विश्वमा छरिएर बसोबास गर्ने मगर समाज बिच आफ्नो भाषा तथा संस्कृतिलाई निरन्तरता दिदै बधुत्वको सम्बन्धलाई मजबुत पारी समाजको भलोको लागि बढोत्त...
विश्वमा छरिएर बसोबास गर्ने मगर समाज बिच आफ्नो भाषा तथा संस्कृतिलाई निरन्तरता दिदै बधुत्वको सम्बन्धलाई मजबुत पारी समाजको भलोको लागि बढोत्तरी सहकार्य गर्न नेपाल मगर संघ, काठमाण्डौंद्वारा आयोजित दोस्रो अन्तराष्ट्रिय मगर सम्मेलन सन् २०१९ को बिशेष भेलाले आफ्नो उदेश्यलाई ब्यवहारीकतामा उतार्न "अन्तर्राष्ट्रिय मगर महासंघ" गठन गर्ने निर्णय गरेको छ। यो दोस्रो अन्तराष्ट्रिय सम्मेलन असोज २६ र २७ गते तदानुसार (13 - 14 October 2019) राष्ट्रिय सभागृह र बन्दसत्र समारोह महेन्द्र पुलिस क्लब भृकुटीमण्डप, काठमाडौंमा सम्पन्न भएको थियो।
विभिन्न देशमा स्थाई एवं अस्थाई रुपमा बसोबास गर्ने मगरहरुको संघ-संस्थालाई समन्वय गर्न मिलेर गठित यस महासंघको अध्यक्षमा नेपाल मगर संघका मुख्य प्रतिनिधि नबीन रोकामगर, उपाध्यक्षमा मगर संघ बेलायतका प्रतिनिधि रुद्र थापामगर, महिला उपाध्यक्षमा नेपाल मगर संघ प्रतिनिधि गंगा खासुमगर, महासचिवमा मगर संघ बेल्जियम प्रतिनिधि बिरमान घर्तीमगर, उपमहासचिवमा नेपाल मगर संघ प्रतिनिधि रक्षबहादुर रैकामगर, सचिवमा अखिल भारत मगर समन्वय समितका प्रतिनिधि बिष्णु रानामगर, उपसचिवमा मगर संघ अमेरिका प्रतिनिधि, कोषाध्यक्षमा मगर संघ क्यानडा प्रतिनिधि गिरी बुढाथोकीमगर र सहकोषाध्यक्षमा अखिल भारत मंगर समन्वय समिति प्रतिनिधि अमित थापामगर सहित उपस्थित प्रतिनिधिहरुको सर्वसम्मतीबाट महासंघको पहिलो कार्यसमिति चयन गरिएको छ।
मगर समुदायको पहिचानसंग जोडिएको ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा–संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बद्र्धन गर्दै मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका मगरहरुको प्रतिनिधिमूलक सस्थाहरुको सहभागितामा दोस्रो अन्तराष्ट्रिय मगर सम्मेलन–२०७६ को बिशेष भेलाले आफ्नो उदेश्यलाई ब्यवहारीकतामा उतार्न "अन्तर्राष्ट्रिय मगर महासंघ" गठन गर्ने निर्णय गरेको छ।
महादेसीय एवं क्षेत्रिय समन्वयको लागि यस कार्यसमितिले आवश्यकता अनुसार निकट भविष्य भित्रै "संयोजक सदस्य" नियुक्ती गर्ने निर्णय पनि उल्लेख गरिएको छ। यसरी अन्तराष्ट्रिय रुपमा मगर समाजको हकहित प्राप्ति र भाषा एवं संस्कृतिको चौतर्फी बिकासको लागि गठित "अन्तराष्ट्रिय मगर महासंघ" को उच्च सफलताको कामना गर्दै यो नेपाल आदिवासी जनजाति महासंघ जापान, वेवपोर्टल परिवार नव निर्वाचित सम्पूर्ण कार्यकारी समितीका पदाधिकारी ज्यूहरुलाई बधाँई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौ । साथै दिपावलीको शुभ अवसरमा सबै बन्धुहरु प्रति सुख शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि मंगलमय शुभकामना टक्रयाउँन चाहन्छौं।
नेफिन जापनका लागि,
छत्र मगर
Chhatra_magar@hotmail.com
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्