Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

लामखुट्टे साँढे छोडौं!

Photo: Gates Note - World Mosquito Day विश्वभर लामखुट्टेको टोकाईबाट अन्य कुनै कारणले भन्दा पनि बढी बर्षेनी मानिसको अकाल मृत्यु हुने कुरा...

Photo: Gates Note - World Mosquito Day

विश्वभर लामखुट्टेको टोकाईबाट अन्य कुनै कारणले भन्दा पनि बढी बर्षेनी मानिसको अकाल मृत्यु हुने कुरा बिश्व स्थास्थ संगठनको ठहर छ। यो तरिकाले हिसाब गर्दा परापूर्वकाल देखि हाल सम्म लामखुट्टेको टोकाईबाट मानिसको अकाल मृत्यु हुनुमा प्रमुख दोषी लामखुट्टे हुनआउँछ। लडाई र अन्य रोग भन्दा पनि मानिसलाई युगै युग दुःख दिने पुरानो रोग मलेरियाले धेरैको परिवार सुन्य बनाएको हुनुपर्छ। मलेरियाको उन्मूलन भएबाट यसले दक्षिण अमेरिकन क्षेत्रतिर जिका र एशियन देशहरुमा डेन्गुको रुपमा म्यूउटेसन रोग फैलाएको छ। अफ्रिकामा धेरै तर युरोपियन देशहरुमा थोरै भएपनि जिका र डेन्गु दुबै रोगले धेरैथोरै सताएको छ। यसरी ति रोगका किटाणु मानसिले प्रयोग गरेका औषधीको कारण म्यूउटेसन भई फैलाउने माध्यम भनेकै लामखुट्टे हुन।

बिश्व स्वास्थ संगठनको खोज अनुसार संसारभर बर्षेनी मानिस धेरै डराउने जनावर बाँघ, सार्क तथा क्यान्सर रोगले भन्दा पनि धेरै बढी मानिसको मृत्यु लामखुट्टेको टोकाईबाट लाग्ने रोगले हुनेगर्छ।

केही बर्ष यता बायोलोजिकल जिनलाई परवर्तन गरेर होस या स्वस्थ्य अङ्गको सेललाई बढाएर होस – रोगसंग लड्ने प्रतिस्पर्धात्मक उपचार बिधिले मेडिकल साइन्समा ठूलो ठाउँ लिन पुगेको छ। यि कति कुरा त बोटबिरुवामा पनि लागू गरिएको छ। जिनोमे परिवर्तन गरिएका टमाटरको सेवनले मानिसलाई मुटुरोग तथा अन्य रोग लाग्नबाट बचावट गर्न अझ धेरै संभव भएको तथ्य मेडिकल साइन्स खोजीले दावी गरेको छ। जापानका डाक्टरहरुले स्वंय रोगीको आँखाको स्वास्थ सेललाई कृत्रिम तरिकाले धेरै बढाएर पुनः सो स्वास्थ सेलहरु  आँखाको समस्या हुने रोगीमा प्रत्यारोपण गर्न सफल भएका छन्। यो उपचार बिधि मानिसको मुटु तथा अन्य रोग उपचारमा पनि लागू हुनसक्ने कुरा बैज्ञानिकहरुले जनावर बिच प्रयोग गरेको खोजले प्रमाणित गरिसकेको छ।

वरिपरिका वातावरणमा फोहोर पानी नजमाउँने र फोहोरमैला हुन नदिने उपाँयले केहि कम देखिए पनि सबै लामखुट्टेलाई नियन्त्रण गर्न सकिदैन।  औषधी-स्प्रे प्रयोग गरेमा मानिस तथा वातावरणलाई नै असर पुग्ने भएकोले यो उपाँयले पनि तत्कालको लागि मात्र राहत पुग्छ। लामखुट्टेको शारिरीक बनावट र बाँसस्थान आदि प्रकृतिको हिसाबले सबै लामखुट्टेलाई खोरमा समातेर मार्ने काम असंभव कुरो हो। केही बर्षयता बायोलोजिकल साइन्सको बिकाससंगै उपचार बिधिले ल्याएको परिवर्तन अनुसार लामखुट्टेलाई नियन्त्रण गर्न भाले लामखुट्टे निकै उपयोगी ठहरिएको छ। भाले लामखुट्टेले बिरलै मात्र मानिसलाई टोक्ने गर्छ। त भालेमा हुने यिनै गुणको आधारमा बिशेष तरिकाले भाले लामखुट्टेलाई पोषिलो हट्टकट्ट बनाउँदै यिनको बिऊलाई जन्म निरोधक बनाईन्छ। यस्ता बलिया भाले लामखुट्टेको संगतमा आउँने पोथी लामखुट्टे सबैले अण्डाबनाउँन सक्दैनन्। लामखुट्टेको आयु सरदर दुई महिना मात्रै हुने भएको हुनाले यो अवधिमा लामखुट्टेको संख्यामा धेरै कम हुने देखिन्छ। यो उपाय दक्षिण एसिया लगायत नेपालको लागि पनि धेरै उपयोगी छ।


चीन, सिंगापुर, ब्राजिल आदि देशहरुमा यो उपायलाई सफल प्रयोगको रुपमा थालनी गरिसकेको समाचार छ। यि देशहरुमा भाले लामखुट्टे पालनपोषण गरी साँढे हुर्काउँने फैक्टरी नै स्थापना गरिएका छन्। साँढे छाड्ने पुरानो नेपाली धार्मिक परम्परा यो पुन्य कामको लागि पनि बैज्ञानिक तरिकाले सम्पन्न गरे, धेरै मानिसहरुको अकाल मृत्युबाट ज्यान जोगिन सक्ने र रोगबाट सास्ती पाउँन नपर्ने कुरामा दुईमत छैन।

साकाहारी मायालु सेक्सी, जन्मनिरोधक जिन बोकेको भाले लामखुट्टे पालेर साँढे छोड्ने। बस यिनको सम्पर्कमा आउँने सबै पोथी पनि गर्व नबस्ने सिंगल लेडी लामखुट्टेनी हुनु पुग्दा लामखुट्टेको संख्या पनि नबढने। अण्डापार्ने लामखुट्टेनीले पोषिलो रगत खानको लागि जनावर तथा मानिसलाई चिल्ने अवस्था पनि नआउँने।

छत्र मगर
https://chhatramagar.com
Photos and videos by respective agencies
All rights reserved

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी