Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

मेवाका ८ बेफाइदाः कसले खानुहँदैन मेवा

म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ ...



म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन्। 

गर्भवती महिलाका लागि 
गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ । 

स्तनपान गराउँने महिला
गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन (एबउबष्ल) नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन ।

एलर्जी 
क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

ब्लड प्रेसर 
मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवा भुलेर पनि गर्नुहुँदैन । साथै, प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाह विना मेवाको सेवन गर्नुहुँदैन ।

मृगौलामा पथ्थरी 
अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँछ । मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।

झाडापखलामा
पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।

मुटु रोग 
मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।

घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ । 
#मेवा #स्वास्थ्य

साभार
रातोपटी डटकम
https://ratopati.com/story/106539/2019/11/16/demerit-of-papaya


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी