Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोद्वारा माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ को निम्तो

नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ को आयोजना गर्ने भएको छ। मगर सामुदायको नयॉं ब...


नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ को आयोजना गर्ने भएको छ।

मगर सामुदायको नयॉं बर्ष "मिनाम सार ल्हेस" को  अवसर पारेर मगर संघ क्षेत्रीय समिति कान्तोले जनवरी १९ तारिख आइतबारका दिन माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ आयोजना गर्ने भएको हो।

उक्त विशेष सांस्कृतिक कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने संघका अध्यक्ष रित रानाले जानकारी दिनुभयो । कार्यक्रममा मगर चलचित्रका नायक/गायक तथा मोडल रमेश बाबु थापा मगर, गायिका मैना मगर, लोकदोहोरी गायक चेतन घर्तीमगर, भ्वाईस अफ नेपाल २ का प्रतियोगी कुमार गुरुङ (काले भाई) तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तृती रहने भएको छ । जापानमा रहेका नेपालीहरुबीच शुभकामना आदानप्रदान गर्ने र भाइचारा वृद्धि गर्ने र प्रवासी भूमीमा रहेर मगर जातिको भाषा, कला, भेष, भुषा र सँस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको हो भने  उक्त कार्यक्रमलाई नेपाल मगर संघ जापान केन्द्रिय समिति टोकियोको पुर्ण सहयोग रहेको बताईएको छ । सो कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपालीहरुलाई नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले अनुरोध गरेको छ।

कार्यक्रम हुने मिति : 

2020-01-19 आईतबार

स्थान हल : 

Toshima Civic Center, 8th Floor

ठेगाना :  

1 Chome-20-10 Higashi-ikebukuro, Toshima City,
Tokyo 170-0013 (https://toshima-mirai.or.jp)

कार्यक्रमस्थल टेलिफोन : 

03-6912-7900

समय : 

6:00pm to 9:30pm

ट्रेन एक्सेस : 

 जे आर इकेबुकुरो स्टेशन हिगासीडेगुचीबाट पैदल ७ मिनेट

म्याप एक्सेस :  


सम्पर्क ब्यक्तिहरु : 

नवीन थापा मगर (080-3584-1061), रित राना मगर (080-3039-6096), भिक्टर ठाडा मगर (090-9108-7590), प्रिन्स पुन मगर (080-1754-4013)
गणेश थापा मगर ।टोकियो ।
https://www.facebook.com/ganeshpithakotethapa

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी