Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल मगर संघको "माघे संक्रान्ति" सम्बन्धी परिपत्र

माघेसकराती साँस्कृतिक महोत्सव – २०७६ १)   मगर समुदायको प्राचिन र ऐतिहासिक साँस्कृतिक सभ्यतासंग जोडिएको मगर माघेसकराती चाड लाई सस्थ...

माघेसकराती साँस्कृतिक महोत्सव – २०७६


१)  मगर समुदायको प्राचिन र ऐतिहासिक साँस्कृतिक सभ्यतासंग जोडिएको मगर माघेसकराती चाड लाई सस्थागत रुपमा नेपाल मगर संघ ले राष्ट्रिय सास्कृतिक पर्वको रुपमा मनाउदै आईरहेको मा यस वर्ष पनि देश विदेशमा हरेक मगरहरुको घर घरमा परम्परागत र मौलिक ढंगले मनाउदै छन् । तर बहुजातिय बहुभाषिक बहुधार्मिक देश नेपालमा राष्ट्रिय साँस्कृतिक चाड माघेसकरातीमा सरकारले सार्वजनिक विदा कटौती गरेकोमा आपत्ति प्रकट गर्दै पुर्नस्थापनाका लागि जोडदार माग गर्दछौ ।

२)  माघेसकराती पर्वको अवसरमा माघ १ गते सस्थागत रुपले चियापन सहित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरि मनाउनका लागि देशविदेशमा क्रियाशिल नेपाल मगर संघ मातहतको सबै तहको समितिहरुलाई अनुरोध सहित परिपत्र परिन्छ ।

३) माघेसकरातीको सुखद अवसरमा देश विदेशमा बसोबास गर्ने सबै नेपालीहरुको सुखशान्ति, स्वास्थ्यदिर्घायु सहित प्रगतिको कामना व्यक्त गर्दछौ । 

४) माघेसकरातीको अवसरमा नेपाल मगर संघ केन्द्रीय समिति सहित काठमाडौं उपत्यकामा क्रियाशिल मगर संघ सस्थाहरुले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनमगर (पासाङ) ज्यूको प्रमुख आतिथ्यतामा मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित निम्न मिति, स्थान र समयमा माघेसकराती सास्कृतिक महोत्सव२०७६आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित सपरिवारलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मितिः  २०७६ माघ १ र २ गते,
स्थानः  टुडिखेल, काठमाडौं
समयः  बिहान ९ बजे देखि साँझ ८ बजे सम्म ।



ज्ञानेन्द्र पुन मगर
नेपाल मगर संघ, काठमाण्डौं

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी