Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापानमा प्राकृतिक प्रकोपबाट पिडित जनतालाई प्रधानमन्त्री एवं एम्पेरोरद्धारा दिइने उत्प्रेरणाजनक भेटघाट

जापान सेस्मिक कृयाकलापको कारणले धेरै भुकम्प जाने देश भनेर धेरैले परिचय पाइसकेको हुनुपर्छ। अमेरीकाको मुख्य ठूलो भागमा भुकम्प बिरलै जान...


जापान सेस्मिक कृयाकलापको कारणले धेरै भुकम्प जाने देश भनेर धेरैले परिचय पाइसकेको हुनुपर्छ। अमेरीकाको मुख्य ठूलो भागमा भुकम्प बिरलै जान्छ तर टुइस्टर र आँधिँबेरीले भने बर्षेनी ठूलो क्षति पुर्याउँछ। भौगोलिक स्थिति अनुसार उत्तर-पूर्वी पेसिफिक समुन्द्र भित्र रहेको जापानको धेरै जसो ठूलो देखि सान टापुहरु भुकम्प, चुनामी, टाईफु, बाढीपैरो जस्तो ठूला साना प्राकृतिक प्रकोपबाट सधै गुज्रने गर्दछ। बार्षिक रुपमा यसले ल्याउँने जनधन र भौतिकपूर्वाधार माथिको बिनाशले जो कसैलाई एक्लै भएर उठ्न गाह्रो हुन्छ। अझ महँगो र ब्यस्त रहने जापानको जिवन शैलीले धेरै जसो जनताहरु यस्तो आपत्ति एक्लैले धान्न सक्दैनन्।

बर्षेनी जसो यसरी आउँने प्राकृतिक प्रकोपबाट पिडित जनताहरुलाई राजनैतिक सिद्धान्त र क्षेत्रगत भिन्नताको हिसाबले नहेरी प्रधानमन्त्री एवं एम्पेरोरबाट भेटघाट दिने चलन पुरानो भइसकेको छ। पिडित ब्यक्ति वा परिवारको अघि घुँडा टेकेर राहत सहयोग दिने मात्र होइन, परिवारको सदस्य जसरी आत्मियता दर्शाएको कुरा समाचारमा पनि हेर्न सकिन्छ। हुन त परम्परागत ढंगले सामुराई राजा देखि इम्पेरोर सम्मले शासन गरेको यो देशमा  परिआएको खण्डमा एकजुट हुनुपर्छ भन्ने शिक्षा एउटा संस्कृति नै बनेको हुनुपर्छ। त्यसैले यो चलन सिटी, प्रिफेक्चर र ब्यक्ति ब्यक्ति बिच पनि निकै गाढा बनेको पाइन्छ।

एम्पेरोर शासनले चलाएको प्रत्यक्ष वा अप्रत्यक्ष हुँइपको कारणले पनि जापानमा धेरै कुराहरुमा एकरुपता देखिन सकिन्छ।  मोनोटोनिक सोसियल अवस्थाले धेरैलाई नजिक ल्याउँन सकेको भान हुन्छ। यस्तो अवस्थामा जापानको जनता बिच भौतिक र आत्मियताको पारस्पारिक सहयोग निकै प्रगाढ देखिन्छ। धेरै जसो ब्यक्तिगत सम्पत्ती तथा जिवन विमा गराइने भएकोले विमा रकमको सोधभर्नाले पनि घर, गाडी तथा अन्य सम्पत्ती पुनः जोड्न सजिलो हुने गर्छ

