Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

विश्व आदिवासी दिवस 2020 अगस्ट 9 तारिक जुम भर्चुवल कन्फरेन्स मार्फत आयोजना गरिने

आदिवासी अभिवादन , नमस्कार तथा सेवारो ! नेपाल आदिवासी जनजाति महासंघ जापान , सङघीय परिषदको गत २५ जुलाई , शनिवार सम्पन्न बैठकले सदाझै यो बर...



आदिवासी अभिवादन,
नमस्कार तथा सेवारो !

नेपाल आदिवासी जनजाति महासंघ जापान, सङघीय परिषदको गत २५ जुलाई, शनिवार सम्पन्न बैठकले सदाझै यो बर्ष पनि २६ औ विश्व आदिवासी दिवस ९, अगस्ट २०२०, आइतवारका दिन मनाउने निर्णय गरेकोछ। तर यो बर्ष कोभिड महामारिको कारण सामाजिक दूरीलाई कायम राख्दै भर्चूअल प्रविधि मार्फत मनाइनेछ।

२६ औ विश्व आदिवासी दिवस'' नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजना र यस महासंघसँग आबद्ध ११ सदस्य (एकल जातीय) संघ-संस्थाहरु सहआयोजक रहनेछन्।

पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औं विश्व आदिवासी दिवस !

भन्ने मूल नाराका साथ २६ औं विश्व आदिवासी दिवसका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति माहासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम ज्यू साथै विशेष वक्ता केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोविन्द छन्त्याल ज्यू रहनु हुनेछ।

जापानका लागि नेपाली राजदूतावास, एन आर एन ए जापान, तथा जापानमा रहेका कृयाशिल संघ संस्थाहरुको सहभागिता रहनेछ साथै सामाजिक संजालहरुमा प्रत्यक्ष प्रसारण हुनेहुँदा यहाँहरुको पनि गौरवमय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।  धन्यवाद ।

२६ औ विश्व आदिवासी दिवस कार्यक्रम
तपसिल :-
मिति : ९ अगस्ट, २०२०, आइतवार
समय: १२ बजे देखि दिउसो ३ बजे सम्म
(नेपाली समय बिहान ०८:४८ देखि ११:४५ सम्म)
जुम भर्चूअल अनलाइन कार्यक्रम

सुमन लेछर्बो लिम्बु 
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ जापान

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी