Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

टोकियोमा एक नेपाली युवाको उपचारका क्रममा निधन

फोटोः एभरेस्टवाल डटकम अध्ययनका लागी जापान आएका एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ ।  नेपालमा डडेलधुरा भद्रपुर–५ मा घर ...

फोटोः एभरेस्टवाल डटकम


अध्ययनका लागी जापान आएका एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ । 

नेपालमा डडेलधुरा भद्रपुर–५ मा घर भएका सुरज मल्लको आईतबार बिहान उपचारको क्रममा निधन भएको हो । टोकियोको इकेबुकुरोमा बस्दै आएका २५ बर्षिय सुरज मल्लको necrotizing enterocolitis का कारण मृत्यु भएको अस्पतालले बताएको दर्शन समाज जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष सुरज मल्लले बताएका छन् ।

मृतक सुरज मल्ल नोभेम्बर २४ तारीखको दिन इकेबुकुरोको तोबू डिपार्टमेन्ट स्टोर नजिक बिना कपडा हिडीरहेको पाएपछी प्रहरीले पक्राउ गरेको बुझिएको छ । नोभेम्बर ३० तारीखको मध्यरातमा उनलाई सास फेर्न अप्ठेरो भएपछी तुरुन्तै इताबासी स्थित निहोंन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा डिसेम्बर १ को बिहान ११ बजे तिर उनको निधन भएको जापान प्रहरीले जानकारी दिएको छ ।

यसअघि स्वर्गिय सुरज मल्लका आफन्तले डिसेम्बर ४ तारीक बुधवारका दिन उनी हराएको र खोजी गरीदिन भन्दै एनआरएनए जापान, जापानस्थित नेपाली दुतावास लगायत सम्बन्धित निकाय समक्ष आग्रह गरेका थिए । जानकारीमा आएअनुसार मृतक मल्लका भिनाजु विनय मल्ल चिवामा बस्दै आएको र हाल नेपाल गएको बुझीएको छ ।

प्राप्त जानकारी अनुसार मृतक सुरज मल्लका बाबु नै जापान आई दाहसंस्कार गर्ने बताइएको छ । मृतक मल्लका बुवा जापान आउनका लागी आवस्यक कागज पत्र पठाई भिसा प्रक्रियाका लागी नेपालस्थित जापानी दुतावासमा आवेदन दिइएको बताइएको छ । मृतक सुरजले आफुले पढ्ने गाक्कोमा १ वर्षको शुल्क तिरीसकेको र उक्त रकम फिर्ता गर्न पहल भैरहेको बताइएको छ ।

साभार
एभरेस्टवाल डटकम
https://everestwall.com/2019/12/06/24166


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी