मगर समुदायको पहिचानसंग जोडिएको ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा- संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन गर्दै मगर पहिचान स...
मगर समुदायको पहिचानसंग जोडिएको ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा- संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन गर्दै मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरी स्थायी र अस्थायी रुपमा बासोबास गरिरहेका मगरहरुको प्रतिनिधिमूलक संस्थाहरुको सहभागितामा “दोस्रो अन्तराष्ट्रिय मगर सम्मेलन-२०७६” को आयोजना गरिने भएको छ।
काठमाण्डौंको राष्ट्रिय सभागृहमा असोज २६ र २७ गते दुई दिन सम्पन्न हुन गईरहेको यस सम्मेलनमा प्रबासमा बसोबास गर्दै गरेका मगर संघको भातृ संगठनका प्रतिनिधिहरु र नेपाल भित्रकै प्रदेश तथा जिल्ला ईकाई समितिका प्रतिनिधहरुले अनिवार्य भाग लिनेछन्। यसको अतिरिक्त ईच्छुक मगरहरु तथा अन्य महानुभावले पनि सम्मेलन अवलोकन गर्न पाउँने छन्। यस सम्मेलनमा भाग लिन ईच्छुक मगर महानुभावले “चिन्डिकी डुप्ले” को उदेश्यले समय मै नेपाल मगर संघको प्रतिनिधिहरुसंग तल दिइएको फोन मार्फत सम्पर्क गर्न सक्नु हुनेछ।
बडा दशैं र दिपावली दुई महान पर्वहरुको बिच गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए)को नवौं अन्तराष्ट्रिय सम्मेलन एवं अधिवेशन र पहिलो आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुनु भन्दा तीन-चार दिन अघि मात्र सम्पन्न हुने यो सम्मेलनमा बिदेशबाट भागलिने प्रतिनिधिहरुलाई भने निकै सरगर्मी ल्याउँन सक्नेछ। धेरैलाई “पशुपतिको यात्रासंगै सिध्राको ब्यापार” भने झै यि सम्मेलन र चार्डपर्वले निकै ब्यस्त बनाउँने छ।
नेफिन जापानका लागि
छत्र मगर
Google Access Map:
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्