सरकारी र स्थानियस्तरबाट प्राकृतिक प्रकोपबाट हुने संभावित बिनाशलाई कम गराउँन पहिला देखिको घटना तथा अनुभवलाई कम्पुटरमा सुमिलेसन गरी तयार पारिएको हजार्ड म्याप प्रिन्ट पोस्टर प्रत्येक टोल र घर घरमा पुर्व तयारी रहने जानकारी दिनका लागि बाड्ने गरिन्छ।  बिदेशीहरुलाइ पनि यो बारे नजानेको खण्डमा सोधपुछ गरी पुर्व तयारी  रहन जानकारी दिने गरिन्छ।  भुकम्प, चुनामी, बाढीपैरो, पानी डुवान हुँदा कसरी कहाँ गएर शरण लिने र सहयोग माग्ने बारे आकस्मिक सेवा सहित म्यापमा उल्लेख गरीएको हुन्छ। यस्तो हजार्ड म्यापमा संभावित खतराजनक बाटो, स्थल, पुर्वाधारलाइ रातो पिंक कलरले पोतिएको हुन्छ। प्रत्येक टोल(चो-माचि) को लागि शरण लिने ठाउँ बेग्लै सुरक्षित पार्क, स्कुल, कम्युनिटी हल हुनसक्छ।




केही बर्ष यता साइगाई केकाइ लेबल (Emergency Evacuation Warning Level) अझ छिटो र सुरक्षित ढंगले लागु गरेर संभावित जनधनको क्षतिलाई कम पार्न जापान सरकार र स्थानिय निकायले जानकारीमूलक सूचनाहरु पोस्टर, पत्रिका, टेलिभिजन, इन्टरनेट मार्फत निकालेको छ। कतिपय सम्बन्धित बिभागले स्वदेशी एवं बिदेशीलाई यस बारे जानकारी दिने बहुभाषिक एप पनि निशुल्क बितरण गरेका छन्। यि आकस्मिक सेवाका लागि जापानका मोबाइल कम्पनी मार्फत पनि बिशेष चेतावानी मेसेज संभावित क्षेत्रका प्रयोगकर्ताहरुलाई पठाउँने सिस्टम बनेको छ। JNTO (Japan National Tourism Agency) ले जापानीज भाषा नजान्ने बिदेशी नागरिकको लागि तयार पारिएको यो "Safety Tips" एपले बिभिन्न देशका मुख्य भाषालाई समेट्न खोजेको छ।




चेतावानी लेबल १ - स्थानिय निकायले जारी गर्नेछ। संभावित प्राकृतिक प्रकोपबारे जानकारी दिनेछ। आफु बसेको ईलाकाको हजार्डम्याप अध्यायन गरेर परीआएको समय तयार रहनु पर्नेछ।

चेतावानी लेबल २ -  स्थानिय स्तरबाट संभावित प्रकोपको बारेमा पूर्व तयारी रहन सल्लाह दिइने छ। बर्षा, बढीपैरो, आँधीबेरी, चुनामी, डुवान आदि बारेमा जापान मेट्रोलाजिकल एजेन्सीले सल्लाह दिनेछ।

चेतावानी लेबल ३ – स्थानियस्तरबाट शरणलिने बारे चेतावानी दिइने छ। एजेन्सीले पनि हुन सक्ने प्रकोप बारे पुरा चेतावानी सहित जानकारी प्रसार गर्नेछ। यो चेतावानी लेबल ३ लागु हुँदा बुढापाका, अपांग तथा बिरामी, साना नानीहरुलाई सुरक्षित स्थानमा पुर्याउँनु पर्छ।

चेतावानी लेबल ४ – यो अवस्था लागु हुँदा प्रभावित इलाकाको सबै बासिन्दाहरु सुरक्षित स्थानमा शरण लिन जानुपर्छ। सम्बन्धित निकायले कहाँ कसरी शरण लिने हो सो बारे पुरा प्रकृया जानकारी दिनेछ। यो समय भन्दा केही ढिला भएमा प्रभावित ईलाकामा जिउँधनको खतरा बढेर जान्छ।

चेतावानी लेबल ५ – यो आकस्मिक सूचना लागू हुँदा एसओएस अथवा आफ्नो ज्यान बचाउँन आफैले संभावित उपाय अपाउँनु पर्नेछ। कतिपय अवस्थामा यो समय खतरामूलक हुने भएकोले ज्यान जाने संभावना बढी हुन्छ। त्यसैले चेतावानी लेबल ४ लागू हुँदाको समय भित्र नै सबैजना सुरक्षित स्थलमा पुगिसकेको हुनुपर्छ – भन्ने मान्यता रहेको छ।

नेफिन जापानको लागि
छत्र मगर
https://chhatramagar.com

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी