विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको प्रथम अन्तरराष्ट्रिय दुई दिने सम्मेलन (कार्तिक १ ,२ गते ) (1st International Conference of Indige...
विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको प्रथम अन्तरराष्ट्रिय दुई दिने सम्मेलन (कार्तिक १ ,२ गते ) (1st International Conference of Indigenous Peoples of Nepal) काठमाडौं स्थित राष्ट्रीय सभागृहमा सम्पन्न भएकोछ ।
प्रथम सम्मेलनमा नेफिन जापानको तर्फ बाट प्रतिनिधिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लेछर्बो लिम्बु रहनुभएको थियो भने पर्यबेक्षकको रुपमा सल्लाहकार ओम गुरुङ, सल्लाहकार मन पून, पूर्व सल्लाहकार गंगा घर्ति मगर, पूर्व अध्यक्ष गोबिन्द छन्त्याल, तमुधि अध्यक्ष अनिता गुरुङ लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।
उक्त प्रथम सम्मेलनको उदघाटन सत्रमा बिदेश स्थित संपूर्ण नेफिनहरुको तर्फ बाट मंचमा नेफिन जापानको तर्फ बाट सुमन लेछर्बो लिम्बुले बोल्ने अवसर प्राप्त गर्नु भएको थियो ।
दोस्रो अन्तिम दिनमा भने बिदेश स्थित सबैले आ आफ्नो देशको अवस्था र भावि योजना तथा सुझाव, राय राख्ने अवसर प्राप्त भएको थियो ।
संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाली आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई थप उचाईमा पुर्याउन र संसारभरका नेपाली आदिवासी जनजातिहरू बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने कुरालाई महत्वकासाथ आत्मसाथ गर्दै ११ बुंदे काठमाडौं घोषणा पत्र जारी गर्दै प्रथम नेपाली आदिवासी जनजाति सम्मेलन सम्पन्न भयो । धन्यवाद ।
नेफिन जापान
{fbt_gallery_post}
नेफिन जापान
{fbt_gallery_post}
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्