Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

तमु धीँ जापानको २५ औं बार्षिकत्सव एवं महान चाड ल्होछारको हार्दिक शुभकामना

हार्दिक शुभकामना गुरुङ समुदायको विशुध्द सामाजिक संस्था तमु धीँ जापान २५ औं बसन्त प्रवेशको सु-अवसरमा स्मारिका प्रकाशन गर्न लागेको खबरले अत्य...

हार्दिक शुभकामना


गुरुङ समुदायको विशुध्द सामाजिक संस्था तमु धीँ जापान २५ औं बसन्त प्रवेशको सु-अवसरमा स्मारिका प्रकाशन गर्न लागेको खबरले अत्यन्त खुसी लागेको छ ।

यस अवसरमा तमु धीँ जापानका सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल आदिवासी जनजाति महासंघ जापानको एक सक्रिय सदस्य तमु धीँ जापानले आफ्नो स्थापनाकाल देखि अहिलेसम्मका   क्रियाकलापहरुलाई दस्तावेज गर्न यो स्मारिकाले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने लागेकोछ।

यस स्मारिकाले जापानमा रहेका गुरुङ  समुदाय  लगायत  आम आदिवासी जनजाति समुदायमा चेतना र सन्देशमूलक सामग्री प्रवाह  गर्दै जापनवासी नेपालीहरुमा आपसि भाईचारा, सद्भाव, एकता र सहकार्य बढने विश्वास लिएको छु ।

प्रवासमा रहेर पनि भाषा, लिपि , भेष भुषा र संस्कृतिलाई  संरक्षण तथा प्रवर्धन गर्दै भैपरी आउने हरेक विपत्तिहरुमा तमु धीँ जापान अब्बल रहेकोछ र भविष्यमा पनि सोहि कामना गर्दछु ।

अन्त्यमा, तमु धीँ जापानको रजतजयन्तीको स्मारिका प्रकाशनका साथै तमुहरुको  महान पर्व तमु ल्होसारको शुभ अवसरमा पनि सबैमा एकमुष्ठ हार्दिक शुभकामना ब्यक्त गर्दछु ।


टेक बहादुर लेछर्बो लिम्बु
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ जापान


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी