Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

बिश्व लैंगिक समानताको सूचांङ्क २०२० मा नेपाल १०१औं स्थानमा

Mind the 100 Year Gap भन्ने मुल नाराका साथ वर्ल्ड इकोनोमिक फोरमले जारी गरेको The Global Gender Gap Index Ranking 2020 (बिश्व लैंगिक समानता...



Mind the 100 Year Gap भन्ने मुल नाराका साथ वर्ल्ड इकोनोमिक फोरमले जारी गरेको The Global Gender Gap Index Ranking 2020 (बिश्व लैंगिक समानताको सूचांङ्क २०२०) रिपोर्ट अनुसार नेपालमा महिलाको स्थान १०१औं मा परेको छ। सूचक स्तर हिसाब गर्दा अपनाइने मुख्य चार गतिबिधिहरु मध्ये नेपालका महिलाको स्थान आर्थिक गतिबिधि सम्बन्धि अवसरमा १०१, शैक्षित सफलतामा १३३, राजनीतिक शसक्तिकरणमा ५९ र स्वास्थ्य तथा बचाउँमा १३१ रहेको छ। बिश्वको १५० भन्दा बढी सूचित देशहरु मध्ये १०१औं स्थानमा आइपुग्दा नेपालमा महिलाहरुको औसत सहभागिताको सूचांङ्क 0.680 अंक देखिएको छ जो बिश्वको औसत सूचांङ्क ६९% (0.690) अंकसंग मिल्दोजुल्दो छ। यो तथ्यले के बुझाउँछ भने नेपाल अविकसित मुलुक भएतापनि करिब ३२% प्रतिशत जति लैंगिक भेदभाव बिधमान रहेको छ जसमा महिलाहरु पिडित रहेका छन्।

बिश्वको आर्थिक गतिबिधि सम्बन्धि अवसरमा महिलाको सहभागिता ५८% (0.580) अंकले पाइएकोमा नेपालमा भने १०१औं स्थानमा रहेर 0.632 अंकले सहभागिता जनाएको देखिएको छ जुन बिश्वब्यापी औसत भन्दा केही राम्रो देखिन्छ। नेपालमा अझपनि करिब ३७% को हाराहारीमा आर्थिक गतिबिधि सम्बन्धि अवसरमा महिला माथि लैगिंक भेदभाव रहेको देखिन्छ।

राजनैतिक क्षेत्रमा नेपालका महिला ५९औं स्थान रहेर 0.227 अंकले अघि रहेको देखिन्छ जुन बिश्वमा औसत २५%(0.250) अंकले राजनीतिक नेतृत्वमा महिलाको सहभागिता देखिए सरह करिब नजिक देखिएको छ। तर पनि सूचांङ्कले राजनैतिक क्षेत्रमा बिश्वब्यापी रुपमा महिलाहरुको नेतृत्वदायी सहभागीता ७५% दरले खड्केको तथ्य उजागर गरेको छ। यो क्षेत्रमा नेपालमा करिब ७७% ले लैगिंक भेदभाव रहेकोछ।

शैक्षित सफलतामा बिश्वको औसत ९६% (0.960) लैगिंक समानता रहेकोमा नेपाल १३३औं स्थान पाएर 0.895 अंक ल्याएको छ। यो सूचांङ्कले अझै पनि शिक्षा क्षेत्रमा लैंगिक भेदभाव करिब १०% रहेको जानकारी गराउँछ।

नेपालले स्वास्थ्य तथा बचाउँमा १३१औं स्थान पाएर 0.966 अंक ल्याएको छ जुन बिश्वको औसत स्तर ९७% को हाराहारीमा पर्दछ। देशभित्रको स्वास्थ्य सेवा कमजोर भएतापनि लैगिंक समानतामा भने भेदभाव न्यून रहेको कुरा यसले बताउँछ।

यो लैंगिक समानताको सूचांङ्क पूर्णाङ्क १ अंकले त्यो देशमा लैंगिक समानता रहेको जनाउँछ भने अपुगले सो अनुसार भेदभाव रहेको खुलाउँछ। यो परिणामले गरिब राष्ट्र र धनी राष्ट्रबिच पाउँने सेवा सुविधाको तुलना भने गर्दैन। त्यसैले जापानको लैंगिक समानतामा ठूलो फरक भएर महिलाहरु त्यहाँको पुरुषको दाँजोमा पछाडि परेपनि उनीहरुको जिवनस्तर लैंगिक समानताको सूचांङ्कमा अघि देखिने राष्ट्रहरुमा बस्ने महिलाहरु भन्दा  राम्रो स्तरको हुनसक्छ।

बर्षेनी धेरै जसो यूरोपियन देशहरु टपटेन स्थानमा देखिए तापनि यसपाली दक्षिण अमेरीका, प्यासिफिक ओसेनिया र अफ्रिकाबाट एक एक देशहरु अग्रस्थानमा पुगेका छन्। टपटेनमा आइसल्याण्ड १, नर्वे २, फिनल्याण्ड ३, स्वीडेन ४,  निकारागुवा ५, न्यूजिल्याण्ड ६, आयरल्याण्ड ७, स्पेन ८, रुवान्डा ९ र जर्मनी १० स्थानमा परेका छन्।

बिकसित देशहरु मध्ये जापान १२१औं स्थानमा महिलाहरुलाई कडा सारिया इस्लामिक कानूनले बाँध्ने खाडी मुलुकहरुसँगै पाउँनुले जापानमा पनि महिलाहरु राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रहरुमा त्यहाँको पुरुषहरुको दाँजोमा निकै पिडित रहेका छन् भन्ने पुष्ठी गरेको छ। त्यसैले संसदमा महिलाहरुको आधाउधी सहाभागिता बनाऔं *議席(ぎせき)半分(はんぶん)女性(じょせい)* भन्ने नारा सहित समय समय लैंगिक समानताबारे क्याम्पेन जुलुस हुने गर्दछ।
#GenderGap2020 #GGGR2020

पुरा पढ्न यहाँ जानुस्ः

Mind the 100 Year Gap


छत्र मगर
chhatra_magar@hotmail.com
Photos and videos by respective agencies
All rights reserved

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी