Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

कोभिड-19 संकटकालिन अवस्थामा के गर्ने र के नगर्ने?

बिश्वब्यापी रुपमा कोरोनाभाइरस (कोभिड-19) संक्रामणको कारण धेरैको ज्यान गइसकेको यो माहामारी अवस्थामा जापान सरकारले पनि यसबाट प्रभावित केही म...


बिश्वब्यापी रुपमा कोरोनाभाइरस (कोभिड-19) संक्रामणको कारण धेरैको ज्यान गइसकेको यो माहामारी अवस्थामा जापान सरकारले पनि यसबाट प्रभावित केही मुलुकहरु झै संक्रामण स्थिति बढ्दै गइरहेको प्रिफेक्चरहरु लगायतका सीटीहरुमा “ईस्टेट अफ इमरजेन्सी डिक्ल्यरेसन「新型コロナウイルス感染予防の為に緊急事態宣言」” घोषणा गरेको छ। पहिलो चरणमा टोक्यो, साइतामा, कानागावा, चिवा, होग्यो, ओसाका, फुकुओकामा लागू गरिएकोमा, कोरोनाबाट संक्रामिक बिरामीहरु बढ्न थाले पछि आइची र क्योउटो प्रिफेक्चरहरुमा यो नियम थप लागू गरिएको छ।



जापान सरकारले लागू गरेको यो “लकडाउन” अन्य देशमा झै कडा भने छैन। खास गरी भारत र नेपालका अधिकारीहरुले कोरोना रोग रोकथामको निहुँमा जनतामाथि “करफू” नै लागू गरेको जस्तो समाचार आउँने गरेको छ। जापानमा भने कोरोना रोग संक्रामण हुनबाट बच्ने “नैतिक एवं ब्याबहारिक नियम” सरह हुने कुरा सुसूचित गरेका छन्। कसैले नियम उलंङ्गघन गरेर विराए पनि शुरु मै कानूनत कडा सजाय नदिइने भन्ने कुरा उल्लेख गरिएको छ।

कोभिड-19 को यो भयावह स्थितिले धेरै देशहरुमा साना देखि ठुल्ठूला बिजनेसहरु सुस्त भइरहेका वा बन्दै गर्नुपरेको छ। दैनिक ज्यालादारी काम गरेर पेटपूजा गर्नु पर्ने कामदारहरु काम गर्नबाट लामो समय बञ्चित हुनुपर्दा धेरैलाई हातमुख जोर्न धौंधौं पर्न थालेको छ। यो बिषम परिस्थिलाई सहज गर्न केही देशका सरकारले प्रभावित साना बिजनेस र कामदारहरुको आय घटेको पाइएमा केही निश्चित अनुपातमा आर्थिक सहयोग गरिने निर्णय सहित राहतको समाचारमा आएको छ।

जापान सरकारले जापानमा बसोबास गर्ने बिदेशीहरुलाई यस बारे जानकारी दिन बिश्वका प्रमुख भाषाहरुमा होमपेज प्रकाशनमा ल्याएको छ। धेरै जनालाई असर पार्ने कोरोनाभाइरस संक्रामण क्लस्टर नबनोस् भनेर संकटकाल घोषणा गर्ने क्रममा मुख्य तीन कुराहरुलाई जोड दिइएको छ।
1.       【密閉:みっぺい】密閉空間であり換気が悪い。
कोठालाई श्वासप्रश्वास सहज हुनेगरी भेन्टीलेसन वा झ्यालढोका खुल्ला गर्ने
2.      密集:みっしゅう】手を届く距離に多くの人がいる。
एक अर्काबाट सुरक्षित दुरी राखेर बस्ने वा बोल्ने
3.      密接:みっせつ】近距離での会話や発声がある。
पारिवारीक भेटघाट, मिटींग, कार्यक्रम, सभासम्मेलन नगर्ने

चित्रमा देखाए जस्तै यि तीन अवस्था एक अर्कामा खप्टिने ठाउँ परिस्थितिमा भने झन कोरोनाभाइरस संक्रामणयुक्त क्लस्टर उत्पन्न हुनसक्ने खतरा तीन गुणा बढ्ने भएकोले सधै यो बारे सचेत हौं।  यूवायूवतीलाई यो भाइरसले खासै असर पार्दैन भन्ने धारणा पनि गलत हो। त्यस्तै कोरोनाभाइरसको लक्षण नदेखिने ब्यक्तिहरुले नै धेरैजसो ठाउँमा भाईरस पुग्याउँने काम गर्ने भएकोले अनावश्यक ठाउँ जाने काम बन्द गरौं। जानै पर्ने काम भएतापनि सावधानीपूर्वक सोसियल डिस्टेन्समा रहौं। मास्कको प्रयोग गरौं। कोरोनाभाइरसबाट आफु बचेर अरुलाई पनि सर्नबाट बचाऔं।

यो संकटकालिन परिस्थितिमा के गर्ने र के नगर्ने बारे संक्षिप्त बुँदागत जानकारी यहाँ राखिएको छ।

नगर्नेः
l  अति आवश्यक काम बाहेक घरबाट बाहिर नजाने
l  नआत्तिकन घरमा शान्तिसंग बस्ने
l  किनमेलको लागि दौडधुप नगर्नुस्
l  धुम्रपान र मध्यपान नगर्नुस
l  बाहिर गएर रेस्टुरेनटमा खान बन्दगर्नुस्
l  भेटघाट, पार्टी, कार्यक्रममा नजानुस
l  लामो दुरीको यात्रा नगर्नुस्
l  छोटोदुरी जान परे भिडभाड हुने बस रेलको प्रयोग नगर्नुस्
l  अनाश्यक रुपमा खानेकुरा नखानुस्

गर्नेः
l  फोन वा नेटमार्फत जानकारी लिनेदिने गर्नुस
l  बाहिर जाँदा र बोल्दा मास्क लगाउँने
l  दैनिक ब्यक्तिगत सरसफाईमा जोड दिएर कपडा धुन सुकाउँने
l  प्रयोग गर्न अघि साबुन पानीले हात धुने
l  सेनिटाइजर प्रयोग गरेर हात सफा गर्ने
l  एक भन्दा बढी ब्यक्ति रहने कोठामा हावा स्वच्छ राख्न झ्याल भेन्टिलेसन खुल्ला राख्ने
l  बाहिर जाँदा एक ब्यक्तिबाट अर्को ब्यक्ति बिच कम्तिमा 2 मिटर सम्म दुरी राख्ने
l  किनमेल गर्दा नहतारीकन बिस्तारी नियमपूर्वक गर्ने
l  दैनिक ब्यायाम गर्न घर नजिकै जान सकिने


नोटः सोसियल डिस्टेन्स (Social Distancing) भनेको एक ब्यक्तिबाट अर्का ब्यक्ति बिचको दुरी भनेर बुझिन्छ। कोरोना भाइरस संक्रामण हुनबाट बच्न सकिने दुरी २ मिटर भनिएतापनि केही बढी टाढा रहेर आवश्यक काम कुरा गर्दा सुरक्षित हुने संभावना रहन्छ। तर यसरी सोसियल डिस्टेन्स कायम गर्दापनि सही ढंगले मास्क भने लगाउँन अति आवश्यक छ।

लाईभ डेटाः कोरोना माहामारी बारे बिश्वब्यापी तथ्यांक 


छत्र मगर
Chhatra_magar@hotmail.com
फोटो तथा भिडियो उल्लेखित स्रोतसंग सम्बन्धित

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी