Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

आदिवासी जनजाति महासंघ जापानद्धारा प्रथम शहीद लखन थापामगरको १४३औं स्मृति दिवस सम्पन्न

प्रथम शहीद लखन थापा मगरको १४३ औं स्मृति दिवस कार्यक्रम सदाझै यो बर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जापानले सोलमारि हल , टोकियोमा  ...



प्रथम शहीद लखन थापा मगरको १४३ औं स्मृति दिवस कार्यक्रम सदाझै यो बर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जापानले सोलमारि हल, टोकियोमा  एक कार्यक्रम गरि सम्पन्न गरेकोछ। उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद।

नेपालको राजनैतिक इतिहासमा पहिलो जन विद्रोहका नायक, तानाशाही  शासकहरुका विरुद्ध  लडदा लडदै   बि.सं.१९३३  फाल्गुण २ गते, आजकै दिन  वीरगति प्राप्त गर्नुभएका  लखन थापा मगर लगायत  जनताका मुक्तिको खातिर इतिहासका विभिन्न कालखण्डमा शहीद हुनु भएका ज्ञात अज्ञात अमर शहीदहरु प्रति भावपूर्ण हार्दिक श्रध्दाञ्जली सहित नमन।

जनजाति मध्येका पुराना एक शक्तिपीठको रुपमा रहेका मगर भएकै कारणले दबाएर राख्न पुरानो शासक र बुद्धिजीवी भनाउँदाहरुबाट ओझेलमा पारिएका तर ढिलो गरी जनताको मागबाट पुनः राष्ट्रले पहिचान गर्न पुगेका नेपाल कै पहिलो शहीद क्या. लखन थापामगर लाई देशको सबै क्षेत्रबाट सम्मान गर्नु सबैको हितमा छ।

सुमन लेछर्वो लिम्बु
https://www.facebook.com/profile.php?id=100014886075471
फोटो उल्लेखित कार्यक्रमसंग सम्बन्धित छ।

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी