Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेवारी म्हपूजाः आफुले आफुलाई पुज्ने दिन

Photo: Hamro Patro " म " को उपस्थिति नभए तिमी, तपाँई , हामी जस्ता दोस्रो ब्यक्ति सम्बोधित हुन सक्दैन। नेपाल भाषामा देवनागरी ...

Photo: Hamro Patro
"" को उपस्थिति नभए तिमी, तपाँई, हामी जस्ता दोस्रो ब्यक्ति सम्बोधित हुन सक्दैन। नेपाल भाषामा देवनागरी अक्षर म र ह को जोडबाट बन्ने संयुक्त अक्षर "म्ह" ले काठमाण्डौंका नेवार संस्कृतिमा प्रलय भूमिका खेल्ने गर्छकतिपय जनमानसमा "" एउटा सिङ्गो अक्षरले सकारात्मक देखि नकारात्मक दुबै प्रयोगलाई इंगित गरेको भान हुन्छतर यहाँ नेवार संस्कृतिमा घमण्ड र दुस्साहसको कुरो होइन, आफुले आफुलाई चिन्ने, प्रोत्साहन दिने, र पुरस्कार दिने कुरा हो। त्यसैले भुकम्प जस्तो भैपारी आउँने आपतकालिन समय आफुले आफुलाई सुरक्षित राख्न कतिपय ब्यक्तिहरु "म्ह वा म" को उच्चारण गर्दै सुरक्षित स्थानतर्फ दौड्न थाल्छन्

सजिलो भाषामा कुरा राख्दा स्वयं आफुले आफुलाई चिन्ने, दैविक आत्मवल बढाउँने, र आफ्नै शरिर एवं आत्मालाई पुरस्कार दिने संस्कृतिको रुपमा म्हपूजालाई लिन सकिन्छ नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउँने निर्णय गरेको छ

नेवारी नेपाल भाषामा म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो म्हपूजाको दिन आत्मतत्वलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्ह शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययको रुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?

म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन


म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा तिहारको समय म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै म्हपूजाको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

Photo: Himalkhabar

यो चलन अन्य केही समाज र पशुहरुमा देखिएता पनि नेपालका नेवार समुदायमा हुने "म्हपूजा" ले भने हामी अन्य समाजलाई पनि नजिकैबाट केही शिक्षा दिइरहेको जस्तो महशुस हुन्छ

म्हपूजा विशेष अडियो सामाग्री

नेफिन जापानको लागि
छत्र मगर
Chhatra_magar@hotmail.com
(नोट: यो लेखको आंशिक जानकारी नेपाल पात्रोबाट र फोटो हिमालखबरबाट लिइएको छ)  

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी