बिषय :- प्रेस बिज्ञप्ती आज मिति १ मार्च , २०२० आइतवारका दिन नेफिन जापान कार्यसमितिको आकस्मिक अनलाइन मिटिङ सम्पन्न भयो। मिटिङ...
बिषय :- प्रेस बिज्ञप्ती
आज मिति १ मार्च, २०२० आइतवारका दिन नेफिन जापान कार्यसमितिको आकस्मिक अनलाइन मिटिङ सम्पन्न भयो।
मिटिङले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को कारण जापान राष्ट्र पनि संकटग्रस्त रहेको र जापान सरकार, नेपाली एम्बेसि जापानले अहिलेको अवस्थामा सानो वा ठुलो भेला, सेमिनार आदि कार्यहरु नगर्न - नगराउन सूचना जारी गरेको कारण, साथै नेफिन जापान पनि एउटा जिम्मेवार महासंघ भएकोले, यि सूचना तथा निर्देशनहरुलाइ मध्येनजर गर्दै आगामी २२ मार्च, २०२० मा गर्ने भनिएको नेफिन जापानको १७ औं महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ।
अब अर्को महिना अप्रीलको पहिलो हप्तामा (मिति, स्थान पछि तोकिने) संघीय परिषद र सल्लाहकार सहितको बैठक बसेर नेफिन जापानको १७औं महाधिवेशनको लागि मिति समय र स्थान तोकिने कुरा सम्बन्धित सबैमा जानकारी गराउँदछु।
कोरोना भाईरसको संक्रमण बाट बच्न र अरुलाई पनि बचाउन संयमित हुदै सम्बन्धित निकायको सूचना तथा निर्देशनहरुको पालना गर्दै सचेत रहन सबैमा सादर अनुरोध गराउदछौ। धन्यवाद ।
मिति: १ मार्च, २०२०
टोक्यो, जापान
टेक बहादुर लेछर्बो लिम्बु (सुमन )
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जापान
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्