Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

परम्परागत अचार उत्पादन गर्ने “नेपाली मन उधोग” की प्रमुख एवं उधमी बसुमायाँ तामाङलाई सम्मान-पत्र

नेपालमा परम्परागत तरिकाले बनाइने घरेलु अचारलाई ब्यवसायिक रुपमा ऊधोग थालनी गरी सफलता प्राप्त गर्नु हुने उधोमी महिला बसुमायाँ तामाङलाई   नेपा...


नेपालमा परम्परागत तरिकाले बनाइने घरेलु अचारलाई ब्यवसायिक रुपमा ऊधोग थालनी गरी सफलता प्राप्त गर्नु हुने उधोमी महिला बसुमायाँ तामाङलाई  नेपाल तामाङ समाज जापान, नागोया क्षेत्र र नेपाल आदिवासी जनजाति महासंघ (नेफीन) जापान, नागोयाद्धारा 2020 मार्च 15 आईतबार नागोयामा आयोजित एक संयुक्त भेटघाट कार्यक्रमको अवसरमा सम्मान-पत्र प्रदान गरेको छ।  प्रवासमा रहेर पनि नेपाल र नेपाली आदिवासी समुदायहरु बिच सूचना र चेतना प्रवाह गर्न सक्रिय यि सामाजिक संस्थाहरुबाट उदाहरणीय ब्यवासायिक नेतृत्व गर्नुहुने बसुमायाँलाई जापान भ्रमणको क्रममा सम्मान गरेको कुरा फेसबुक पोस्टमा जानकारी गराइएको छ। उनको उधोगले धेरैलाई रोजगार प्रदान गर्दै गुणस्तरीय आचार उत्पादन गरेर अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्न सफल “नेपाली मनको उधोग” बाट उत्पादन हुने विभिन्न अचारले नेपाल भित्र मात्र नभइ बिदेशमा पनि बजार पाएको छ।
 
वहाँको काम र उधोग बारे बिस्तृत  जानकारी लिन “फरकपत्र” को अनलाइन र बिबिसी हिन्दीले प्रकाशन गरेको भिडियो डकुमेन्टरी हेर्नुहोला।


कसरी लागिन अचार उद्योग सञ्चालनमा बसुमायाँ
आफ्नो शैक्षिक योग्यता भएर पनि धेरै दुःख हण्डर खाएर रोजगारी नपाएपछि अब आफैंले रोजगारी दिन्छु भनेर यस क्षेत्रमा लागेको बताइन । यस क्षेत्रमा लाग्नुभन्दा अगाडी उनले एउटा ज्यामीले गर्ने काम बालुवा चाल्ने, चर्खा काट्ने, इट्टा बोक्नेजस्ता काम समेत गरीन । त्यसपछि सडकमा मःम, ससेज र चाउमिन लगायतका खानेकुरा बेच्न थालिन । उनले ग्राहकलाई खाजासँगै टिमुरको अचार दिने गर्थिन । जसमा खाजा÷खानाको कम्पीटिसनमा अचारको ठूलो भूमिका हुने भएकाले टिमुरको क्वालिटिको अचार बनाउन आफ्नै घरबाट अचार बनाउन सुरु गरीन ।
बसुमायाँ तामाङले नेपाली मन उद्योग स्थापना गरेको १० वर्ष पुग्दैछ । नेपाली मन उद्योगमा करिव ३–४ वर्षसम्म एउटा टिमुरको अचारमा मात्र सिमित रह्यो । अहिले ६ किसिमका भेराइटीहरु छन् तिनीहरु सबैमा टिमुर मिसावट नै हुन् । टिमुर छोप, टिमुर चिकेन, बफ, फिस, अकबरे खुसार्नी डल्ले र लेदो गरी ६ प्रकारका अचार बनाइरहेकी छिन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त अचार उद्योग
आइएसओ लोगोको लागि युकेमा ल्याव टेष्ट गर्दा फुड हाइजेनिकमा हुनुपर्ने सबै सामाग्री उत्कृष्ट भएपछि ISO मान्यता प्राप्त लोगो पाएँ । यो २ वर्षमा नेपाल सरकार खाद्य तथा गुण नियन्त्रण विभागबाट फुड हाइजेनिकमा पहिलो र तेस्रो पुरस्कार प्राप्त गरेका छौं । भर्खरैमात्र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूत्ति मन्त्रालयबाट सफल महिला उद्यमीका रूपमा नगद पुरस्कार पाएको छु । अन्य विभिन्न संघ/संस्थाहरुले पनि विभिन्न समयमा नेपाली मन उद्योगलाई पुरस्कारहरु दिँदै आइरहेका छन् । नागरिक समाज, वित्तिय संस्थाहरु लगायतबाट पुरस्कार दिएका छन् ।

