Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

बहुभाषिक स्वास्थ्य उपचार फारम

जापानीज भाषा नेपाली भाषाको दाँजोमा आफैमा बोल्न सिक्न सजिलो महसुस भएतापनि खाञ्जीको प्रचुर प्रयोगले गर्दा लेख्न पढ्न साधरणतया बिदेशबाट आएका ...



जापानीज भाषा नेपाली भाषाको दाँजोमा आफैमा बोल्न सिक्न सजिलो महसुस भएतापनि खाञ्जीको प्रचुर प्रयोगले गर्दा लेख्न पढ्न साधरणतया बिदेशबाट आएका ब्यक्तिलाई गाह्रो महसुस हुन्छ। बोल्ने भाषाको ब्यञ्जन स्वर अन्य भाषाको दाँजोमा कम भएकाले होला कतिपय शब्दहरु लेखाईमा फरक भएपनि उस्तै सुनिने गर्छ। स्वास्थ्य उपचार जस्तो अति जरुरी सेवामा डाक्टरसंग दोहोर संवाद बोलेर आफ्नो समस्या प्रस्ट राख्न नसक्दा झन ठूलो समस्यामा परी वास्तविक चाहिने उपचारबाट बञ्चित रहने टड्कारो समस्या रहन्छ। धेरै लामो समय देखि बसोबास गर्दै आउँने नेपालीमूलका नागरिक हुन वा बिदेशी हुन, अप्ठ्यारो खाञ्जीको चपेटामा पर्दा संचारको लेनदेन सधै अपुरो महशुस हुन जान्छ।


जापानमा उपचार सेवा सर्वसुलभ भएतापनि उपचार खर्च महङ्गो भएको कारण सबैले केन्को होकेन (राष्ट्रिय उपचार वीमा) प्रणालीमा अनुबन्धित हुन आवश्यक छ। मुख्य गरी केन्को होकेन कोकुमिन र सकाई गरी  दुई प्रकारको हुन्छ।


कानागावा इन्टरनेशनल फाउन्डेसनले बिदेशबाट आएका बासिन्दाहरुलाई स्वास्थ्य उपचार जस्तो अति आवश्यक सेवामा कसैलाई अप्ठ्यारो नहोस भन्ने उदेश्यले जापानका स्वास्थ उपचार अस्पताल एवं क्लिनिकहरुमा प्रयोग हुने “बिरामी जाँच फारम” धेरै देशका भाषाहरुमा उल्था गरेर होमपेजमा राखेको छ।  प्राय शरिरका सबै अंग र रोगको जाँचलाई समेट्ने गरी “सामान्य चिकित्सा, शल्य चिकित्सा, हाडजोर्नी, न्यूरोलोजी, मानसिक रोग, बाल रोग, छाला रोग, महिला तथा प्रसुती, आँखा, नाक कान घाटी, दाँत रोग” का बिरामी जाँच फारमहरु उपलब्ध छ। फारम खोज्न रोगको लक्षण एवं समस्याको आधारमा पनि सकिने छ।

होमपेजमा बिशेष परिस्थिमा सहयोग चाहिएमा कानागावा क्षेत्रका स्वास्थ उपचार केन्द्र तथा बिदेशीहरुलाई सहयोग मिल्ने संघ संस्थाहरुको सम्पर्क पनि उपलब्ध छ। तर अरु क्षेत्रमा बसोबास गर्नेहरुले भने आफ्नै क्षेत्र भित्र उपलब्ध उपचार केन्द्र तथा सहयोगी संस्थाहरुलाई सम्पर्क गर्नु पर्नेछ। जापानमा बसोबास गर्ने सबै जापानीज र बिदेशी ब्यक्तिहरु “राष्ट्रिय स्वास्थ उपचार विमा” मा अनुबन्धित रहनु पर्ने अनिवार्य नियम रहेको छ। आफै ब्यक्तिगत ढंगले सिटी अफिस मार्फत लिइने स्वास्थ उपचार विमालाई “कोकुमिन केन्को होकेन” भनिन्छ भने कम्पनी मार्फत अनुबन्धित स्वास्थ उपचार विमालाई “सकाई केन्को होकेन” भनिन्छ। सकाई केन्को होकेन भित्र पनि मुख्य गरी चार किसिमले यूनियन, समूह, ब्यवसायको आधारमा बिभाजित छन्। जेन्कोकु केन्को होकेन क्योकाइ, सेनिन होकेन, क्योसाइ कुमिकाइ, र कुमिकाइ कान्सो केन्को होकेन विमा सकाइ केन्को होकेन भित्र पर्दछ। स्वास्थ विमा वा केन्को होकेन बिना उपचार गर्दा बिरामीले १०० प्रतिशत उपचार रकम आफैले ब्यहोर्नु पर्ने हुन्छ। यसरी सबै उपचार खर्च ब्यक्ति आफैले ब्यहोर्दा जापानीज उपचार सेवा अति महँङ्गो ठहरिन्छ।  त्यसैले देशले ब्यवस्था गरेको राष्ट्रिय बिमा प्रणालीमा संलग्नु हुनु अति आवश्यक छ।

सामन्यतया विमा वा होकेनले उपचार गराउँदा जम्मा उपचार खर्च ३,००० येन भएमा, बिरामीले  ३०%  वा ९०० येन मात्र भुक्तानी गर्नु पर्छ। ज्येष्ठ नागरिकको हकमा भने ३० देखि ० प्रतिशत स्थितिको मूल्यांकन अनुसार कम उपचार खर्च लाग्ने गर्छ। यदि केन्को होकेनमा अनुबन्धित ब्यक्ति दिर्घ रोगी र अपांग भएमा, स्थिति अनुसार पुरै निशुल्क उपचार सेवा पनि पाउँन सकिन्छ। यसै सेवालाई प्रयोग गरेर गर्भवती महिला तथा सुत्केरीलाई निश्चित उपचार निशुल्क उपलब्ध हुनुको साथै शिशुको जन्म दर्ता गराउँदा सुत्केरी भत्ता पनि उपलब्ध गराइन्छ। 

जापानमा बसोबास गर्ने बिदेशीहरुलाई अति उपयोगी हुने यो उपचार जाँच फारमले जापानीज भाषा बोल्न नजान्नेहरुको लागि मेरुदण्डको रुपमा काम गर्छ। आवश्यकता अनुसार उपलब्ध भिन्नाभिन्ने उपचारको फारमहरु कम्बिनेसन स्टोरबाट प्रिन्ट गरी राखे लाईफलाईन (Lifeline support) को रुपमा काम गर्नेछ।

सम्बन्धित होमपेजमा जान यहाँ क्लिक गर्नुस् ---> http://www.kifjp.org/medical/index.html


http://www.kifjp.org/medical/nepal/index.html
नेफिन जापानको लागि
छत्र मगर
फोटो सम्बन्धित होमपेजबाट लिइएको छ

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी