काठमाडौं । विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल आदिवासी जनजाति महा...
काठमाडौं
। विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन
हुने भएको छ ।
नेपाल
आदिवासी जनजाति महासंघ (नेफिन) को संयोजनमा हुने आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन
आगामी कात्तिक १ र २ गते काठमाडौंमा हुने भएको हो ।
महासंघका
अध्यक्ष जगतबहादुर बराम र उपाध्यक्ष तथा विदे विभाग इञ्चार्ज गोविन्द छन्त्यालले अन्तर्राष्ट्रिय
सम्मेलनमा सहभागी हुन देश तथा विदेशका संस्थाहरुलाई निम्तो समेत पठाएका छन् ।
विभिन्न
उद्देश्यले संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा
गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि निरन्तर
योगदान गरिरहेको स्मरण गर्दै गराउँदै परिवर्तित सन्दर्भमा संसारभरका नेपाली आदिवासी
जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक
सञ्जालमार्फत जोड्ने जोडिने उद्देश्यले आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन गर्न
गराउन गइरहेको स्पष्ट पार्दछौं’ निम्तोमा भनिएको
छ ।
सो
अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन नेफिन संघीय परिषद् सचिवालयका सम्पूर्ण पदाधिकारी
र सल्लाहकारहरू,
नेफिनका
पूर्व प्रमुखहरू, नेफिनका आदिवासी जनजातीय संगठनहरू र सम्बन्धन
संगठनहरूको तर्फबाट एक÷एक जना महिला
र पुरुष गरी दुई जना, नेफिनको प्रदेश समन्वय परिषद्का अध्यक्ष
रसंयोजकहरू,
विदेशस्थित
नेफिन सम्बन्धन शाखाहरूको तर्फबाट दुई–दुई जना महिला
र पुरुष गरी चार जना र आवश्यक अन्य आदिवासी जनजाति आन्दोलनका व्यक्तित्वहरू प्रतिनिधिको
रुपमा उपस्थिति हुने समेत जानकारी गराएको छ ।
विदेशमा
रहेर नेपालको आदिवासी जनजाति आन्दोलनलाई विभिन्न समयमा पुरयाएका,
आर्थिक,
नैतिक,
भौतिकलगायत
विविध खाले सहयोग र योगदानको उच्च कदर गर्दै आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनलाई
सफल बनाउन एकअर्काबीच हातेमालोका लागि समेत महासंघले आग्रह गरेको छ ।
साभारः
नागरिक
खबर अनलाइन
२०७६ साल आश्विन ९ गते,
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्