Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

छठपूजाको हार्दिक शुभकामना

Photo: Facebook post नेपाल तराईका आदिवासीहरुले मनाउँने महान #छठपर्वको पुनित अवसरमा सम्पूर्ण भक्तजन एवं श्रद्धालु महानुभावहरुको सुख, समृ...

Photo: Facebook post

नेपाल तराईका आदिवासीहरुले मनाउँने महान #छठपर्वको पुनित अवसरमा सम्पूर्ण भक्तजन एवं श्रद्धालु महानुभावहरुको सुख, समृद्धि तथा दिर्घायूको लागि हार्दिक मंगलमय शुभ कामना! Happy #ChhathPuja

खास गरी  थारु, मैथिली, भोजपुरी मधेशी समाजमा तिहार सकिएको चारदिनमा मनाइने यो पर्व नेपालको एक राष्ट्रिय पर्व हो। औंसीको छ दिन पछि मनाइने यो पर्वमा दुर्गादेवीको अर्को रुप षष्ठीमाताको ब्रत बसेर सुर्यपूजाको साथ सम्पन्न गरिन्छ। भनिन्छ, परिवारमा पुत्र लाभ गर्नका लागि भगवान षष्ठीमाताको पूजा गर्न महिला पुरुष परिवारका सबै सदस्यहरु बराबर ब्रत बस्ने गर्छन्सूर्यउदय हुँदा नदी वा पानी पोखरीमा बसेर बिशेष प्रसादको साथ सूर्य अर्घ दिएपछि छठपूजा समाप्त हुन्छ। यसरी षष्ठी तिथिको दिन सम्पन्न हुने पर्व भएको हुनाले जनमानसमा यो पर्वको नाम "छठपूजा" भनेर चिनिन्छ।
जाडोयाम शुरुवातसंगै न्यानो ताप दिने सूर्यको महत्व आदिमकाल देखि भएको देखिन्छ। यसरी प्राकृतिक रुपमै पाइने सौर्य शक्तिको साथ पाएर हिउँदको जाडो सकुशल काट्न कुलदेवी षष्ठीमाताको पूजाआजा गरीएको भन्ने भनाइ पनि रहेकोछ।
यो समय नेपालका तराईभाग र भारतको उत्तरीभेग बढी उल्लासमय देखिन्छ। तिहारको झिलिमिली बत्ती छठपूजाको दिन सम्म बाल्ने चलन पनि छ यो दिनको बिहानीपख सबेरै सडक, नदी, पोखरी ताल भक्तालुहरुले भिड हुने भएकाले साधरण काम भने हुन सक्दैनकतिपय ठाउँमा मेला  लागे जस्तो गरी बिशेष एरियामा पूजा गरिने भएकोले फायरवर्क तथा पटेका पड्काउँने पनि गर्छन्नेपाल सानो भएर पनि विभिन्न संस्कृति भएको मुलुक भएकोले होला,  यहाँका धेरै जसो अन्य संस्कृति मान्ने बासिन्दाहरु पनि छठपूजाको श्रद्धालु भएर दर्शन गर्ने गर्छन्

नेफिन जापानको लागि
छत्र मगर

chhatra_magar@hotmail.com
छठपर्व बारे हाम्रोपात्रोको बिशेष अडियो सामाग्री

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी