Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापानमा गाडी चालकले मोबाइलफोन प्रयोग नियम उल्लङ्घन गरेमा साबिक दण्ड सजाय भन्दा तीन गुणा बढी हुने

हालसालैको सडक यातयात घटनाक्रमलाई समेटर नयाँ सडक ट्राफिक नियम जारी गरिदैछ। यो नियम सन् 2019 डिसेम्बर 1 तारिक देखि लागूहुने कुरा नेशनल...



हालसालैको सडक यातयात घटनाक्रमलाई समेटर नयाँ सडक ट्राफिक नियम जारी गरिदैछ। यो नियम सन् 2019 डिसेम्बर 1 तारिक देखि लागूहुने कुरा नेशनल पुलिस एजेन्सीले सर्वसाधरणको सूचनाको लागि सार्वजनिक गरेको छ। खास गरीकन ड्राइभिंग गर्दा बढ्दो मोबाईल तथा नाभिगेसन, टिभि आदि प्रोटेबल डिभाइसको जताभावि प्रयोगले गर्दा बढी रहेको दुर्घटनाले धेरैको जिउधन नोक्सान गरेको तथ्यलाई बिचार गरेर ड्राईभरको ध्यान सडक ड्राभिंगतर्फ एकत्रित गर्न बनेको पुरानो नियमलाई अझ शसक्त कडा र ब्यवहारिक बनाईएको छ। पुरानो नियममा उल्लङ्घन वापत ब्यवस्था भएको हलुको सजाय र सामान्य जरिवानालाई बढाएर ठूला ट्रक बस, साधरण कार, मोटरसाइकल, गेन्चुकीबाईक बर्गीकरण गरी नियम उल्लङ्घन को मूल्यांकन अनुसार सजाय तथा जरिवाना लागू गरिने भएकोछ।

दुर्घटना हुने खतरा भएमाः
नयाँ नियमानुसार यदि गाडी चलाई रहेको समय मोबाईल फोन या यस किसिमको डिभाईसको लापरवाहीपूर्ण प्रयोगले गर्दा सडकमा खतरा उत्पन्न हुने अवस्था देखिएमा वा दुर्घटना भएमा नियम उल्लङ्घन गर्ने चालकलाई १ बर्ष सम्म जेल सजाय वा ३० मान सम्म जरिवाना लाग्नेछ वा दुबै दण्ड हुनेछ।  यो सजाय पाउँने ड्राइभरको लाईसेन्समा ६ पोइन्ट माइनस हुने भएकोले स्वतः लाईसेन्स खारेज हुनेछ। यो दुर्घटनामा भएको धनजन बिनासको क्षतिपूर्ति भने यो नियम बाहेक छुट्टै नियम कानून अनुसार अदालतले निर्णय गरे अनुसार दण्ड जरिवाना हुनेछ।

नियम उल्लङ्घन मात्र गरेमाः
चालकले गाडी चलाई रहेको समय मोबाइल फोन र यस किसिमको डिभाईस हातमा बोकेर जताभावी प्रयोग गरेको मात्र पनि भेटिएमा ६ महिना सम्म जेल सजाय वा १० मान सम्म जारिवाना वा दुबै दण्ड लाग्नेछ। यो नियम उल्लङ्घन गर्ने ड्राईभरको लाईसेन्समा ३ पोइन्ट घटाईनेछ।यो नियम उल्लङ्घन गर्ने ठूला गाडीको ड्राईभरलाई २ मान ५ हजार,  साधरण गाडीको ड्राइभरको लागि १ मान ८ हजार, मोटरसाईकल ड्राईभरको लागि १ मान ५ हजार, गेन्चुकीबाइक चालकलाई १ मान २ हजार जरिवाना रकम लाग्ने ब्यवस्था गरिएकोछ।

