हार्दिक शुभकामना गुरुङ समुदायको विशुध्द सामाजिक संस्था तमु धीँ जापान २५ औं बसन्त प्रवेशको सु-अवसरमा स्मारिका प्रकाशन गर्न लागेको खबरले अत्य...
हार्दिक शुभकामना
गुरुङ समुदायको विशुध्द सामाजिक संस्था तमु धीँ जापान २५ औं बसन्त प्रवेशको सु-अवसरमा स्मारिका प्रकाशन गर्न लागेको खबरले अत्यन्त खुसी लागेको छ ।
यस अवसरमा तमु धीँ जापानका सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
नेपाल आदिवासी जनजाति महासंघ जापानको एक सक्रिय सदस्य तमु धीँ जापानले आफ्नो स्थापनाकाल देखि अहिलेसम्मका क्रियाकलापहरुलाई दस्तावेज गर्न यो स्मारिकाले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने लागेकोछ।
यस स्मारिकाले जापानमा रहेका गुरुङ समुदाय लगायत आम आदिवासी जनजाति समुदायमा चेतना र सन्देशमूलक सामग्री प्रवाह गर्दै जापनवासी नेपालीहरुमा आपसि भाईचारा, सद्भाव, एकता र सहकार्य बढने विश्वास लिएको छु ।
प्रवासमा रहेर पनि भाषा, लिपि , भेष भुषा र संस्कृतिलाई संरक्षण तथा प्रवर्धन गर्दै भैपरी आउने हरेक विपत्तिहरुमा तमु धीँ जापान अब्बल रहेकोछ र भविष्यमा पनि सोहि कामना गर्दछु ।
अन्त्यमा, तमु धीँ जापानको रजतजयन्तीको स्मारिका प्रकाशनका साथै तमुहरुको महान पर्व तमु ल्होसारको शुभ अवसरमा पनि सबैमा एकमुष्ठ हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
टेक बहादुर लेछर्बो लिम्बु
अध्यक्ष
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्