disease: #3 Dangerous Atrial Fibrillation
  4. Heart Disease: #4 An Increasing Number of Heart Failure


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी