टोक्योमा आज सेप्टेम्बर २१ शनिबार २०१९, चौथो संघीय लोकतान्त्रिक संबिधान दिबस जापानबासि नेपालीहरुको बृहत तथा भव्यताका साथ टोक्योमा सम्पन ...
टोक्योमा आज सेप्टेम्बर २१ शनिबार २०१९, चौथो संघीय लोकतान्त्रिक संबिधान दिबस जापानबासि नेपालीहरुको बृहत तथा भव्यताका साथ टोक्योमा सम्पन सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श टोक्यो तथा बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानको आयोननामा संबिधान दिबस कार्यकम गरिएको हो ।
लोकतन्त्रको गरिमा भनेको सबै नेपालीको समान सहभागिता सम्बृदी सुख र शान्ति हो यसले हरेक नेपाली लाइ न्यानोपन दिएको हुनु पर्छ ।
कार्यकममा बिभिन्न क्षेत्र बाट सहभिता भएको उक्त कार्यकममा पुर्ब जापानिज राजदुत महामहिम कोजिमा मित्सुआकीले नेपाल सम्बृदको बाटो तिर लम्किरहेको छ १९९० को दशकमा ३०० जना जतिको हाराहारीमा मात्र नेपाली जापानमा बसोबास गर्थे भने आज आएर ९० हजार पुगीसकेको र नेपाल जापान बिच सिधा हवाई जहाज सुरू भएको हुनाले पनि अझ बढी नेपाली र जापान हरु बीच सम्बन्ध गाढा बन्दै जाने र नेपालको लोकतान्त्रिक संबिधानले नेपाली जनतालाइ समानता ,बिकाश र दीर्घकालीन सुख शान्तिमा लाने कुरामा बिश्वस्त भएको कुरा ब्यक्त गर्नु भयो । नेपालबाट आउनु भएको कार्यकर्मको अर्का बिसेष अतिथि प्रोफेशेर तथा इमेज च्यानल टेलिविजनको कार्यकरी निर्दशक रघुधर भक्त मानन्धरले संबिधान दिबसको सबै नेपाली र नेपाल सम्बन्ध र थिचोमितो परेको सबै को समान बिकासमा महत्वपूर्ण भूमिका खेल्न पर्ने र सबैले यसलाई पालना गर्दै अग्रसर हुन् पर्ने धारणा ब्यक्त गर्नु भयो ।
एन आर एन ए जापानका सस्थापक अद्यक्ष तथा मानवाधिकारकर्मी राजन प्रधानाङ्गले नेपालमा येन नियम धेरै छन् तर एन नियममा लेखिए बमोजिम कसैले पनि नगर्ने बिशेसत नेपालको माथिल्लो दर्जाको नेपालहरुले नियम कानुन लाइ नमान्ने गरेको हुनाले संबिधान र येन कानुन गरेको राम्रो व्यवस्थाहरु नेपाली जनताले पाउन सकेको छैन । सबै जनाले मिलेर बनाएको नियम र कानुन सबैको लागि बराबर र सबैले मान्नु सके मात्र लोकतन्त्र को स्वाद सबैले पाउने हुन्छ भन्ने विचार ब्यक्त गर्नु भयो । त्यस्तै अर्का अतिथि बक्ता जापानमा बुद्द धर्म अध्यन र पअभ्यास गर्दै गर्नु हुने नन रमा खडकाले बुद्ध धर्मले र संबिधानले संसारलाइ शान्ति र सुख प्रदान गर्छ , हामीले जापानको संबिधानको धारा १७ र जापानिज जनताले गर्ने यस प्रतिको सम्मान र उतर्दायित्व लाइ मनन गरेर संबिधानमा लेखिएर कुरा लाइ आफ्नो जिबनमा र अरुको जिबनमा पनि शान्ति ल्याउन अग्रणी भूमिका खेल्नु पर्ने विचार ब्यक्त गर्नु भयो ।
यस कार्यकमको अद्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सको टोक्योको लागि वाणिज्यदुत डा. बलराम श्रेष्ठ ले उपस्थीत सम्पूर्ण सहभागीहरु लाइ संबिधान दिबसको यस पावन अबसरमा सहभागिताको लागि हार्दिक धन्यवाद दिनु हुदै नेपालमा संबिधानको मर्म लाइ हरेक नेपालीले सकारात्मक रुपमा आत्मसाथ गर्नु पर्ने , जसरी मानबको शरीर स्वस्थ भएर चल्न यसको इन्द्रियहरुले सहज रुपमा काम गर्नु पर्छ र मानिस स्वस्थ हुन्छ त्यसरी नै प्रकृतिले आफ्नो नियम सहज रुपमा चारै ऋतु ,रात दिन ,घाम पानि चन्द्र सुर्य जल थल चलाई रहेको हुन्छ र स्वस्थ प्रकृति चलिरहेको हुन्छ त्यसरी नै मानब समाजको निर्माण भए पछि समाज चलाउन नियम कानुन संबिधानलाइ बनाएर समाज लाइ उन्नति प्रगति बिकाश गर्न र मानिस व्यक्ति र समाजले यो बनाइएको नियमले जिबन जिउन मनोरन्जन लिई सुख र सम्बृदी हासिल उन्नत हुनु पर्छ नकी कानुन र नियम संबिधान बनाएर बन्देज र भेदभाब ,पिडा ,उचनीच लडाई झगडा रोप्ने हो । जसरी जापान जस्तो देशमा बढी भन्दा बढी व्यक्ति र मानब समाजको उन्नत बिकाश र भलो हुने कानुन नियम बनाएको पाइन्छ हरेक ले स्वतन्त्रता ,खुला ,न्याय ,सुरक्षा , सम्बृदी प्रदान गरेको देखिन्छ भने हामीले २००७ साल देखि २०७६ साल सम्म ७१ बर्ष आन्दोलनै आन्दोलन गरेर समय खेर फाले पनि सम्बृदी हासिल हुने बाटो तिर राष्ट्र नगई सामाजिक बिचलन , द्वोश ,दुस्मनी ,हेय ,ब्यङ्ग ,जनताको स्वतन्त्रता लाइ खुम्चाएर लाने प्रबिती हाबी हुदै गरेको कारण ले प्रत्येक नेपाली ले लोकतान्त्रिक आचरण अनुसार जिबन यापन गर्नु पर्छ र समाज पनि त्यस्तै लोकतान्त्रिक र संभ्यता तिर जादै राष्ट्र सभ्य र विकास हुन्छ भन्ने बिचार ब्यक्त गर्नु भयो । कार्यकमको स्वागत भाषण बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन को केन्द्रीय सदस्य भेष नारायण श्रेष्ठ ले गर्नु भएको थियो भने समाज सेबी पितान्बर चापागाई ले उद्घोषण गर्नु भएको थियो ।
कार्यकमको अन्तमा सहभागी सबैले नेपाली जनताको र नेपालको शान्ति, सुख सम्बृदी लाइ नेपालको संबिधान ले चिर स्थायी बनाओस भन्ने कामना गरि मैन बत्ति बालि शान्ति को कामना गरिएको थियो ।
साभारः
निहोन नेपाल डटकम
http://nihonepal.com
निहोन नेपाल डटकम
http://nihonepal.com
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्