Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

आदिवासी जनजाति महासंघ जापान तोकाई क्षेत्रीय समिति नागोयाको दोश्रो अधिवेशन यही फेब्रुवरी २३ तारिक आइतबार हुने

नेपाल आदिवासी जनजाति महासंघ जापान , तोकाई क्षेत्रीय समिति नागोयाले यहि फेब्रुवरी २३ तारिखमा आयोजना गर्न लागेको दोस्रो अधिवेशनको सम्पूर्ण तय...


नेपाल आदिवासी जनजाति महासंघ जापान, तोकाई क्षेत्रीय समिति नागोयाले यहि फेब्रुवरी २३ तारिखमा आयोजना गर्न लागेको दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संयोजक कौडा बुढा मगरले जानकारी दिए ।

संस्थाको आगामी नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट चयन गर्ने साथै सबै एकल जातिय संघसंस्थाहरु र साधारण सदस्यहरुको प्रत्यक्ष सहभागितामा नेतृत्व चयन गर्ने सचिव संजय तामाङ मेन्दोलाले बताए ।

उक्त अधिवेशन कार्यक्रममा तोकाई क्षेत्र नागोयामा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायहरु सहभागि भई अधिवेशन सफल रुपमा सम्पन्न गर्न सहयोग गरिदिनुहुन उपसंयोजक सबिन राईले अनुरोध गरे ।

जापान तोकाई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण आदिवासी जनजाति समुदाय एवं शुभ चिन्तकहरुलाई तल उल्लेखित मिति, स्थान र समयमा सहभागी भई कार्यक्रम भव्यरुपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध गरिएको छ।

मितिः

फेब्रुवरी २३ तारिक आईतबार, २०२०

समयः

दिउँसो १२ बजेबाट शुरु हुने

कार्यक्रम हलः

Restaurant Neparuya, Tel. 052-252-8876

ठेगानाः

Nagoyashi Nakaku Sakae 4-4-9
Nishishin Building 2F

सवबे एक्सेसः

Sakae Eki Subway Gate 12 & 13
Higashiyama Line, Meijo Line

बस र कारः

सिटी, मेटेच्चु बससेवा साकाये बस स्टप ।
प्राइवेट कार पार्किंगको लागि आफैले नजिकको कोइन पार्कींगमा जानुहोला।

सम्पर्क ब्यक्तिहरुः

केबी मगर – 080-4963-2080
संजय तामांग – 090-1410-1463
सबीन राई – 080-6483-9005

एक्सेस म्यापः

सवबे गेट 12 बाट कसरी हिडेर पुग्ने?

सवबे गेट १२ अघिको सिंगो बत्ती हुँदै ५० मिटर अघिको 7 Eleven  पुग्ने। त्यहाँबाट दायाँ २० मिटरको दुरीमा अवस्थित साईजेरीया रेस्टुरेन्टको बायाँ साँगुरो गल्ली हुँदै ५० मिटर अघि हिड्दा नेपारुया रेस्टुरेन्ट पुग्नुहुनेछ।

केबी मगर
https://www.facebook.com/kauda.bm
फोटो स्रोत उल्लेखित कार्यक्रमसंग सम्बन्धित

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी