Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाली युनिकोड टाइपिंग

युनिकोड बिकास भएर प्रयोगमा आउनु अघि धेरैजसो संचारको साधन , टाइपराइटर र कमप्यूटर सबैमा ASCII ( American Standard Code for Information In...


युनिकोड बिकास भएर प्रयोगमा आउनु अघि धेरैजसो संचारको साधन, टाइपराइटर र कमप्यूटर सबैमा ASCII ( American Standard Code for Information Interchange) क्यारेक्टर कोडिङ्गको माध्यमबाट बिश्वका धेरै फन्टफेसहरु टाइप गरिन्थ्यो। यो सिस्टमबाट टाइप गरिएका डकुमेन्ट अर्को कमप्यूटरमा पढ्न वा टाइप गर्न बिशेष त्यही फन्ट चाहिन्थ्यो। यसको सिमित प्रयोगको कारण कमप्यूटर प्रविधिको बिकास संगै डिजिटल कोडिंगसंग समानान्तर र लचिलो क्यारेक्टर कोडिङ्ग सिस्टम युनिकोड UNICODE (  Universal Coded Character Set) को बिकास भयो। खास गरी इन्टरनेट तथा URL Web Coding मार्फत बिश्वका सबै ठाउँमा पढ्न र टाइप गर्न सकिने गरी बिकास भएको यो सिस्टमले छोटो समय मै धेरै जसो प्रोग्रामीङ्ग प्लेटफार्मकोडले पनि अपनाउँन थालेको हुनाले सबै भाषा र देशको लागि युनिकोड नभई नहुने टाइपिंग सिस्टम बनेको छ। हाल बिश्वका धेरै मुख्य तथा मझौंला भाषाहरु युनिकोड माध्यमद्धारा नै आदान प्रदान हुन्छ। यूनिकोड भाषा लेख्‍न र पढ्न बिशेष तोकिएको छुट्टै फन्ट आवश्यक भने पर्दैन। आजभोलि आफ्नै डिजाइनफेस भएका फन्टहरु बजारमा प्रशस्त पाइन्छ। नेपाली भाषाको लागि युनिकोड किबोर्ड लेआउँट दुई किसिमले बिकास गरिएको छ। नेपाली भाषाको युनिकोड बिकास गर्न मदन पुरस्कार गुठी, त्रिभुवन विश्वविधालय, काठामाण्डौं यूनिभर्सिटी र भाषा तथा प्रोग्रामिंग बिशेषज्ञहरुले संयुक्त रुपमा LTK Language Technology Kendra” प्रोजेक्ट संचालनमा ल्याएका छन्। यस कन्सोर्टियम प्रोजेक्टले बिकास गरेको म्याक, पिसी, लिनक्स तीनै सिस्टमको लागि युनिकोड डाउनलोड इन्सटल गर्न यहाँ जानुस्।


युनिकोड ट्रेडिशनल ब क मा न (Nepali Traditional keyboard layout)
पुरानो किबोर्ड लेआउटसंग मिल्ने यो युनिकोड टाइपिंग गर्दा पुरानो तरिकाले टाईप गर्न बानी परेकाहरुको लागि भने राहत महशुस हुन्छ। यसमा खास गरी प्रीति, कान्तिपुर, समरमाथा जस्ता ttf फन्टको लेआउट दुरुस्त मिल्नेगरी बिकास गरिएको छ। किबोर्ड लेआउटमा शुरुको लाइनमा बायाँ तर्फ र दायाँ तर्फ ि बाट औंलाहरुले टाईप गर्न शुरु गरिन्छ। शुरु हेर्दा पुरानै तरिका जस्तो लागेतापनि यसका केही भित्रि पाटोले भने नयाँ कुराहरु सिकेर मात्र शुद्धाशुद्धी टाईपिंग गर्न सकिनेछ। पहिला Alt+xxx कोड सेटींगबाट ल्याउन सकिने अक्षहरु यस सिस्टमबाट नहुने भएकोले कतिपयलाई ट्रेडिशनल युनिकोड टाइपिंग दुई धार माझको निशाना बन्ने गर्छ।

