Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

कोरोनाले सिकाएको पाठ एक ब्यक्तिबाट अर्को ब्यक्तिमा र एक देशबाट अर्को देश एवं शहरहरुमा

कोरोना माहामारी पढ्दा सुन्दा निकै भयावह लाग्ने। अझ इन्फरमेसन टेक्नोलोजीले संसारको छेउकुना सम्म छुन सकेको यो कालमा एउटाले गरेको सानोतिन...



कोरोना माहामारी पढ्दा सुन्दा निकै भयावह लाग्ने। अझ इन्फरमेसन टेक्नोलोजीले संसारको छेउकुना सम्म छुन सकेको यो कालमा एउटाले गरेको सानोतिनो कुरा धेरैले तुरुन्त थाहा पाउँन सक्ने भएका छन्। जे कुरामा अति भयो खति हुन्छ भने झै कोरानाको माहामारी खबरलाई अतिरञ्जित पारी आ-आफ्नो फाइदा वा दुश्मनीको हिसाबले वास्तविक तथ्यसंग फरक ढंगका समाचार जानकारी संप्रेषण गर्नेहरुको लर्को पनि देख्न पाइन्छ। दिर्घरुपमा  पोजिटिभ कुराले मान्छेलाई फाइदा पार्ने भएता पनि नेगेटीभ कुराले भने क्षणिक उत्तेजनात्मक उर्जा एवं आवेश पैदा गर्ने भएका हुनाले यसको फैलावाटले द्रुत गति पाउँने गरेको छ। यो कुरामा आजभोलिको सोसियल मेडिया लगायत मोबाइल फोनको प्रयोगले निकै ठूलो भूमिका खेलेको छ।


यो सिजनल भाइरल फ्लुको कडा रुप हो। चिनियाँ बिज्ञ अनुसार Pangolins भन्ने जंगली जनावरमा यो कोरोना भाईरस प्राकृतिक रुपमा रहने गरेको रहस्य खुलेको छ।चीनमा यो जनावरको मासु औषधीको रुपमा प्रयोग हुने भएकाले होला संक्रामणको एपिसेन्टर बन्न पुग्यो।


दादुरा, मलेरीया जस्ता महामारीले मान्छेलाई पहिले समय समयमा सताउँदै आएको तथ्यलाई हिसाब गर्दै बिल गेट्स् लगायत केही दुरदर्शी वक्ताहरुले यस्तो अदृश्य किटाणु जन्य महामारी रोगले मान्छेलाई बिश्वब्यापी रुपमा सताउँने कुरा सचेत गराउँदै आएका छन्। तसर्थ युद्ध र हतियारका लागि देशले ठूलो धनराशी लगानी गर्नु भन्दा खोजमूलक औषधी बिज्ञानलाई जोडदिनु पर्ने कुरा उल्लेख गरेका छन्।


For more information on COVID-19, visit WHO official site

यहाँ भने कोरोना बारे फ्याक्ट एण्ड फिगर बिचको तथ्यगत कुरा गरिने छ।

कोरोनाभाइरस लाग्नु भन्दा अघि बच्ने रोकथामका उपायहरुः
l  साबुन पानीले हात धुने, नुहाउँने, लुगा धुने र घाममा सुकाउँने,
l  तत्काल हात धुन नसकेको खण्डमा सेनिटाइजर ट्युसु वा सेनिटाइजरले हात राम्रोसंग पुछ्ने,
l  भिडभाडमा नजाने र आवश्यक काम बाहेक बाहिर नजाने,
l  बाहिर जानुपर्ने भएमा मास्क लगाएर मात्र बाहिर निस्कने,
l  बाहिरबाट आएपछि औषधी पानीले मुख कुल्ला गर्ने,
l  फाइदाजनक तातो सुप वा चिया वा कफी बारम्बार लिने,
l  शरिर भित्रको रोग निरोधक शक्तिलाई बलियो बनाइ राख्न भिटामिनयुक्त असल खानेकुरा खाने,
l  दही, किनामा जस्ता फाइदाजनक किटाणुले पनि कोरोनाको किटाणुसंग लड्ने शक्ति दिनेछ,
l  शरिरलाई सधै तन्दुरुस्ती राख्न आवश्यक ब्ययाम गर्ने,
l  सोसियल डिस्टेन्स दुई मिटर जति दुरी कायम गरी अरुबाट सर्न रोकथाम गर्ने,

नोटः पेय पदार्थले मुख वा खानेनलीमा जम्मा भएका किटाणु पखालेर पेटमा पुर्याउँछ र त्यहाँको पाँचन रसमा किटाणु मर्नेछ। फोक्सोमा आक्रमण गर्न पुगेमा कोरोनाको लक्षण देखापर्न थाल्ने भएकोले जति सक्दो चाडो शरिर भित्र पस्न नदिने र पसेको किटाणुलाई फोक्सोमा जानु अघि पखालेर पेटमा पुर्याउँने,

कोरोना भाइरस लागेका रोगीको लक्षणहरुः
l  रुघाखोकी लागे जस्तो हुनेछ,
l  ज्वरो बढेर लगातार आउँने छ,
l  श्वासप्रश्वासमा कठिनाई (निमोनिया र दमको रोगीको जस्तो लक्षणहरु देखापर्नेछ),
l  सुग्घन सक्ने क्षमतामा ह्रास आउँनेछ,
l  खानेकुराको स्वाद थाहा हुदैन,
l  रोगले च्याप्न थालेपछि शरिरमा शिथिलता आउँने,


आफैले घरमा गर्न सकिने उपचारः
l  बारम्बार तातो जुस पिउँने जसले गर्दा कोरोनाभाइरसले उत्पादन गरेको म्यूउकसबाट श्वासप्रश्वास नली बन्द हुन नपाओस,
l  दमको रोगीले प्रयोग गर्ने इन्हलर लिएर पनि निमोनिया हुनाबाट तत्काल राहत मिल्न सक्नेछ,
l  भिटामिन सि, ए, डि जस्त रोग निरोधक शक्ति प्रदायक खानेकुराहरु झोलको रुप लिने,
l  रोगीसंग सम्पर्कमा रहने ब्यक्तिले रोकथामको सबै उपायहरु अपनाउँने,
l  तुरुन्त सम्बन्धित निकायको सम्पर्कमा रहेर कोरोनाभाइरसको बिशेष उपचार सेवा लिने,

कोरोनाभाइरसबाट ज्यान जाने पिडितहरुः
बिश्व स्वास्थ संगठनले जारी गरेको सूचना अनुसार कोरोनाभाइरस सबै उमेर समूहका मानिसहरु बिच बरोबर सर्ने गर्छ। तर साना बालबालिका लगायत यूवायूवतीमा रोग निरोधात्मक शक्ति प्रचुर मात्रमा हुने भएकोले यस उमेरका मानिसहरुले बेलैमा सामान्य उपचार पाएरमा निको हुने संभावना बढी देखिन्छ। यसको ठिक उल्टो उमेर ढल्किसकेका बुढाबुढी र दिर्घ रोगीहरुलाई यो भाइरसले असर पुग्याएमा निकै जटिल परिस्थिति ल्याउँने गरेको तथ्य देखापरेको छ। यूरोपियन देशहरुले कोरोनाभाइरसको रोकथाममा शुरुकालिन अवस्थामा खुकुलो रणनीति लिन पुग्दा यूवायूवतीले भेटघाट र हिडडुल गर्दा शरिरमा बोकेर आएको कोरोनाभाइरस घरमा रहेका बुढाबुढीलाई सर्न पुग्दा धेरैको ज्यान गएको समाचारले बिश्वलाई निकै आतंकित बनाएको छ। यस रोगको लक्षण कम देखापर्ने यूवायूवती नै कोरोनाभाइरस लैजाने-ल्याउँने माध्यम बन्न पुग्दा केही देशहरुमा निकै खैलाबैला मच्चिएको कुरा समाचार माध्यममा आइसकेको छ। बिश्व स्वास्थ संगठनको सूचना अनुसार ज्यान गुमाउँने कोरोनाभाइरसका पिडितहरु मध्येमा ९०% जति उमेर पुगेका बुढाबुढीहरु एवं दिर्घ रोगीहरु रहेका छन्।

कोरोनाभाइरस बढी सर्ने ठाउँ र समयः
कोरोनाभाईरसको उदगम स्थल मानिने चीनको उहान शहर पछि स्वतन्त्रताको नाममा रोगब्याधी रोकथाम एवं इमरजेन्सी जस्ता अति आवश्यक सामाजिक नियम पालना गर्नबाट टाढा रहने समाजमा कोरोनाभाइरसले निकै ठूलो असर पारेको छ। यसका उदाहरणमा यूरोप र अमेरिकन केही देशहरु परेका छन्। खास गरी इटलीमा कोरोनाभाईरसले निकै क्षति पुर्याउँनुमा त्यहाँको चालचलनले ठूलो भूमिका खेलेको देखिन्छ। स्थानीय स्वास्थ्य बिभाग र बिश्व स्वास्थ संगठनले गरेको रोकथामको उपायहरु वेवास्ता गरी खुलेआम सधै झै हिडडुल, किस, अंगालो मार्ने आदि क्रियाकलाप गर्नाले माहामारी फैलन पुगेको भनाई छ। कोरियामा इसाई धार्मिक समूह Shincheonji Church ले अन्धविश्वासपूर्ण ढंगेल गरेको कृयाकलापले कोरोनाभाइस रोगी बढेको आरोप छ। जापानमा कोरोना भाईरस माहामारी फैलनुमा प्रिन्सेज डाइमण्ड क्रुजका बिरामी र चीनबाट पलायन ब्यक्तिहरु मुख्य स्रोत रहेको बुझिन्छ।

स्पेनिस जनताले चीनबाट सिकेको अनुभवः
अग्रेजी भाषामा अडियो मेसेज


हिन्दि भाषामा अडियो मेसेज

WHO Information on COVID-19


छत्र मगर
Chhatramagar.com
फोटो, भिडियो, अडियो सबै उल्लेखित स्रोतहरुसंग सम्बन्धित छन्


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी