Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापानमा नेपालीको संख्या ९२,८०४ पुग्यो

टोकियो, जापान । जापानमा नेपालीहरुको संख्या बढेर ९३ हजार नजिक पुगेको छ । जापानको न्याय मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०१९ ...


टोकियो, जापान ।

जापानमा नेपालीहरुको संख्या बढेर ९३ हजार नजिक पुगेको छ ।
जापानको न्याय मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०१९ को जून महिना सम्ममा जापानमा रहेका नेपालीहरुको संख्या ९२ हजार ८ सय ४ पुगेको छ ।
जापानमा बसोबास गर्ने बिदेशीहरुको संख्या नेपालीहरुसँगै अधिकाशं देशको बढ्दा कुल बिदेशी नागरिकहरुको संख्या २८ लाख २९ हजार, ४ सय १६ पुगेको छ ।
नेपालीहरुको संख्या जापानमा भएका बिदेशीहरुको कुल संख्याको ३.३ प्रतिशत रहेको छ ।

देशको आधारमा हेर्दा जापानमा नेपालीहरुको संख्या छैटौं स्थानमा रहेको छ ।
सन् २००९ मा मात्र १४ हजार ७ सय ४५ को संख्यामा रहेको नेपालीहरुको संख्या त्यसयता लगातार तिब्रसंख्यामा बढेको तथ्यांकले देखाउँछ ।


सन २०१० मा १४ हजार ९ सय २०, सन् २०११ मा २० हजार १ सय ३ रहेको नेपालीको संख्या सन् २०१२ सम्म केवल २४ हजार ७१ रहेको थियो ।


नेपालमा गएको बिनाशकारी भूकम्पपछि जापानले नेपालप्रती अपनाएको भिषा सरलीकरण अन्र्तगत विद्यार्थी र सिप भएका दक्ष कामदारको रुपमा हेरिने कुक अन्र्तगत आउने नेपालीहरुको संख्या उच्च रुपमा बढदा सन् २०१३ मा ३१ हजार ५ सय ३७ पुगेको थियो ।
यो संख्या बढेर सन् २०१४ मा जापानमा नेपालीहरुको संख्या ४२ हजार ३ सय ४६ पुग्दा २०१५ मा यो संख्या १० हजारले बढेको देखिन्छ ।


सन् २०१५ मा ५४ हजार ७ सय ७५ पुगेको नेपालीको संख्या सन् २०१६ मा आईपुग्दा जापानमा बसोकास गर्ने नेपालीको संख्या बढेर ६७ हजार ४ सय ७० पुगेको थियो ।
यो संख्या निरन्तर बढ्दै सन् २०१७ मा ८० हजार ३८ पुगेको थियो भने अघिल्लो बर्ष सन् २०१८ मा ८८ हजार ९ सय ५१ पुगेको जापान सरकारको न्याय मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यि हुन् जापानमा सबैभन्दा धेरै बिदेशी जनसंख्या भएका देशहरु
१. चीन -: ७ लाख ८६ हजार २ सय ४१
२. दक्षिण कोरिया -: ४ लाख ५१ हजार ५ सय ४३
३. भियतनाम -: ३ लाख ७१ हजार ७ सय ५५
४. फिलिपिन्स -: २ लाख ७७ हजार ४ सय ९
५. ब्राजिल -: २ लाख ६ हजार ८ सय ८६
६. नेपाल -: ९२ हजार ८ सय ४
७. ताईवान -: ६१ हजार ९ सय ६०
८. ईण्डोनेसिया -: ६१ हजार ५१
९. अमेरिका -: ६८ हजार ४ सय ८४ (जापानमा रहेका अमेरिकी सेना बाहेक!)
१०. थाईल्याण्ड -: ५३ हजार ७ सय १३
११. अन्य देश -: ४ लाख ७ हजार ५ सय ७०

(जापान समाचार अनलाइनबाट उदृत गरिएको)


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी