फोटो डेभलबमेन्टः छत्र मगर म मगर गाउँबिच जन्मेर पनि बिविध जातिय समाज बिच हुर्केको मान्छे दशैं भने पछि सानोमा हुरुक्क हुने। नेपाल...
म मगर गाउँबिच जन्मेर पनि बिविध जातिय समाज बिच हुर्केको मान्छे दशैं भने पछि सानोमा हुरुक्क हुने। नेपालको गाउँले पुरानो अवस्थाले नयाँ लुगा, मीठो खाने कुरा, खेल्ने पिङ्ग, भेटघाट गरिने ठूला ठालुबाट दिने आशिर्वाद सहितको सानो पैसो पाइने उमंगले जो कसैलाई दशैंले सानो छँदा सपनामा पनि दिन गन्ती गर्न सिकाएको हुन सक्छ। यसरी चाडपर्व र धान सिला खोजी कमाएको पैसो आफ्नै हुने भएकोले बिशेष महत्व हुन्थ्यो। यिनै पैसो बटुलेर पेवापात गरी किनेको आफ्नै पहिलो साईकललाई “दुलही” जस्तै सिङ्गारी चक्काको स्पोकमा बेलुन लगाएर मोटरसाइकलको आवाज निकाल्दै जुनेली रातको सबेरै बेलुकी गाउँ थर्काएको गाथा अहिले सम्झदा आफैलाई ठिट लाग्ने। तरपनि कतिका गरीब गाउँले आमाबुबा भन्ने गर्थे - “धनीको लागि दशैं, गरीबको लागि दशा”। साँच्चै केही गरिब परिवारहरु त बिवाह बर्तमन जस्तै दशैं तिहार चाडपर्वको कारणले पनि ऋणमा चुर्लुम्म डुप्थे।
हिन्दु पौराणिक कथा अनुसार देवीले दुःख दिने राक्षसलाई भक्ष गरेको अवसरमा रातो टिका सहितको दशैं मनाउँने गरेको सुन्नमा पाइन्छ। त्यसको दुई साता पछि दिपावली सहितको तिहार आउँने कुरा पनि जोडिएको छ। तर कतिपय सत्ताको मातमा परेर जातिय दङ्गा उक्साउँने समूहका कट्टर हिन्दुहरुले यसलाई जनसमुदायमा अफावसिद्ध हल्ला फिजाउँने गरेका छन्। राक्षस नभर प्राचिनकाल देखि नेपालको पूर्वी-पश्चिमका विभिन्न पहाडी भूमिमा राज्य गर्ने आदिवासी मंगोलियन राजाहरुलाई बिजय प्राप्त गरेको उपलक्ष्यमा दशैं बिजयत्सव पर्वको रुपमा नेपालमा भब्य रुपमा मनाउँन शुरु भएको हो - भन्ने।
मेरो दशैंले कसैलाई दसा नल्याओस्। सबैलाई आ-आफ्नो हैसियत र तौर तरिकाले अरुलाई असर नपर्ने ढंगले सबै चाडपर्व मान्न र मनाउँन पाऔं। अबको चाडपर्व पुरानो प्राचिन ढुंगे युगको परिभाषाले हैन, समयानुकुल आधुनिक सभ्यताले बर्णन गर्न सकौं। एकले अर्कालाई बन्देज र घृणा हैन, सहिषृणात्मक वातावरण बनाएर मानव सभ्यतालाई उच्च बिन्दुतिर लैजाऔं।
मगर इतिहासको पानाबाटः - गोर्खाका राजा मानसिङ खड्कामगरको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ । बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे । लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहले मानसिङ खडकामगरको राज्यमा दुई पटक सम्म आक्रमण गर्यो । तर दुवै पटक हारेर भाग्नु परेको ईतिहास साक्षी छन् । मानसिङ खड्कामगर अत्यन्त वीर साहसी थिए । उनको वीरता र