गैरआवासीय नेपाली संघको नवौं अन्तराष्ट्रिय सम्मेलन एवं अधिवेशन " म , मेरो एनआरएनए र मेरो नेपाल " भन्ने मूल नाराको साथ काठ...
गैरआवासीय नेपाली संघको नवौं अन्तराष्ट्रिय सम्मेलन एवं अधिवेशन "म, मेरो एनआरएनए र मेरो नेपाल" भन्ने मूल नाराको साथ काठमाण्डौं बौद्ध स्थित हायटरिजेन्सीमा ओक्टवर १५ देखि १७ सम्म हुन गईरहेको छ। केन्द्रिय सभापति भवन भट्ट अर्को कार्यकालको लागि नउठ्ने हल्ला चलेता पनि जापानबाट एसिया प्यासिफिकको संयोजक पदमा भने तीन जना पूर्व गैरआवासीय नेपाली संघ, जापानका हस्तिहरु एक आपसमा लड्ने संभावनाले बजार तताएको छ। अजीब गुरुङ्ग (ओम) जापानका पूर्व सभापति हुन।उनी अहिले आई. सी. सी. मा जापानका लागि प्रतिनिधि सदस्यको रुपमा बहाल छन्।त्यसै गरी पारसमणी पोख्रेल पनि जापानका पूर्व सभापति हुन। आई. सी. सी. एसिया प्यासिफिक उपसंयोजकको पदमा बहालरत पोख्रेल एक कदम अघि पाइला सार्ने निर्णयमा छन्। त्यसैगरी पूर्व उपसंयोजक भई काम गरिसकेका गोबिन्द श्रेष्ठ (रोबिन्द) यस अघि पनि संयोजक पदका लागि उम्मेदवारी दिएका थिए। एक दुई दशक देखि जापानमा यि तीनै हस्तीहरु रेस्टुरेन्ट, आयत निर्यात र रेमिट्यान्स ब्यवसायमा संलग्न हुदै आइरहेका छन्।
यदि यि तीन हस्तिहरु बिच सहकार्य हुन नसकेको खण्डमा ठूलो समूहसंग सहकार्य गर्ने उम्मेदवारले जित्न सक्ने संभावनालाई नकार्न सकिदैन। केन्द्रमा यसपाली सभापति पदको लागि कुमार पन्त र कुल प्रसाद आचार्यको दुई खेमा रहने संभावना छ। आई. सी. सी उपसभापतिको रुपमा बहालरत यि दुबै उम्मेदवारहरु सभापति पदका लागि दाबेदार छन्।
गैरआवासीय नेपाली संघको नवौं अन्तराष्ट्रिय सम्मेलनमा हुने आई. सी. सी. कार्यकारी बोडीको निर्वाचनबारे बिशेष जानकारी राख्न यहाँ जानुहोस - निर्वाचन बारे साइट
नेफिन जापान
छत्र मगर

No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्