जापान सरकार स्वास्थ्य , श्रम तथा समाज कल्याण मन्त्रालयले जापानमा फैलिरहेको कोरोनाभाइरस संक्रामण रोकथाम ( COVID-19 Infection Prevention...
जापान सरकार स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयले जापानमा फैलिरहेको कोरोनाभाइरस संक्रामण रोकथाम (COVID-19 Infection Prevention Measures) गर्न विभिन्न कदमहरु चालेको छ। सरकारी तथा सम्बन्धित मेडियाहरुले यस बारे टेलिभिजन, पत्रपत्रिका, होमपेज आदिमा प्रचार प्रसार गरिसकेको छ।
Ø सबै बिधालय, क्याम्पस तथा बालबालिकाको डेकेयर सेन्टर बिदा
Ø ठूला तथा साना सबै खाले भेलालाई रोकथाम
Ø संभावित बिरामीको जाँच सेवालाई द्रुत गति दिइने
Ø सरकारी तथा प्राईबेट अस्पतालको सबैको सहयोगबाट उपचार केन्द्रहरु संचालन गर्ने
Ø संक्रामण भएको देशहरुबाट आउँने बिदेशीहरुलाई प्रवेशमा कडाई
Ø बिदेशबाट भित्रिने मांसहारी खानेकुरामा कडा रेखदेख
Ø सबैलाई ब्यक्तिगत सरसाफई अपनाउँदै खोकीको शिष्टाचार नियम पालना गर्न अनुरोध
Ø रोकथामको लागि प्रयोग हुने मास्क, उइल्स एन्टीसेप्टीक औषधीहरु उत्पादनमा जोड आदि।
यस्तो अपत्तीको घडीमा आवश्यक पर्ने मास्क र एन्टिसेप्टीक क्लिनिंग एजेन्टहरु बजारमा पाउन नसक्नुले धेरैलाई असर पारिरहेको छ। कसैले यो मौकालाई फाइदा लिनेगरी बढी मूल्यमा बेच्ने कार्य गरेमा कार्वाही गर्ने सूचना पनि जारी गरिएको छ। मास्क, एन्टिसेप्टिक एजेन्ट, ट्वाइलेट पेपर आदि देशमै आवश्यक संख्यामा उत्पादन तुरुन्त थालिने कुरा पनि बताइएको छ।
यो कोरोना भाइस पहिलाको भन्दा केही भिन्दै लक्षण भएको COVID-19 भएको हुनाले रेडिमेड औषधी सबै ठाउँमा उपलब्ध छैन। केही देश र बिश्व स्वास्थ्य संगठनले यसको उपचारमा आवश्यक औषधीको बिकास गरेर उत्पादन गरिरहेको छ। COVID-19 जाँच गर्ने पुरानो बिधि अनुसार तीन घण्टा भन्दा बढी समय लाग्ने गरेको हुनाले संक्रामणकालिन अवस्थामा धेरै संख्या आउँने बिरामीहरुलाई तुरुन्त उपचार सेवा दिन ढिलाई भई बिरामीको मृत्यु संख्या तथा संक्रामण बढ्ने क्रम जारी छ। भर्खरै जापान भित्रै उपचारसेवामा संलग्न बिज्ञहरुले बिकास गरेको उपचारबिधि अनुसार ३० मिनेट भित्रमा COVID-19 को बिरामी जाँच गर्न सकिने गरी सेवालाई द्रुत गति दिन कदम चालिने समाचारमा उल्लेख गरिको छ।

कोरोना भाईरसको संक्रामण वातावरण, सम्पर्क, स्वासप्रश्वास, सेवन जस्ता माध्यमबाट हुने भएकोले ब्यक्तिगत तहबाटै यस बारे सचेत रहेर प्रभावकारी ढंगले यसको रोकथामको उपाय अपाउँन सके संक्रामणबाट बच्च सकिने संभावना रहन्छ। खास गरी दिर्घरोगी र उमेरपुगेका ब्यक्तिहरु यसको संक्रामणबाट मृत्यु हुने गरेका छन्। त्यसै गरी लामो समय संक्रामणको शिकार भएर तुरुन्त उपचार लिन नसकेका बयस्क ब्यक्तिहरु पनि यसबाट मृत्यु भएका छन्।
यसको साथै हाल जापानमा बसोबास गरी रहेका बिदेशीहरुको भिसा अवधि सकिएर पुन म्याद बढाउँन निवेदन दिनुपर्ने वा नवीकरण गर्नुपर्ने भए एक महिना पछि सम्मको लागि म्याद थप गरिएको सूचना स्यूचून्यूउकोकु जाइरियू कानरीच्यो 出入国(しゅつにゅうこく)在留(ざいりゅう)管理庁(かんりちょう) ले जारी गरेको छ। तर छोटो अवधिका लागि जापानमा रहने अनुमति पाएका र देश फर्कने जुम्भिभिसाको लागि भने यो नियम लागू हुने छैन।
※ जापान सरकारले जारी गरेको कोरोना भाइस रोकथाम बारे बिस्तृत जानकारी लिन यहाँ जानुहोसः COVID-19 Infection Prevention Measurement
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्