टाइप गर्ने केही नियमहरुः
ह्रस्व र दीर्घ दुवै इकार व्यञ्‍जन पछि थिच्‍न पर्ने
जस्तै दिदी लेख्‍न पर्दा:
ASCII मा ि++ + हुन्थ्यो भने युनिकोडमा +ि ++ (हिज्जे भन्नु पर्दा जसरी नै टाइप गर्ने : द इकार द ईकार )
ओकार र औकार
ASCII मा जस्तो +गरेर वा + गरेर बन्दैन ( धेरैले गर्ने गल्ती) । क्रमशः B मा छन्। → कोठा

नेपाली यूनिकोड रोमनाइज लेआउट(Nepali Unicode Romanized Layout)
यो सिस्टम प्रयोग भएका कमप्यूटरबाट जापानीज चाइनिज जस्ता सबै भन्दा बढी अप्‍ठ्यारो गाह्रो अक्षहरुलाई पनि अंग्रेजी किबोर्ड लेआउटको आधारमा रहेर उच्चारण अनुसार टाइप गर्दा भाषागत शब्दहरु एक वा सो भन्दा बढी निस्कने गर्दछ। युनिकोड अनुसार नेपाली भाषा टाइप गर्दा शब्द वा अक्षरको छनौट प्राय नगन्य रुपमा देखिन्छ। तर पनि नेपाली भाषा ब्याकरणमा देखिने रस्व – दिर्घ, उ कार – ऊ कार, ओ – औं, रेफ, हलन्त, आधा अक्षर, संयुक्त अक्षरको आवश्यकताले टाइपिंग नियम केही मनन् योग्य देखिन्छ। ट्रेडिशनल नेपाली युनिकोडलाई यस सिस्टमले धेरै हद सम्म नियमबद्ध गरी पुरानो टाइपिंग सीप नभएकालाई पनि सहज ढंगले नेपाली टाइपिंग गर्न प्रोत्साहन गर्छ। यो सिस्टममा नेपाली टाइप गर्नेले अंग्रेजी किबोर्ड लेआउट भने जानेकै हुनुपर्छ।

रेफ कसरी टाइप गर्ने?
युनिकोडमा रेफ छुट्टै हुदैन । रेफ भनेको आधा 'र' अरू व्यञ्‍जनसंग जोडिएपछि आउने हो, त्यसैले रेफ लागि +(हलन्त)
+ + ++ → कार्य
अरु अक्षरहरू
युनिकोडमा टुक्रे चिन्हहरू छैनन् । जस्तै प मा पुच्छर जोडेर फ, उ मा पुच्छर जोडेर ऊ, इ मा रेफ लगाएर ई, प को खुट्टा तानेर प्र आदि इत्यादि केही गर्न पर्दैन ।
K → फ
U → ऊ
V → ॐ
< → ङ

केही उदाहरणहरू:
++ → क्क
++ → क्त
++ → क्र
++ → ङ्क (Windows 7 को Mangal फन्टमा ङ्‍क आउछ Kalimati वा Arial Unicode MS मा ङ का मुनि क नै आउछ)
+ + → ङ्ख
+ + → श्र
+ + → द्ध (बुद्ध)
++ → द्द (मद्दत)
++ → द्व (द्वारा) (Windows 7 को Mangal फन्टमा द्‌व आउछ
+ + → द्य (Windows 7 को Mangal फन्टमा द्‌य आउछ Kalimati वा Arial Unicode MSमा ठिक आउछ)
++ → द्र
+ + → प्र
++ट → ट्ट
++ → ठ्ठ
+ → हृ (हृदय)
++→ ह्र (गाह्रो)
++ → ह्य (ह्याकुला)
++ → ह्व (विह्वोल)


