Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल आदीवासी जनजाती महासंघको प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न हुदै (फोटो/भिडियो फिचर सहित)

काठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको पहिलो अन्तराष्ट्रिय सम्मेलन मूल आयोजक समितीको आयोजनामा काठमाडौंको सभागृहमा प्रथम नेपाली आदीव...


काठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको पहिलो अन्तराष्ट्रिय सम्मेलन मूल आयोजक समितीको आयोजनामा काठमाडौंको सभागृहमा प्रथम नेपाली आदीवासी जनजाती अन्तराष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपाल आदीवासी महासंघ संघीय परिषद सचिवालयको संयोजनमा आयोजित सम्मेलन कार्तिक १ र २ गते अर्थात यहि शुक्रबार र शनिबार भैरहेको हो । उद्घाटन सत्रमा देशविदेशका आदिवासी जनजाती संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि लगायतको ठुलो जमातमा उपस्थिति रहेको थियो । 

उद्घाटन सत्रको कार्यक्रम नेपालको आदीवासी जनजातीको परम्परागत बाजा बजाई उद्घाटन गरियो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै आदीवासी जनजाती महासंघका उपाध्यक्ष एवं मगर संघका अध्यक्ष नविन रोका मगरले नेपाल निर्माणमा आदीवासी जनजातीले खेलेको भुमीकाको चर्चा गर्दै यस सम्मेलनले भाषा, संस्कृती, हक अधिकार लगायतका आदीवासी जनजातीको मुद्धालाई अगाडी बढाउन निकै महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

उद्घाटन कार्यक्रममा विभिन्न संगठन एवं समुदायलाई प्रतिनिधित्व गर्दै नेफिन प्रदेश ३का काजीमान थिङ, आदीवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, नेफिन जापानका अध्यक्ष सुमन लिम्बु, महिलाहरुको प्रतिनिधित्व गर्दै आंग दावा शेर्पा, किरात राई यायाख्याका अध्यक्ष दिवस राई लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले प्रवासका नेपालीहरुले पनि नेपालको जातिय पहिचानका लागी पहल गर्नुपर्ने धारणा राख्दै देशलाई विशेष योगदान दिने आदीवासी जनजातीका विभिन्न व्यक्तिहरुलार्य स्मरण गर्नुभयो । साथै उहाँले आदीवासी जनजातीहरुले उठान गरेका मुद्धाहरुका विषयमा सतापक्ष र प्रतिपक्ष मिलेर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । 

नेपाल आदीबासी जनजाती महासंघका अध्यक्ष जगत बरामले सम्मेलनमा विदेशबाट आएका प्रतिनिधिहरुलाई विशेष महत्वदिने बताउँदै आदीवासी जनजातीको मुद्धालाई राज्यले सम्बोधन नगरे आदीवासी जनजातीको छुट्टै संसद सम्म बन्न सक्ने विषय समाबेश रहेकोे केही समय अघि भएको १३ बुँदे राजतिक घोषणा पत्रको स्मरण गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ विदेशका संबद्ध शाखाहरुलाई सम्मान तथा प्रमाण पत्र पनि प्रदान गरिएको थियो भने राई, लिम्बु, सुनुवार, शेर्पा, मगर लगायतका जातजाती झल्कने सांस्कृतिक प्रस्तुती पनि गरिएको थियो ।



साभारः
नाइस समाचार
http://nicesamachar.com/
{fbt_gallery_post}

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी