राजतन्त्रलाई कानूनत संविधानको दायारा भित्र ल्याएर बहुदलिय प्रजातन्त्र स्थापना गर्न नेपाली कांग्रेस र एमाले यि दुई पार्टीहरुको प्रमुख भुम...
राजतन्त्रलाई कानूनत संविधानको दायारा भित्र ल्याएर बहुदलिय प्रजातन्त्र स्थापना गर्न नेपाली कांग्रेस र एमाले यि दुई पार्टीहरुको प्रमुख भुमिका रहेको छ। त्यस्तै राजतन्त्रलाई जनयुद्ध मार्फत अफापसिद्ध तुल्याउँन र जनताप्रति यिनको अस्तित्व कमजोर पार्न माओवादी जनयुद्धलाई श्रेय जान्छ। केही समय पहिले सम्म यिनै जनयुद्ध नेतृत्व गर्ने "प्रचण्ड" भन्ने ब्यक्ति "को हुन र को थिए ?" - धेरैले थाहा पाइसकेका थिएनन्। कतिपय माओवादी लडाकूहरुलाई पनि प्रचण्डका बारे केही पनि थाहा नहुनुले शंका उपशंका उब्जने गर्दथ्यो रे। तर जनआन्दोलनले ल्याएको परिवर्तनसंगै प्रचण्डपथको प्रजातान्त्रिक पार्टीहरुसंगको मिलोमतोले एकताका छापामार युद्धमा होमिएका माओवादी पार्टी राजनीतिको मूल प्रवाहमा देखिए। खास गरी सिद्धान्तको प्रकृति मेलखाने उबेलाको एमालेसंग माओवादीको अनेकौं सहकार्यले गर्दा पार्टी एकताको बाटोतिर पहिल्याएर "नेपाल कम्यूनिष्ट पार्टी" नेकपाको पुनरजन्म भयो।
यिनको बारेमा जान्न विकिपेडिया जानुसः पुष्प कमल दहाल
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्