टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोको आयोजनामा ५०१३ औं मिनाम सार ल्हेस माघे संक्रान्ति विशेष २४औं लाङ्गघाँली साँझ कार्यक्रम...
टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोको आयोजनामा ५०१३ औं मिनाम सार ल्हेस माघे संक्रान्ति विशेष २४औं लाङ्गघाँली साँझ कार्यक्रम टोकियो शहरको ईकेबुकुरोको सिबिक सेन्टरको हलमा १९ तारिक आइतवार सम्पन्न भएको हो ।
नेपाल मगर संघ जापान कान्तो क्षेत्रीय समितिका अध्यक्ष रित राना मगरको सभापतित्व र मगर संघ जापानका केन्द्रिय अध्यक्ष नविन थापा मगरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जापानका बिभिन्न संघ सस्थाका अतिथिगणद्वारा सामुहिक रुपमा रिबन काटेर उदघाटन गरिएको थियो । नेपाल मगर संघ कान्तोका सचिव महेन्द्र खपाङगी मगरको स्वागत मन्तब्य रहेको २४औं लाङ्गघाँली साँझ कार्यक्रममा रामहरि खपाङ्गी मगरले सञ्चालन गरेका थिए ।
मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसरमा आयोजित उक्त कार्यक्रममा मगरहरुको मौलिक परिकार सेलरोटी, तरुल, बारा, अचार र चिकेन लगायतका स्वादिष्ट परिकारको स्वाद चखाएका थिए भने नेपालबाट आमिन्त्रत मगर चलचित्रका नायक तथा गायक तथा मोडल रमेशबाबु थापा मगर र लोक गायिका मैना मगरको मगर संस्कृतिका मौलिक गीत सहित विशेष प्रस्तुती रहेको थियो भने स्थानीय कलाकारहरु द भ्वईस अफ नेपालका प्रतियोगी कुमार गुरुङ (काले भाई) लोकदोहोरी गायक चेतन घर्ती मगर, अनु मगर, सबिन बाबु थापा मगर, होम पुन मगर लगायतले पनि नेपाली मौलिक प्रस्तुति दिएका थिए । नेपाल मगर संघ जापानको बिगतका हरेक सॉंगितिक कार्यक्रममा आफ्नो नृत्य कला प्रस्तुत गरेर साथ दिने सगुन सूर्यवंशी मगर र हिमा लुंगेली मगरको नृत्यले दर्शकलाई निकै तताएका थिए भने जापानका नागरिक गायिका आओइ सानोले "पानको पात" बोलको एक टुक्का गीत गाएर नेपाल र नेपालीहरु प्रतिको माया र सदभाब जापानीहरुमा अझै रहेको महशुष हुनेगरि कार्यक्रममा फरक स्वाद पस्केकी थिईन् ।
कार्यक्रमको अन्तमा, २४ औं लाङ्गघाँली साँझ कार्यक्रम संयोजक भिक्टर ठाडा मगरले लाङ्गघाँली साँझ सफल पार्न प्रत्यक्ष तथा अप्रत्य सहयोगी सबैमा धन्यबाद ज्ञापन गरेका थिए ।
गणेश पिठाकोटे थापामगर
https://www.facebook.com/ganeshpithakotethapa
फोटो तथा भिडियो सम्बन्धित कार्यक्रमबाट लिइएको छ।
https://www.facebook.com/ganeshpithakotethapa
फोटो तथा भिडियो सम्बन्धित कार्यक्रमबाट लिइएको छ।
{fbt_gallery_post}
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्