रोजगारीका लागि नेपाल मन उद्योग
कठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ९ मा रहेको नेपाली मन उद्योगमा करिव ४५ जनाले रोजगारी पाएका छन् । ३८ जना महिला दिदिबहिनीहरु र ६–७ जना दाजुभाइले काम पाएका छन् । नेपाली मन उद्योगबाट उत्पादित भएका अचारहरुमा प्रिजरभेटिभहरु केही हुँदैन । आर्टिफिसियलहरु केही पनि हालेको हुँदैन । शुद्ध हातबाट उत्पादन हुन्छ । मेसिनको प्रयोग हुँदैन । त्यसकारण हाम्रो टेष्ट नै फरक भएको हुँदा हाम्रो अचारले मान्छेलाई खाना रुचाउने, पचाउने र मोहित बनाउने काम गर्छ । एकपटक खाएपछि सँधै खान मन लाग्ने बनाउँछ । अरुले उत्पादन गरेका अचार खाँदा ग्याष्टीक बनाउँछ तर मन उद्योगबाट उत्पादन भएका अचारले पेट सफा गर्नुका साथै खाना पचाउँछ । जुनसुकै रोग भएकाले पनि हाम्रो अचार प्रयोग गर्न सक्छन् । टिमुर र लसुनले खाना पचाउँछ । एक दिन खाएपछि सँधै खान मन लाग्ने बनाउँछ । यसको बास्नामा नै शक्ति छ । टेष्टकै कारणले पनि रुचाउँछ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली मन उद्योगको टिमुरको अचार
अमेरिका, अष्ट्रेलिया, युके, जापान, मलेसिया, सिंगापुर, हङकङ, बेल्जियम, जर्मन, चाइना र गल्फ देशहरुमा गइरहेका छन् । नेपालको सेल्सबेरी डिपार्टमेन्ट स्टोरहरुमा पाइन्छ । डिबि मार्ट लगायतकाहरुमा पाइन्छ ।

व्यापारिक मेलाहरुमा टिमुरको अचार
नेपालका अधिराज्यभरका व्यापार मेलाहरुमा गएको छु । विदेशमा पनि रसिया, स्पेन, युरोपियन देशहरु लगायत एसियन देशहरुमा गएर भाग लिएको छु । नेपालको उत्कृष्ट अचार उद्योगीको रूपमा निम्ता पाएर गएको हो । विदेशको मेलाको व्यवस्थापन यहाँको भन्दा धेरै राम्रो हुन्छ । मैले यस क्षेत्रमा निरन्तर लागिरहे, यसै क्षेत्रमा धेरै सङ्घर्ष गरें । करिव १ करोड जनताको मुखमा नेपाली मन उद्योगको अचार पार्न सफल भएको छु । देश–विदेशबाट सबैठाउँबाट हाम्रो अचार लिन मान्छेहरु आइराखेका हुन्छन् ।

राजश्व तिर्नेमा अग्र स्थानमा नेपाली मन उद्योग
वर्षमा २९ हजार कर र स्टाफको सामाजिक सुरक्षा करसमेत तिर्दा ५४ हजार कर तिरेको छु । सामाजिक सुरक्षा योजना लागु गर्ने तयारीमा नेपाली मन उद्योग रहेको छ । तर सरकारले सफल महिला उद्यमीहरुका लागि ट्याक्समा ५० प्रतिशत छुट, बीना धितो बैंकिङ लोन सहजरुपमा पाउनुपर्ने, ब्याजदर कम हुनुपर्ने । सरकारले दिने गरेको पुरस्कार साह्ै नै न्यून भएकाले त्यसलाई बढाउनु पर्ने देखिन्छ । सरकारले सफल महिला उद्यमीलाई २–५ हजार होइन कम्तीमा ३–४ लाखको पुरस्कार होस् ।

उद्योग गर्न चाहनेलाई बसुमायाँको केही महत्वपूर्ण सुत्र
तपाईमा यदि चाहना भयो भने थोरै लगानी गरेर पनि व्यवसाय सुरु गर्न सकिन्छ । व्यवसाय गर्न लगानी मात्र होइन, सकारात्मक सोच र निरन्तर प्रयास चाहिने रहेछ । व्यापारमा सिक्ने चाहना निकै ठूलो गुण रहेछ । सामानमा गुणस्तरीयता भयो भने व्यापार गर्न सजिलो हुने रहेछ । हरेक व्यक्ति सफलताको लागि उत्तिकै योग्य हुने रहेछ । नेपाली उत्पादन प्रयोग गरौं, विदेशी मिसावट र विषयुक्त खद्यान्न बन्द गर्न आवश्यक छ । नेपाली महिलाहरुले उत्पादन गरेका उत्पादनहरु सरकारले प्रचार गरेर बजारको व्यवस्था गरिदिन सकेमा नेपाली महिलाहरु आफ्नो खुट्टामा उभिन सक्षम हुनेछन् ।


नेफिन जापान
प्रेषित भिडियो, फोटो र समाचार उल्लेखित स्रोतहरुसंग सम्बन्धित

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी