Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नागोया र टोयोटामा नेपाली सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” देखाइने

सिनेमा आर्ट र माउन्टेन फिल्मको सयुक्त प्रयासमा बासुरी फिल्मको लागि उत्पादन गरीएको हाम्रो मन भित्रको चर्चित सुपरहिट नेपाली कथानक चलचित्र...


सिनेमा आर्ट र माउन्टेन फिल्मको सयुक्त प्रयासमा बासुरी फिल्मको लागि उत्पादन गरीएको हाम्रो मन भित्रको चर्चित सुपरहिट नेपाली कथानक चलचित्र कबड्डी कबड्डी कबड्डीनेपालमा असोज ३ गते देखि सम्पूर्ण सिनेमा हलहरुमा अपार सफलताको साथ प्रर्दशन भएपछि जापानको तेस्रो ठूलो शहर नागोया र टोयोटा सिटीमा निम्न मिति, समय र स्थानमा प्रर्दशन हुन गइरहेको हुनाले उक्त दिन सवपरिवार तथा साथीभाई सबैलाई मनोरञ्जनका लागि उपस्थिति भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं। नागोयाको नाकाकु वार्ड अण्डरग्राउण्ड हलमा 19 अक्टोवर शानिबार र टोयोटामा टोयोटा फुकुसी सेन्टर हलमा 20 अक्टोवर आईतबार शो देखाईने कुरा आयोजकले जानकारी दिएका छन। टिकट लिन इच्छुक महानुभावहरुले जापानका लागि आयोजकले उपल्बध गराएको मोबाइल फोन मार्फत सम्पर्क गरेर सोही दिन शो शुरु हुनु भन्दा एक घण्टा अघि पनि टिकट हातमा पार्न सकिने छ। टिकटको मूल्य 2,500 येन प्रति ब्यक्ति तोकिएको छ। जापानका लागि कबड्डी-३ टिम “नेपाल तामांग समाज जापान, नागोया र प्रकाश पुन” को संयुक्त सहकार्यमा चलचित्र प्रर्दशन गर्ने जिम्मा लिइएको छ भने यसलाई बिशेष साथ दिन यु एण्ड पि इभेन्ट एण्ड इन्टरटेनमेन्ट को भुमिका रहेको कुरा जानकारीमा आएको छ।


टिकटको लागि सम्पर्क मोबाइलः-  080-4546-9544, 090-8153-1462, 070-2191-7693, 080-5962-3704 

नागोयाः
मितिः  19 अक्टोवर 2019, शनिबार
समयः  टिकट तथा गेट खुल्ला 17:00 बजे, शो शुरु 18:00 बजे
स्थानः  Nagoya Nakaku Sakae 3 chome, Underground Hall
एक्सेसः  Nagoya Sakae Station Gate 12

गुगल एड्रेसः




टोयोटाः
मितिः  20 अक्टोवर 2019, आईतबार
समयः  टिकट तथा गेट खुल्ला 13:00 बजे, शो शुरु समय 13:30
स्थानः  टोयोटा फुकुसी सेन्टर (Toyota City Social Welfare Council)
Toyota Nishikicho 1 chome 1 Banchi 1 chiki
(National Road 248, Nearby Toyota Police Station)
टेलिफोनः  0565-34-1131
पार्किंग सुविधा: निशुल्क उपलब्ध छ । यस बारे बिस्तृत जानकारी लिन यहाँ जानुस्ः टोयोटा फुकुसी सेन्टर 
एक्सेसः  टोयोटासी एकी,  मेटेच्चु मिकावा लाइन उवागुरोमो एकी, ओइडेन बस, मेटेच्चुबस
(आयोजकले टोयोटासी एकी र उवागुरोमो एकीबाट सटल बस सुविधा दिने)
गुगल एड्रेसः


मेटेच्चु मिकावा सेन (टोयोटाएकी - चिर्यूएकी होमेन) - उवागुरोमो एकी बाट  पैदल ९  मिनेट ७०० मिटर जति हिड्नु पर्ने:


यो होमपेज साइट जान तलको QR Code (Quick Response Code) स्क्यान गर्नुसः

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी