हाम्रा हाइस्कूलका भलिवल कोच जयनारायण चौधरी (पूर्व राष्ट्रिय खेलाडी) भन्थेः - "चीनमा भलिबल खेल्ने निम्तो आउँदा महिला टिमसंग भिड...
हाम्रा हाइस्कूलका भलिवल कोच जयनारायण चौधरी (पूर्व राष्ट्रिय खेलाडी) भन्थेः - "चीनमा भलिबल खेल्ने निम्तो आउँदा महिला टिमसंग भिडन पर्यो। धेरै साथीहरुको टाउको टाउकोमा बल बजारिन्थ्यो।" यो कुरा हावाको हल्ला हैन रहेछ। आज पनि धेरै जसो बिश्व कप वा ओलम्पिकमा, चीनका महिला भलिबल खेलको स्तर बिश्वमा नं. १ वा २ वा ३ भित्रै पर्छन्। चीनसंगै पछिल्लो दाँजोमा आउँने देशहरुमा अमेरिका, ब्राजिल, रसिया, कोरिया, नेदरल्याण्ड, जापान, डोमिनिकन, सर्विया, अर्जेन्टिना, क्यामरुन, केन्या, इटाली रहेका छन्।
ज्ञात रहोस्, FIVB को फ्रेञ्च पुरानाम “Fédération Internationale de Volleyball” अंग्रेजीमा International Volleyball Federation हो। यस महासंघले भलिबलका सबै प्रकारका खेलहरुलाई नियमबद्ध गराई अन्तराष्ट्रिय खेल र ओलम्पिक खेलहरु गराउँने गर्दछ। लिंगको हिसाबले पुरुष र महिला क्याटेगोरीतर्फ FIVB ले तीन किसिमका गेमहरुः भलिबल, बिच भलिबल, स्नो भलिबल उमेर र क्षेत्रको आधारमा पनि प्रतिस्पर्धा गराउँने गर्छ।
सामन्यतः भलिबल भन्ने बित्तिकै कम्मर भन्दा माथिको अंगले छोएर हानेर खेल्ने खेल भएता पनि सन २०१० मा संशोधन गरीएको नियमानुसार बिशेष परिस्थितिमा मेम्बरलाई सहयोग पुर्याउँने उदेश्यले खुट्टा प्रयोग गरेर बल रिसिब गर्न पनि छुट दिएको छ। तर यसको अर्थ खुट्टाले हानेर बिपरीत टिमतिर पुर्याउँन भने होइन। यो कुरा पहिलो पटक म्याचमा झलक्क हेर्दा मलाई पनि दङ्ग उदेक लागेको थियो।
हाल जापानमा पुरुष Rugby Word Cup 2019 (Sept 20 to Nov 2, 2019) ले देशभरी तातो बनाइ रहेको झण्डै एकै समय पारी शुरु भएको FIVB Women's Volleyball World Cup 2019 ले जापानमा कुल अथवा शितल खेलकुदको हावा दिन सकेको छ। महिला तर्फ यही सेप्टेम्बर १४ देखि २९ तारिक सम्म जापानको बिभिन्न प्रमुख शहरुमा म्याच सम्पन्न हुदैछ भने पुरुष तर्फको भलिबल वर्ल्डकप यही अक्टोबर १ देखि १४ सम्म जापानमा संचालन हुन गइरहेकोछ।
पुरा जाकारीको लागि FIVB को साइटमा जानुस्।
सन् २०१७ मा नेपालले पुरानो राष्ट्रिय खेल डण्डिबियो हटाएर "भलिबल" लाई काय गरेको छ। ओलम्पिकले मान्यता दिइनसकेको डण्डिबियो भारतिय "गिलिडण्डा" संग केही मिल्दोजुल्दो छ। भलिबललाई राष्ट्रिय खेलको रुपमा लिनुले नेपालले पनि भलिबल खेललाई बिशेष प्राथमिकता दिन खोजेको ठहरिन्छ।
ज्ञात रहोस्, FIVB को फ्रेञ्च पुरानाम “Fédération Internationale de Volleyball” अंग्रेजीमा International Volleyball Federation हो। यस महासंघले भलिबलका सबै प्रकारका खेलहरुलाई नियमबद्ध गराई अन्तराष्ट्रिय खेल र ओलम्पिक खेलहरु गराउँने गर्दछ। लिंगको हिसाबले पुरुष र महिला क्याटेगोरीतर्फ FIVB ले तीन किसिमका गेमहरुः भलिबल, बिच भलिबल, स्नो भलिबल उमेर र क्षेत्रको आधारमा पनि प्रतिस्पर्धा गराउँने गर्छ।
सामन्यतः भलिबल भन्ने बित्तिकै कम्मर भन्दा माथिको अंगले छोएर हानेर खेल्ने खेल भएता पनि सन २०१० मा संशोधन गरीएको नियमानुसार बिशेष परिस्थितिमा मेम्बरलाई सहयोग पुर्याउँने उदेश्यले खुट्टा प्रयोग गरेर बल रिसिब गर्न पनि छुट दिएको छ। तर यसको अर्थ खुट्टाले हानेर बिपरीत टिमतिर पुर्याउँन भने होइन। यो कुरा पहिलो पटक म्याचमा झलक्क हेर्दा मलाई पनि दङ्ग उदेक लागेको थियो।
हाल जापानमा पुरुष Rugby Word Cup 2019 (Sept 20 to Nov 2, 2019) ले देशभरी तातो बनाइ रहेको झण्डै एकै समय पारी शुरु भएको FIVB Women's Volleyball World Cup 2019 ले जापानमा कुल अथवा शितल खेलकुदको हावा दिन सकेको छ। महिला तर्फ यही सेप्टेम्बर १४ देखि २९ तारिक सम्म जापानको बिभिन्न प्रमुख शहरुमा म्याच सम्पन्न हुदैछ भने पुरुष तर्फको भलिबल वर्ल्डकप यही अक्टोबर १ देखि १४ सम्म जापानमा संचालन हुन गइरहेकोछ।
पुरा जाकारीको लागि FIVB को साइटमा जानुस्।
नेफिन जापानको लागि
छत्र मगर
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्