Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

टोकियोमा माननिय मन्त्री पुन र निर्देशक घिसिङसंग : वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो । प्रवासी नेपाली एकता मञ्च जापानको आयोजनामा वृहत अन्तक्रिया कार्यक्रममा सम्पन्न भएको छ । मंगलवार टोकियोमा   ऊर्जा , ज...


टोकियो । प्रवासी नेपाली एकता मञ्च जापानको आयोजनामा वृहत अन्तक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

मंगलवार टोकियोमा  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन 'अनन्त' र नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ उपस्थितिमा वृहत अन्तक्रिया कार्यक्रममा सम्पन्न भएका छन ।

मन्त्री वर्षमान पुन र कुलमान घिसिङ समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक वृहत अन्तक्रिया कार्यक्रममा सहभागि हुनुभएका हो । ऊर्जामन्त्री पुनको प्रमुख आतिथ्यता र घिसिङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।  कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएन अध्यक्ष भवन भट्ट लगायत जापानको विभिन्न् ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ,सरकार समृद्धिको यात्रामा अघि बढेको बताउदै सरकारको यात्रामा सहकार्य गर्न जापानबासी नेपालीको पनि भूमिका रहेको उल्लेख गर्नुभयो । मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न सरकारले शुशासन, गरिवी निवारण र उद्यमशिलतालाई प्राथामिकतामा राखेर काम गरेको बताउदै विकास र समृद्धि सापेक्षित रुपमा हुने बताउनुभयो।

जापान भ्रमणमा रहनुभएका मन्त्री पुनले जापानीजहरु नेपालमा लगानी गर्न इच्छुक भएकोले वातावरण मिलाउन समेत आग्रह गर्नुभयो । जापानी विकास नियोग (जाईका) को निमन्त्रणामा मन्त्री पुन ४ दिने भ्रमणका लागि जापान आएको कार्यक्रम संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।

भ्रमणमा मन्त्री पुनले जापानका वन मामिला मन्त्री,जापानको लिबरल डेमोक्रेटिक पाटीका महासचिव निकाई तोसिहिरो, जाईकाका उपाध्यक्ष हिरोसी कातो र परराष्ट मन्त्रालयका उच्च स्तरीय भेटघाट गरि ऊर्जाकै विषयमा छलफल हुने बताईएको छ ।
माननिय मन्त्री पुन २७ तारिख शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

साभारः
मातृसन्देश टिम
https://matrisandesh.com/

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी