Yahoo News 写真:アフロ जापानीजहरु झट्ट संगत गर्दा होस् वा पाहुनालाई स्वागत गर्दाको समय होस; कलात्मक रुपमा निकै सभ्य तरिकाले पेश हुने गर्दछन्।...
Yahoo News 写真:アフロ |
जापानीजहरु झट्ट संगत गर्दा होस् वा पाहुनालाई स्वागत गर्दाको समय होस; कलात्मक रुपमा निकै सभ्य तरिकाले पेश हुने गर्दछन्। तर यो पाटो भनेको तालिम प्राप्त ब्यवसायिक पक्ष हो जसलाई “ओमोतेनासी(おもてなし:Hospitality)” पनि भनिन्छ। अन्य मुलुकमा जस्तै जब २० बर्ष उमेर पुगेर सेजिनशिकी गरिन्छ, त्यसपछि बयस्क सरह जिम्मेवारी सहित खानपिन र उठबस देखि लिएर कानूनी रुपमा सबल भएको ठहरिन्छ। भनिन्छ सकारात्मक कुराहरु गर्न र सिक्न निकै मिहेनत गर्नुपर्छ जबकी नकारात्मक बानी-ब्यहोराहरु देखासेखीबाटै शुरु गरी लतमा परिणत हुन्छ। धेरैले पहिले लुकी लुकी खाने गरेका जाँडरक्सी चुरोट पनि २० बर्ष उमेर पुगेपछि खुलेआम अभिभावकले थाहा पाउँने गरी खाने गर्छन्। कानुनी रुपमा चुरोट तथा मादकपदार्थ आफैले किनमेल गरेर उपभोग गर्न जोकोही स्वतन्त्र हुन्छन्।
नेपाली तथा एसियन मंगोलियन आदिवासीहरुले जस्तै धेरै जसो प्राकृतिक पूजारी रहेका जापानीजहरुको आधारभूत बिश्वास पुर्खाहरुलाई देवीदेवताको रुपमा पूजा गरिने “जिनज्या (神社:Shinto Shrine)” मा अडेको हुन्छ। त्यसपछि धार्मिक रुपमा भित्रि आत्मालाई शुद्धपार्न होस वा मर्दापर्दा कर्मकाण्ड गर्नहोस् “ओटेरा (お寺:Buddhist Temple)” मा “निचिरेन बुद्ध” को धर्मपथलाई अँगालेको पाइन्छ। यहाँ बुद्ध धर्मले जाँडरक्सी र चुरोट जस्तो नकारात्मक कुरालाई प्रोत्साहन गर्दैन तर प्राकृतिक पूजारीले पुर्खा तथा प्राकृतिक शक्तिलाई खुसी राख्न यि कुराहरु चढाएर आफैले पनि प्रसादको रुपम ग्रहण गर्ने चलन धेरै समाजमा पाइन्छ। यसरी खान पल्केर लत लागेका मानिसहरु प्राय जसो पछि गएर चुरोट खाने र जड्याँ हुनेगर्छन्। साथीभाईको लहैलहैमा लागेर बानी बस्नेहरु पनि धेरै हुन्छन्।
जापानमा औधोगिक बिकाससंगै धेरै कुराहरु परिवर्तन हुदैजाँदा खाने पिउँने कुराले पनि बिकास पायो। कम्पनीले आफ्ना कामदारहरुलाई प्रफुल्लित पार्न बर्षको अन्तमा बोनस सहित “बोनेनकाई (忘年会: Year End Party)” राख्ने चलन चल्यो। यसको अलवा समय समय एउटै विभाग वा समूहमा काम गर्ने हाकिम, सहकर्मीहरु बिच अनौपचारिक सल्लाह गर्न खानपिन पार्टी हुने परिपाटीले बिकास पायो। अल्कोहलको सेवनले ब्यक्तिमा डरत्रास र लाजसरम ब्यक्ति अनुसार केही हराउँने भएकोले निर्धक्क आफ्नो बिचार आदान-प्रदान गर्न सकिन्छ भन्ने बिश्वासको कारण जापानका "रेस्टुरेन्ट र बार" मा कम्पनीका कामदारहरुको अनौपचारिक सामूहिक भेटघाट बढ्यो। हाकिमलाई खुशी पार्न होस् वा सहकर्मीसंग मित्रता बढाउँन होस्, यो मौंका धेरैको लागि “वर्किंग एथिक्स(Working Ethics)” रुपमा बिकास हुदैंगयो।
केही कम्पनीका समूहले दावी गरे अनुसार वर्किंग एथिक्सको रुपमा चलेको अनौपचारिक सामूहिक पार्टी जसलाई “नोमिकाई(飲み会:Drinking Party)” भनिन्छ – को कारण धेरै नयाँ काम गर्ने शैली र सीप-टेक्नोलोजीको अवधारणाले जन्मपाएको छ। अनौपचारिक भेटघाटले काम गर्ने सहकर्मीहरु र हाकीमहरु बिचको दुरीलाई कम गरी कमिनिकेसनलाई सहजता दिन मद्दत पुगेको छ। FNN को सर्भेक्षण अनुसार औसत ४५.५% भन्दा केही बढी सहभागीले नोमिकाईले सहकर्मी बिचको कम्यूनिकेसनलाई सजिलो बनाएको दावी गरेका छन्। त्यसैले यो तरिकालाई जापानी शब्द नोमु (飲む) र अंग्रेजी शब्द कम्यूनिकेसन (communication) दुबै मिलाइएर बनेको संयुक्त नयाँ शब्द “नोमिनीकेसन( 飲みニケーション:Nominication)” ले पनि प्रचलित छ। FNN को सर्भेक्षण अनुसार जापानका कम्पनी कर्मचारीहरु २०-२९ बर्ष उमेर समूहका महिनामा १.९३ पटक, ३०-३९ बर्ष उमेर समूहका महिनामा १.४१ पटक, ४०-४९ बर्ष उमेर समूहका महिनामा १.१६ पटक, ५०-५९ बर्ष उमेर समूहका महिनामा ०.७१ पटक सम्म नोमिनीकेसनमा सहभागि हुने गरेका छन्।