दुर्घटनामा ज्यानै गएमाः
यदि मोबाईलफोन वा यस किसिमको डिभाईसको लापरवाहीपूर्ण प्रयोगले नियम उल्लङ्घन गर्दै कसैको ज्यान जाने सडक दुर्घटना भएमा त्यस्ता चलाकलाई उपस्थित ट्राफिक प्रहरीले सोही ठाउँ र समयमा तत्काल गाडी चलाउन नपाउँने गरी तुरुन्त अस्थायी ३० दिन सम्मको लागि लाईसेन्स खारेज गर्नेछ।

केही बर्षयता आधुनिकताको नाममा प्राय सबैले प्रयोग गरिरहेको हातले चलाउँने मोबाइलफोन लगायत प्रोटेवल यन्त्रहरुले मान्छेको सभ्यताको बिकासमा सकारात्मक परिवर्तन ल्याउन सफल भएकोछ। तर पनि यसको सही ढंगले प्रयोग गर्नबाट चुक्ता साना देखि ठुला सडक दुर्घटनाहरु पनि बढ्दो क्रममा छ। जापान सरकारले यस किसिमको दुर्घटनालाई दुरुत्साहित गर्न दिन प्रतिदिन कडा नियम बनाउँदै लगेको छ।

ड्राईभिंग लाईसेन्सको रेकर्डकपी, परित्याग र नयाँ जारीमा लचकता
यसैगरी लाईसेन्स कार्ड हराएको बिग्रेको खण्डमा मात्र होइन बसाँई सर्ने क्रममा नाम या ठेगाना परिवर्तन हुँदा पनि नयाँ लाइसेन्स कार्ड प्राप्त गर्न सकिनेछ। ड्राईभिंग लाइसेन्सको रेकर्ड ब्यक्ति आफैले सम्बन्धित मेशिन मार्फत हेर्न सकिने ब्यवस्था केही बर्षयता उपलब्ध छ। स्वंय आफैले लाईसेन्स त्याग्ने ब्यक्ति देखि लाईसेन्स नवीकरण नगरी जारी मिति सकिएका लाईसेन्सको रेकर्डकपी आवश्यक परेमा पनि  सम्बन्धित अफिसमा गएर निवेदन दिई प्राप्त गर्न सकिनेछ ।त्यसै गरी लाइसेन्स परित्याग गर्न प्रिफेक्चर सेफ्टी कमिटीमा दिने गरिएका निवेदन, अब देखि स्थानीय तहको सम्बन्धित सेफ्टी कमिटी मार्फत दिन सकिने गरी परिवर्तन भएको छ।

ご注意: 令和元年12月1日施行しこうスマホながら運転道路どうろ交通こうつほう改正かいせいにより罰則ばっそく強化きょうかします。

ट्राफिक नियम बिज्ञहरुको सफाईः
यस किसिमको लापरवाहीपूर्ण नियम उल्लङ्घन अपराधलाई नियन्त्रण गर्न ब्यवस्थित पुरानो सजाय र जरिवानालाई नयाँ परिमार्जित नियमानुसार भने दोब्बर भन्दा बढी हुने गरी ब्यवस्था गरिएको छ। यो नियमलाई नजिकबाट हेर्ने वकिलका भनाई अनुसार गाडी पुर्णरुपमा रोकिएको अवस्थामा मोबाइलफोन वा यस प्रकारको डिभाइस प्रयोग गर्दा भने यो नियम लागु हुने छैन। वायरलेस हेण्डफ्री मोडमा गरिने फोनलाई पनि यो नियमले छुन सक्ने छैन। तर पनि बाहिरको अवस्था थाहा नपाउँने गरी दुबै कानमा एयरफोन प्रयोग गर्न, लामो समय सम्म हेण्डफ्री फोन गर्न र ठूलो आवाजमा बजाउँन भने पाइने छैन। यसै गरी गाडीमा जडित नाभिगेसन प्यानेल वा टीभि  दुई सेकेण्ड भन्दा बढी हेर्न नपाइने तथा ड्राईभरको ध्यान बिकर्षण हुने खालको कुनैपनि खतरापूर्ण कृयाकलाप ड्राइभिंग समय गर्न नपाइने कुरा उल्लेख गरिको छ।

नेफिन जापानको लागि
छत्र मगर
chhatra_magar@hotmail.com

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी