०४६ सालको परिवर्तन पछिका घटनाहरु मात्रै सम्झिरहन्छु। हामी स्कुलबाट आउँदा हाम्रो गोठ बनाउन हुट्टा आएका रैछन्। ढक्कि ( पिठो , चामल ...
०४६ सालको परिवर्तन पछिका घटनाहरु मात्रै सम्झिरहन्छु।
हामी स्कुलबाट आउँदा हाम्रो गोठ बनाउन हुट्टा आएका रैछन्। ढक्कि ( पिठो , चामल कुटने सामाग्री भएको ठाउँ ) भएको ठाउँमा बाजेले गोठ बनाउन दिनु भएछ। सारा तिरको हुट्टा आएका रैछन्। सघाउँन ठुलो फुपै पनि आउनु भारैछ। फुपु अहिले जिवितै हुनुहुन्न।
फुपैले सोधे - किन भक्करै आको स्कुलबाट ? मैले भने - ६ र ७ कक्षाको बिधार्थी जिन्दाबाद मुर्दाबाद भन्दै सरहरुसँग ताराखोला तिर गए। हामीलाई बिदाँ भो।
फुपु – राजालाई नि के गर्न सकिन्छ र ? पत्याउँनुभएन। २-४ दिनपछि फुपुको कान्छो छोरा र म पनि जिन्दाबाद मुर्दाबाद नारा लगाउँदै भन्दै साँढि हेल्थपोस्ट सम्म जाने जुलुसमा मिसियौ ।
यसो हुँदाहुँदा माओबादी देशको राजनीतिमा अघि आयो। तर दुःखको कुरा फुपुको कान्छो छोरा बाग्लुङ्गको झिवाखोला आक्रमणमा शहिद भईसेका थिए।
राजा फालिए। फुपुलाई पनि स्कुल माथिको हाम्रो च्याहान डाडामा लगेर छोडियो। त्यसपछि आन्दोलन र जहानिय राजसत्ताको बारे संयौले लेखे बोले भाषण गरेर नेता हुने गुण देखाए। तर म त्यता जाँदिन ।
यो पृष्ठभूमिमा हाम्रो गाउँमा नवदुर्गा युवा क्लब गठन भयो। गाउँका अलिक जानेमानेको मास्टरहरु गाउँका भद्र भलादमी क्लबमा सहभागी भए।
सायद ०४६ साल पछिको राजनीतिक परिवर्तनको चस्काले होला। क्लबले पनि हामीले मान्दै आएको संस्कार र संस्कृतिमा हुनेगरेका भएका खर्चहरु कटौती गर्दै जाने निर्णय गर्यो।
हाम्रोमा माघे संकाराटी र पञ्चमीमा हुनेगरेका पुरानो गाउँमा भेला भएर चेलिबेटीलाई चामल पैसा दक्षिणा दिने र चेलिबेटीले त्यसको सट्टामा माईती मावलीलाई तरुल पिडालु तथा मासु दिने चलन थियो।पुरै गाबिस भरि कै मगर चेली माईती मावली भेला हुँदा ठूलै मेला नै लाग्थ्यो।यसका हर्ताकर्ता भने महिलाहरु हुन्थे।कुनै घरमा महिला नहुँदा पुरुष पनि सहभागी हुन्थे।
क्लबले यस कार्यमा धेरै खर्च भयो भनि निर्णय गर्नाले अब क्लबस्तरबाट यसो नगर्ने भनेर नजिकको चेलीबेटी आ-आफ्नो घरमा बोलाएर खान दिन थालियो। क्लबका जिम्मेवार ब्यक्तिहरु दिन दिनै चोक टोलमा सबैतिर पुगेर यो सुधारिएको अभियानलाई पनि सफल बनाए।
यो सुधार अभियानसँगै मर्दापर्दा सघाउँन उठाउँने दस्तुर पनि घटाउँने बहस चल्यो। एकादुई घरमा अभ्यास भयो। तर यो भने लगभग आजपनि उस्तै छ। बढ्दो महंगीले गर्दा होला समाजको यो अति आवश्यक संस्कारलाई पनि बाँकी राखेको छैन। तर पनि फजुल खर्च र नकारात्मक रुपमा प्रभाव पार्ने चलनलाई ब्यबहारीक रुपमा सुधार गर्ने अभियान भने जहिले पनि जारीराख्नु पर्छ।
अनि ०५२ साल तिर माओवादी आन्दोलनको समयमा भने कुसंस्कार र अन्धबिश्वासमा अडेका सामन्ति ब्यबस्था ध्वस्त पार्ने, पुरानो सामन्ति चलन हटाउने, थानहरु भत्काईदिने, पूजा गर्न भेला भएकाहरुलाई धम्काउने कठोर अभियानहरु नचलाएको भने होइन।
आन्दोलन स्थगित गरेरै दशै तिहारमा आर्थिक सँकलन गर्ने भन्दै देउँसी भैलो खेल्ने, बिदा जाने गरियो।
तरपनि स्थानिय पूजाआजा, पर्वहरु, कुरीति, कुसंस्कार आदि पुरानो कुरा छोड्नुपर्छ भनेर लागियो। यस्तो कुरा कति कति। म पनि सक्रिय सहभागी भए।
आज आएर नयाँ गराउँने नाममा यो फेर्ने, त्यो पनि फेर्ने। यो पनि भत्काउने, त्यो पनि नमान्ने !
कुनै पनि जातिको परम्परा हरायो भने संस्कार हराउँछ। संस्कार हरायो भने संस्कृति हराउँछ। संस्कृति हरायो भने जाति हराउँछ।
हजारौं-सयौ बर्षको इतिहास भएको चालचलन रीतिरिवाज जुनमा मानिसको जीवन बाँच्ने विधिको आधार थियो त्यसलाई सुधारको नाममा एक्कासी भताभुङ्ग बनाएर नयाँ भरलाग्दो बिकल्प दिन नसकेपछि, खालि खालि रित्तो रित्तो बनाएपछि।
ओहो ...! म घर जाँदा एक हुल भाउजुहरु संगित गएर फर्किदै हुनुहुन्थ्यो। धर्मनिरपेक्ष भनिने देशमा आफुलाई मन लागेको धर्ममा आस्था राख्न र स्वतन्त्रतापूर्वक धार्मिक गतिबिधिमा जसरी भएपनि सहभागी हुन पाईएला भनेर होला।
मेरो चिन्ता। बाउँआमा मर्दा आजसम्म गरिदै आएको संस्कार छोड्ने रे। हामीले गर्दै आएको थानि र बाईपूजा पनि नहुने भो। छोरा जन्मिदा गर्दै आएको पुटपुढाई, घरपैचो आदि सबका सब छोड्ने रे ।
मेरा निर्दोष भाउजुहरु र अरुका भाउजुहरु। दोष तपाईंहरुको होइन। तपाँई र हाम्रो भएको दिमाग खालि गर्न त धेरै लागे। तर खालि दिमाग भित्र सही तरिकाले भर्ने काम गर्न भने कोही लागेनन्, कोही आएनन्।
अब त हामीले पुस्तौ पुस्तादेखि सिक्दै र अपनाउँदै आएको जीवन बाँच्ने बिधि र आधार एकैचोटी चटक्क छोड्दा भिरमा झुन्डिएको चिन्डो जस्तै "न उँधो, न उँभो" भएछौं। र त तिनिहरु हामीलाई आफ्नै भाषा, संस्कार, संस्कृति, भूमि केही नभएको हरितन्नम जोगी बनाउँन चाहन्छन्।
जल जमिन र जँगल सँग नाम कटाउँदै छन्। धमाधम गाँउ ठाँउको नाम फेर्दैछन्। खोलानाला, डाँडाकाँडाको नाम फेर्दैछन्। गाँउपालिका, नगरपालिका, जिल्लाको नक्कली बस्तुगत बिबरण र इतिहास लेख्दैछन्।
उनिहरु त निक्कै हतारमा पो छन्।
कसैले धार्मिक बिभाग चलाएकाछन्। कसैले राजनीतिक बिभाग, सामाजिक, साँस्कृतिक, प्रचारप्रसार सबका सब पो चलाएका छन् है।
बिभिन्न नामको राजनीतिक, सामाजिक, साँस्कृतिक जस्ता नाटकहरु खेलाउँछन् देखाउँछन्। र हामीसँग भएका रहलपहल पनि सिध्याउँन अघि पछि लागेका छन्।
आजपनि छिमेकमा कहालिलाग्दो देशनिकाला भैरहेकाछन्। मोदी सरकार कुनै धर्म मान्नेहरुलाई मात्रै नागरिकता दिने नियम पास गर्दैछ।
नोट गर्नुस् ! हामी ताक्ने त सिंहदरबार नै हो। तर हाम्रा आधारहरु बलिया हुनुपर्छ।अब झुक्किनु अल्मलिनु पर्दैन। सोध्ने पुर्खालाई हो। पछयाउँने अग्रजलाई हो।
जय मगरात !!
यम मगर
https://www.facebook.com/yam.magar.1829
सर्वाधिकार लेखकमा सुरक्षित
फोटोः फेसबुक कम्पोजिट छत्र मगर
https://www.facebook.com/yam.magar.1829
सर्वाधिकार लेखकमा सुरक्षित
फोटोः फेसबुक कम्पोजिट छत्र मगर
नोटः लेखकको भावनालाई असर नपुग्ने गरी केही अंश सम्पादन गरिएको छ।
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्