संयुक्त व्यञ्‍जनहरु 
++ → क्ष
++ → त्र
+ + → ज्ञ
+ + → द्य


ZWJ र ZWNJ के हुन् ?
आधा अक्षर पछिल्लो अक्षरसँग जोड्दा फरक तरिकाले जोड्न परेमा ZWJ वा ZWNJ प्रयोग हुन्छ। हलन्त देखिने गरि जोड्न परेमा ZWNJ (Zero Width Non Joiner) को प्रयोग हुन्छ। +++++++ + ZWNJ ++ → श्रीमान्‌को (ZWNJ प्रयोग नगर्दा श्रीमान्को हुन जान्छ)।= ले ZWNJ टाइप बनाउँछ। यो किबोर्डसेटींग जापानीज लेआउँटको लागि केही फरक ठाउँमा हुन सक्छ।
हलन्त लोप हुने गरि जोड्न परेमा ZWJ (Zero Width Joiner) को प्रयोग हुन्छ। Shift + = = ZW
++ +ZWJ+ + → पर्‍यो
+ +ZWJ++ → र्‍याल (नत्र र्याल हुन जान्छ)
+ ++ +ZWJ+ → राख्‍न (मंगल फन्ट फन्टमा फरक हुन सक्छ)
※ नोटः  कतिपय एण्ड्रोइड, एप्पल, लाइनक्स, विन्डोज प्रोटेवल डिभाईसहरु लगायत स्मार्टफोन प्लेटफार्मले अझ पनि नेपाली युनिकोडका संयुक्त र आधा अक्षहरुलाई सही ढंगले पुरा रुपान्तर गर्न सफल छैन।


अंकहरू
अंकहरू भने सिधै ० देखि ९ सम्म Shift थिच्न नपरिकन टाइप गर्न सकिन्छ।
तर 1 2 3 मा भएका ज्ञ ई घ द्ध आदिलाई टाइप गर्दा भने Shift थिच्नु पर्नेछ।

केही बिस्तृत उदाहरणहरु सचित्र यहाँ प्रस्तुत छः

मोबाईलका लागि नेपाली युनिकोड
मोबाइलका लागि, हाम्रो पात्रो ले निर्माण गरेको, नेपाली किबोर्ड देखि गुगलले निर्माण गरेको गुगल किबोर्ड सम्ममा नेपाली युनिकोड लेआउटमा आधारित नेपाली युनिकोड रोमनाइज्ड र ट्रेडिसनल किबोर्ड समावेश गरिएको छ ।
अन्तमा, नेपाली यूनिकोड रोमानाइज किबोर्ड अनुसार टाइप गर्दा बुझ्नु पर्ने कुराहरु

  • नेपाली युनिकोडड रोमानाइज टाइपिंग इनपुट सिस्टम माथि दिइएको लिंकबाट निर्देशनासुर कमप्यूटरमा इन्सटल सेटीङ्ग गरेको हुनुपर्छ।
  • सिस्टममा मंगल फन्ट देखिएता पनि नेपाली युनिकोड रोमानाइजसंग मेलखाने मुक्ता, रुकमुनी जस्ता प्रस्ट देखिने फन्टफेस इन्सटल गर्नुपर्छ।
  • अंग्रेजी किबोर्ड लेआउटमा टाइप गरेर नेपाली भाषा हिज्जे उच्चारण अनुसार नेपाली टाइप सेट गर्नुपर्छ। यदि भौतिक किबोर्ड जापानी वा अन्य भए त्यसलाई नेपाली युनिकोडले अग्रेजी - नेपाली युनिकोडमा ल्याउँन सक्छ तर Key को स्थान तलमाथि वा घटी बढी हुन सक्छ।
  • पुरानो टाइपिङ्ग प्रणाली ASCII (प्रिती फन्ट) लाई नेपाली युनिकोड (Unicode UTF-8 Coding) मा अनलाइन मार्फत बदल्न पनि सकिन्छ। 
  • नेपाली युनिकोडमा किबोर्ड हिज्जे उच्चारणले उपलब्ध हुन नसक्ने पुराअक्षर बनाउँन (क्ष, द्द, श्र, ज्ञ), रेफ (र्य, कार्य, निर्देशन, मिर्ग ), संयुक्त अक्षर (क्त, सित्तल, द्द), आधा अक्षर (राख्‍न, योञ्‍जन, सुन्‍न, बोल्न), छोटो उच्चाहरण गर्न राखिने अक्षर (सुनन्, भनन् ) टाइप सेटीङ्ग गर्न हलन्त , Zero Width Joiner ZWJ, Zero Width Non Joiner ZWNJ आदिले प्रमुख भूमिका खेलेको हुन्छ। 

नेफिन जापानका लागि
छत्र मगर
फोटो तथा भिडियो उल्लेखित स्रोतसंग सम्बन्धित
chhatra_magar@hotmail.com

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी