Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल मगर संघद्वारा गरियो मगरजोङ अवलोकन (फोटो फिचर सहित)

सिक्किम । अखिल सिक्किम मगर संघको आयोजनामा सिक्किममा बसोबास गर्दै आएका मगर समुदायका बिच मैत्रीपूर्ण भेटघाट तथा मगर जोङ्ग र अवलोकन कार्...


सिक्किम । अखिल सिक्किम मगर संघको आयोजनामा सिक्किममा बसोबास गर्दै आएका मगर समुदायका बिच मैत्रीपूर्ण भेटघाट तथा मगर जोङ्ग र अवलोकन कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल मगर संघको आयोजनामा नेपाल भारत मैत्रीपूर्ण  इतिहास भ्रमणका क्रममा दक्षिण सिक्किम जोरथाङ्ग भारतको सहयोगमा मगर संघ नेपालका अध्ययक्ष नविन रोका मगरको नेतृत्वमा त्यहा रहेको मगरजोङ्ग अथवा सिन्तुपति सेन मंगर राजाले राज गरेको एैतिहांसिक ठाउँको अवलोका गरिएको छ ।  

मगर राजाले राज्य गरेको ठाउँ मंगसारी मगरजोङ्ग बारे राम्रो संग त्यहाको इतिहासको पुरै सत्यतथ्य सहित नेपाल मगर संघलाई टि. एन. थापा मगरले अवलोकन गराउनु भएको थियो ।

सिक्किम भूमिमा बसोबास गर्ने आदिम जातिहरु मध्ये मगर जाति पनि एक रहेको सत्य तथ्य सित सिक्किमका बिभिन्न ठाउमा मगर राजा र मगर मुखियाहरुले रजौटाहरु स्थापना गरि शासन गर्दै आएका थिए । सिक्किमका विभिन्न जोङ्गहरु जस्तै पश्चिममा बर्थाङ्ग-बर्फोक मगरजोङ्ग, सुल्डुङ गढी पश्चिम सिक्किम, दक्षिण सिक्किमका कामराङ्ग मगरजोङ्ग, कटेङ्ग मगरजोङ्ग, कदमताम मंगरजोङ्ग पूर्व सिक्किम, अनि  मध्य पश्चिमको मंगसारी मगरजोङ्गको इतिहास रहस्यपूर्ण छ । यी सबै जोङ्गहरुको इतिहास संरक्षण हुनु नित्तान्त आवश्यक छ ।

इतिहाँस मै पहिलो पटक अध्यक्ष रोका मगर कै नेतृत्वमा भ्रमणमा निस्केको नेपाल मगर संघले भारत नेपाल मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुका साथै त्याहाको एक आपसका बिचमा भाइचाराको सम्बन्ध, सदभाव, पहिले र अहिलेको राजनितिक अवस्था लगायतका विषयमा व्यापक छलफल गएिको छ । 

अवलोकन भ्रमणपछि अखिल सिक्किम मगर संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै एकआपसमा यसरी भेट्न पाउंदा निकै खुसी लागेको कुरा बताउदै हामीले हाम्रा पुस्ताका लागि भएपनि हाम्रो भाषा बचाइ राख्न नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले आग्रह गर्नुभयो ।  स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष रोका मगरले मगर संस्कार हाम्रा बाबा र आमाले दिएको उपहार हो भन्दै हामी मगर हौँ भन्दै खुलेर बाच्न भाषा संस्कृतिलाई संरक्षण गर्न आग्रह पनि गर्नु भयो । यस्तै  भारतको उत्तर-पूर्वी राज्यमा स्थित अखिल सिक्किम मंगर संघ, सिक्किका सभापति श्रीमान सन्तोष आले मगरले यसरी आफ्नो  सन्तान  खोज्दै  ममैत्रीपुर्ण अवलोकनमा  आनुभएकोमा हृदय देखि खुसी व्यक्त  गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।   

कार्यक्रममा नेपाल  मगर संघ र भारत दक्षिणी  सिक्किम अखिल मगर संघले  सम्क्षना  स्वरुप  मायाको  चिनो समेत आदान  प्रदान  गरिएको थियो ।   

हामीले हाम्रो भाषा  भचाइ राख्नुपर्छ भन्दै अध्यक्ष रोका मगरले  नेपालमा बोलिने  मगर भाषा  बालेर  समेत प्रस्तुत गर्नु भयो । यसरी  नेपाल  भारत  मैत्री पुर्ण  भ्रमण निस्केको  यस टोलीलाई अखिल भारतीय मंगर संघका महासचिव श्रीमान् बिष्ण राना  मगरले  कार्यक्रम व्यवस्थापन  लगाएत त्यहाको  अवलोकन  सहयोग पुराउनूभएका  महासचिव  राना मगरलाई  मगर संघको  भन्डा समेत  वितरण  गरिएको  महासचिव  ज्ञानेन्द्र पुन मगरले  बताउनुभयो ।

धनकुटाको नाम्जेबाट  १२ औँ  बैठक सकेर  नेपाल भारत   भ्रमणमा निस्केको नेपाल  मगर संघको टोली  आज  दाजिलिङ्गको  कालिमपोङ्ग  पुगेको छ। 


साभारः नाइस समाचार
http://www.nicesamachar.com
{fbt_gallery_post}


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी