Photos: Kyoto City & Kyototourism.org कुनै पनि देशको भ्रमण गर्न अघि आफ्नो गन्तब्य र काम अनुसार त्यहाँको जानकारी राख्नु अति आवश्यक ह...
Photos: Kyoto City & Kyototourism.org |
नेपालमा धेरै जसो बहुभाषिक भएर पनि बहुरुपी अनुहारले मात्र होइन, धेरै ठाउँ एवं जातजाति अनुसार चालचलनको स्तरियतामा खाँचो छ त त्यसमा एक रुपता पनि छैन। तसर्थ जापान आउँन अघि यहाँको आधारभूत जानकारी लिएर पूर्व तयारी अपनाउँन सके, बिना झंझट आफ्नो सभ्यताको प्रकट गर्न सकिन्छ। आफ्नो सानातिना गल्तिले अन्य ब्यक्तिलाई हुन सक्ने दुःख र त्यसबाट उत्पन्न हुन सक्ने ट्रबुलबाट बच्च यि शिष्टाचार/म्यानरलाई पालना गर्नै पर्छ।
धेरै बिदेशी पाहुनाहरु बढी भ्रमण हुने जापानको पुरानो राजधानी क्योटोसिटीले यस बारे केही आधारभूत शिष्टाचार तथा म्यानरको नियम उल्लेख गरेर बनाएको शब्द चित्र (Info-graphic) यहाँ देखाइएको छ।
यस पोस्टरमा जापानीज भाषामा "क्योउटो नो आकीमाहेन" 京都のあきまへん लेखिएको छ जसले "क्योउटोमा गर्न नहुने कुरा" भनेर त्यहीको ठेट भाषाले बुझाउँन खोजेको छ। त्यसैगरी प्राय जापान अधिराज्यभरी औपचारीक रुपमा धन्यबाद भन्न प्रयोग हुने शब्द "आरिगातो" (ありがとう) को बदला क्योउटोमा अनौपचारिक रुपमा "ओओकिनी" (おおきに)~शब्दले सेवा गरे वापत आफ्नो ह्रदय प्रकट गरिन्छ।
यूरोप - अमेरिकामा सेवा गरे वापत दिइने टिप्स भने जापानमा दिने चलन नभएकोले त्यसको सट्टामा स्थानिय डायलेक्ट अनुसार ठेट भाषामा "आरिगातो" यानिकी धन्यबाद भनेर आफ्नो ह्रदय प्रकट गरिन्छ।
बाहिरको जुत्ताचप्पल घरभित्र मनाही (Areas where outdoor shoes are not permitted)
Be aware that there are many areas where outdoor shoes are not permitted, such as places with tatami.सेवा वापत टिप दिन मनाही (No tipping)
Tipping is not a custom in Japan. A simple "thanks" will let them know you were satisfied with the service.होटेलकोठा प्रति ब्यक्ति हिसाब हुने (Room rates at lodgings)
Room rates at hotels, inns, and other lodgings are basically by the person, and not by the room. Therefore, any room rates given are usually the cost per person.सरसफाईमा ध्यान दिने (No littering)
Throw trash away in designated areas. Do not litter on the streets.पालो कुर्न सधै लाइनमा लाग्ने (Queuing up)
Always queue when waiting to get on buses and trains, when waiting to get into a store, etc.धुम्रपान गर्ने सही म्यानर अपनाउँने (Observe good smoking manners)
Only smoke in designated areas. Never smoke while walking, as it can be dangerous.सधै ट्वाइलेट सफा राख्ने (Keep toilets clean)
Flush any used toilet paper together after using the toilet. Keep the toilet clean for the next person to use.
यदि माथिको शब्दचित्रद्वारा प्रस्तुत गरिएको जानकारी ब्यक्तिगत प्रयोगको लागि चाहिएमा तलको डाउनलोड लिंक प्रयोग गरी पिडिएफ फरम्याट प्राप्त गर्नुहोला।
छत्र मगर
chhatra_magar@hotmail.com
संगलग्न फोटो उल्लेखित स्रोतसंग सम्बन्धित छ
chhatra_magar@hotmail.com
संगलग्न फोटो उल्लेखित स्रोतसंग सम्बन्धित छ
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्