मादकपदार्थ आफैमा नराम्रो होइन। आवश्यकता अनुसार सुरक्षित तवरले सेवन गरेको अल्कोहलले केही फाइदा नै गर्छ। तर यसको गुण निकोटिन झैं लत लाग्ने भएको हुनाले यसलाई हेक्का नराखी जताभावी सेवन गर्ने बानी ब्यहोराले दिनानु शरिर, समाज र आर्थीक रुपमा सेवन गर्ने ब्यक्ति कमजोर हुदै जान्छ। सकारात्मक रुपमा लिएको नोमिनिकेसनले नकरात्मक बाटो लिन पुग्दा उल्टै सहकर्मी र हाकीम बिच नेगटिभ मनभावना पैदा भई आफ्नो क्यारियरलाई नै असर पुग्न सक्छ। आफ्नो शरिरले थाम्न नसक्ने गरी मादक पदार्थ पिएर वा कसैले पिलाएको उत्तेजनाले हुने सडक दुर्घटना, झैझगडा तथा मृत्युले ब्यक्तिलाई मात्र होइन, अरु दोस्रो तथा तेस्रो ब्यक्तिलाई पनि असर पारीरहेको हुन्छ। जापानमा मात्र होइन, संसारभर मापसे ड्राइभिंग (飲酒運転:Drunk Driving) बन्देज गरिएको छ। मापासे ड्राईभिंग गरेर दुर्घटना भए, सबै क्षतिपूर्ती वीमाले नब्यहोर्ने भएकोले ब्यक्ति उपर ठूलो धनको भार पर्न जान्छ जुन धेरैको लागि जीवनकालसम्म कठोर सजाय बन्न पुग्छ।
जापानको कानूनले २० बर्षपुगेपछि मात्र मादकपदार्थ सेवन गर्ने अनुमति दिन्छ । ड्राईभरलाई मात्र होइन मादकपदार्थ दिने तथा करकाप गर्ने ब्यक्तिलाई पनि कानूनत कार्वाही गरिन्छ। मापसे गाडी देखि साईकल चालक सम्मलाई लागु हुन्छ र दुर्घटना भए वीमाले क्षतिपूर्ती नतिर्ने भएकोले ब्यक्ति उपर उठन नसक्ने गरी आर्थिक भार पर्न जान्छ। तर यति भएरपनि जापानका धेरै ठाउँमा २४औं घण्टा उमेर पुगेकाले खुलेआम मादकपदार्थ किनमेल गर्न पाउँने सुविधा छ।
जापानमा यि कल्चरले प्रभावपारेको नकरात्मक पक्षहरु पनि धेरै देखिएका छन्। साथीभाईको लहैलहैमा लागेर असक्त हुनेगरी नोमिनिकेसन गर्नाले कोही बिच बाटोमै होस गुमाउँन पुगेर महर्त्वपूर्ण डकुमेन्ट गुमाउँने, लुटपाट हुने, ट्रेन तथा बस भित्रै सुतेर दुःख दिने, सडकमा लडेर सुत्ने जस्ता अमर्यादिद असभ्य घटनाहरु देखिएको छ। कतिपयले मादकपदार्थको प्रभावमा परेर मापसे ड्राइभिंग गर्न पुग्दा धेरैको ज्यान अकालमा जानेगेरको छ। जापानमा मापसे गाडी ड्राईभिंगलाई मात्र होइन साइकल र सडक बटुवालाई पनि दुर्घटनाको जिम्मेवारी बहन गराईने भएकोले मादकपदार्थ सेवन गरेर सडकमा साईकल चलाउँन, हिडडुल गर्न गैरकानूनी ठहरिन्छ। बढ्दो यि असभ्य घटनालाई निरुत्साहित पार्न जापानका केही सिटी अपिसहरुले सडकमा जताभवी सुत्ने「路上寝: Street Sleeping」ब्यक्तिहरुको फोटो तथा भिडियो सार्वजनिक गर्ने नियम ल्याएका छन्।
अब अलिकति पनि मनमा हेक्का भएकाहरुले जापानमा मादकपदार्थ पिएर जताभावी नहोस् भनेर सतर्क रहनेछन्। कसैलाई भोलि जड्याँ बनेर नांगै सडकबाँस 「路上寝: Street Sleeping」गरेको फोटो भिडियो भाइरल हुनु छ र?
छत्र मगर
https://chhatramagar.com
Photos and videos by respective agencies
All rights reserved
https://chhatramagar.com
Photos and videos by respective agencies
All rights reserved
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्