पराक्रमको अगाडी कसैको केही लाग्दैनथ्यो । आमने-सामने लड्दा जित्न नसकिने देखि द्रब्य शाहले कुटनीतिको सहरा लिने बिचार गरे । मानसिङ खड्कामगर राजा भएकोमा त्यहाँका खस आर्यहरुलाई मन परेको थिएन । त्यसबेला गोरखामा गंगाराम रानामगर् अत्यन्त प्रभावशाली ब्यक्ति थिए । उसको पक्षमा धेरै गोरखाली मगरहरु थिए । त्यहाका खस आर्यहरु नारायण अर्याल, सर्बेस्वर खनाल, भुसाल अर्याल, भगीरथ पन्त मिलेर गंगारामलाई पनि बिभिन्न प्रलोभन देखाइ आफ्नो पक्षमा पारे ।
यी षड्यन्त्रकारीहरुको सङ्गठन मजबुत भयो । अन्तमा द्रब्य शाह सङ्ग मोटो रकम लिएर राजा मानसिङ खड्कामगर विरुद्धको अभियानमा यिनिहरु सकृय भए । नारायण अर्याल र गङगाराम मिलेर गोर्खाली जनतालाई राजा मानसिङ् खड्कामगरको बिरुद्धमा उचाल्न थाले । आफु बिरुद्ध आफ्नै मगर भाईबन्धुहरुले धोका देला भनेर राजा मानसिङले कहिल्यै सोचेनन । चैत्र अष्टमीको दिन आफ्नै दरबारमा चेलीबेटी, इष्टमित्र, भाइभारदारहरुलाई बोलाई नाचगान, खानपिन गरी मनोरन्जन गरिरहेको अवस्थामा पूर्व योजना अनुसार द्रब्य शाहको फौजले चारैतिर घेरा हाली आक्रमण गर्यो ।
गोरखाली सेनाले रातभरि बहादुरी साथ लडे । युद्धमा लड्दा लड्दै राजा मानसिङले वीरगति प्राप्त गरे । त्यसपछि द्रब्य शाह गोरखाको राज गद्दिमा बसे । यसरी षड्यन्त्र एवं कायरतापूर्ण तरिकाले गोर्खाली मगर राजाको राज्य लुटियो । बि.स.१६१६ चैत्र १७ गते नवमीको बिहान राजा मानसिङ खड्कामगरको हत्या भएपछि नारायण अर्याल र उनका मतियारहरु मिलेर मानसिङको गर्धन छिनालेर एउटा ठुलो कुडियामा रगत थाप्न लगाए । त्यसपछि चार पाँच पाथी चामल त्यही रगतमा भिजाएर राखे । त्यही चामल दशमीको दिन गोरखा दरबारमा राजा द्रब्य शाहको हातबाट सबै भारदार, सेनापति लगायत सर्बसाधारण सबैलाई टिका थाप्न बोलाइयो । गोरखाली मगरहरुले बिरोध गरेका थिए । तर ज जसले टिको लगाउन इन्कार गर्थ्यो उसलाई समातेर तुरुन्तै मृत्यु दण्ड दिने आदेस हुन थाल्यो । र एसरी मँगर हरुको लागि दसैको रातो टीका भनेपछी आफ्नाँ पुर्खा राजा तथा भाइ भार्दवाज दाजु भाइको खुन्को टीका सरह भएको कारण दसैको रातो टीका नँ लगाउने प्रचलन माँनिदै आएको हो ।
बहुदलिय प्रजातन्त्र शुरु हुन अघि सुसुप्त रुपमा देखिने दशैं बिरोधी कृयाकलाप, त्यसपछि भने धेरैले दशैंलाई बिरोधावासपूर्ण तरिकाले हेर्न थाले। यस मामिलामा स्व. नेता गोरे बहादुर खपांगीमगरले चालेको अघिपछिको कदमहरुले पनि निकै तातो बहस बनायो। उनले आफै नेतृत्व गर्दै गरेको अभियानलाई लत्याएर मन्त्रि बन्न राजाको हातबाट रातो टिको लगाउँन पुगेका थिए। कतिपय बहिष्कारवादी अभियन्तकहरुले उनलाई समाजबाट अलग गरेको पनि सुन्नमा आयो। यि घटनाले जनमानसमा आएको कौतुहलता मेटाउँन गोरे बहादुरले सफाई पनि दिएका थिए। केही गर्न नसक्नु भन्दा राजाको नजिक बन्न टिको थाप्न पुगेको र मन्त्रि भईसकेपछि एकल ब्राम्हण बर्गले निशुल्क पढ्न पाउँने संस्कृत बिश्वबिधालयलाई दिइने अनुदानमा कटौती गरेर देशको बजेट नेपाली सबैको बिकासको लागि प्रयोग भएको - भन्ने वहाँले विचार राख्नु भएको थियो।
बहुदलिय प्रजातन्त्र शुरु हुन अघि सुसुप्त रुपमा देखिने दशैं बिरोधी कृयाकलाप, त्यसपछि भने धेरैले दशैंलाई बिरोधावासपूर्ण तरिकाले हेर्न थाले। यस मामिलामा स्व. नेता गोरे बहादुर खपांगीमगरले चालेको अघिपछिको कदमहरुले पनि निकै तातो बहस बनायो। उनले आफै नेतृत्व गर्दै गरेको अभियानलाई लत्याएर मन्त्रि बन्न राजाको हातबाट रातो टिको लगाउँन पुगेका थिए। कतिपय बहिष्कारवादी अभियन्तकहरुले उनलाई समाजबाट अलग गरेको पनि सुन्नमा आयो। यि घटनाले जनमानसमा आएको कौतुहलता मेटाउँन गोरे बहादुरले सफाई पनि दिएका थिए। केही गर्न नसक्नु भन्दा राजाको नजिक बन्न टिको थाप्न पुगेको र मन्त्रि भईसकेपछि एकल ब्राम्हण बर्गले निशुल्क पढ्न पाउँने संस्कृत बिश्वबिधालयलाई दिइने अनुदानमा कटौती गरेर देशको बजेट नेपाली सबैको बिकासको लागि प्रयोग भएको - भन्ने वहाँले विचार राख्नु भएको थियो।
इतिहास जित्नेले लेख्ने गरेतापनि यस्ता सार्वजनिक वास्तविकता भने सधै सबैबाट छिप्न सक्दैन। तर नराम्रो इतिहासलाई दोहोर्याउँन होइन, यसबाट पाठ सिकेर सकारात्मक दिशातिर उन्मुख हुन सकेमा मात्र बहुल जातिय समाज भित्र सहिषृणता र अमन चैन कायम गरी देश बिकासको दिशातिर उन्मुख हुन्छ। संगीतमा पनि बिभिन्न बाजाहरु मिलाए गतिलो श्रवण गर्न लायक गीत बनाउँन सकिने भए जस्तै “सयौं फूलका थुंगा हामी, एउटै माला नेपाली” ले दिने मर्मलाई सबैले कायम गर्नुपर्छ।
यो समय कसैलाई कसैको बाध्यताले धर्म परिवर्तन गर्ने वा चाडपर्व मनाउँनु पर्छ – भन्ने छैन। आ-आफ्नो स्वइच्छाले अरुलाई असर नपुग्ने ढंगले सकारात्मक पक्षलाई मात्र लिएर दशैं मनाउँनेहरुको तातीमा म पनि पर्ने गर्छु। उमेर पुगेका मान्यजनलाई आदर सम्मान गरेर आशिर्वाद पाउँनु बच्चाहरुको लागि झन ठूलो हौसलाको स्रोत हो। ठूलाको लागि पनि भेटघाट गरी पुरानो आपसी खुजुरा तनाव बिर्सने एउटा मौकामा परिणत हुनेगर्छ। खेतीपाती र बर्षदिनको थकान पछि आउँने यो चाडपर्वले धेरैलाई खानपिन गरी आराम गर्ने मौका दिन्छ।
नोटः माथिको आंशिक जानकारी “मगरको इतिहास” पानाबाट लिइएको छ।
नेफिन जापानको लागिः
छत्र मगर
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्