Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

Japan Police मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरै...

Japan Police (Photo web magazine)
Japan Police

मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।

 

औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा  पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।

 

ताईहो सुरुः
जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो
(逮捕:Arrest), हिरासतमा राखिनुलाई कोर्यूउ (勾留:Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो (起訴:Prosecution) भनिन्छ। त्यसैले जापानी प्रहरीले “ताइहो सुरु” (पक्राउ गर्छौ) – भनेमा संयमित भएर कुरो गर्दै आत्मासमर्पण गर्नु बाहेक अवस्थालाई झन गम्भिर बनाउँने करतुत गर्नु हुदैन। यदि सानोतिनो वार्निंग वा कुनै भुलचुकले गरिएको पक्राउँ भए मामिला सजिलै टहल्न सक्ने अवस्थामा उल्टै प्रहरी माथि जाइलाग्ने जस्तो करतुत गरेमा झन ठूलो समस्या निम्त्याउँन सक्नेछ।

इमेरजेन्सी कार्डः
आकस्मिक अवस्थासँग सँगै प्रहरीले पक्राउ गर्दा आफ्नो नजिकको मान्छेलाई अपर्झट खबर गर्न इमेरजेन्सी कार्ड “किन्क्यूउरेङराकुसाकी काडो”
(緊急連絡先カードEmergency Card) अति उपयोगी ठहरिन्छ। आजभोलि सबैको हातमा हुने स्मार्टफोन वा ट्याबलेट पनि ईमेरजेन्सीको समय प्रयोग गर्न सकिने भएतापनि प्रहरीले पक्राउ पर्नसाथ थैली पर्स वालेट बाहेक फोन पनि जफत गर्ने हुनाले कतिपय अवस्थामा अन्त सम्ममा हातमा पर्दैन।  साधरण पर्समा अटाउँने भिजिटिंग कार्ड साइजको ब्यक्तिगत सम्पर्कको लागि प्रयोग गरिने आकस्मिक सूचना कार्डको नमूना तल राखेकोछु।


जापानमा बस्दाँ रहदाँ आइपर्ने आकस्मिक सम्पर्क गर्न जापानी तथा अंग्रेजी बाइलिङगुल भाषामा इमेरजेन्सी कार्ड तयार गरेको छु। यो कार्ड क्रेडिट कार्ड साईजको भएकोले पर्स वालेटमा पनि सजिलै राख्न सकिन्छ। साधरण पानीले नभिज्नाको साथै नरम भएकोले चलाउँन सजिलो पनि हुनेछ। भैपरी आउँने प्राकृतिक प्रकोप भुकम्प, आँधीबेरी, बाढीसँगै प्रहरी पक्राउ, दुर्घटना, आकस्मिक उपचारसेवा जस्तो अति सरभाईबल स्थितीमा आकस्मिक सम्पर्कका लागि यो कार्ड एक एक जना सबैलाई अति उपयोगी हुनेछ। नेपालीमूलका जापान बासिन्दाहरुलाई झन आकस्मिक सम्पर्क कार्डले अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बितेका धेरै घटनाहरुले सावित गरेको छ। चाहिने ब्यक्ति वा समूहले फेसबुक इनबक्स मेसेज गरी एकपटकमा १० प्रति भन्दा बढी मगाउँन सक्नु हुनेछ।
फेसबुक सम्पर्कः
https://www.facebook.com/Chhatra



पक्राउ तीन किसिमको हुनेः

१)    साधरण पूर्जीपत्र सहितको पक्राउ

यथेष्ट प्रमाणको आधारमा शंका भई पक्राउपूर्जी सहित या बेगर गरिने पक्राउ। शंकास्पद अपराधिले आफ्नो अपराध लुकाउँन प्रमाण नष्ट गरेको या लुकाएको पनि हुन सक्ने।

२)    अपराध गर्दा गर्दै रेडहेण्ड पक्राउ

प्रहरीले पक्राउपूर्जी सहित वा बेगर अपराध गर्दै गरेको समय पक्राउ गर्न सक्नेछ।

३)    आकस्मिक पक्राउ

सुरक्षा तथा नियमनको आवश्यकतालाई ध्यानमा राखेर निश्चितकालको लागि पक्राउपूर्जी सहित वा बेगर गरिने पक्राउ।

 

पक्राउ पर्दा होसियारी

ü  कानूनको पालनहार प्रहरीलाई संयमित भएर सोधिएको कुराको उत्तर दिनुहोस।

ü  भाषागत समस्या आए दो-भाषेको ब्यवस्थाको लागि माग गर्नुहोस्।

ü  प्रहरी माथि अभद्र ब्यबहार तथा मारपिट नगर्नुहोस्।

ü  प्रहरी ब्यवसायिक भएकाले शारिरीक रुपले कुशल र बलिया पनि हुन्छन भन्ने हेक्का राख्नुहोस।

ü  पर्स पाकेटमा राखिएको आकस्मिक कार्ड देखाएर नजिकको अभिभावक वा परिवारसँग टेलिफोन सम्पर्क राख्ने अनुरोध गर्नुहोस्।

ü  अभद्र ब्यबहार प्रर्दशन गरे मुद्दा झन गंभिर बन्दै जाने कुरामा होसियार पुर्याउँनुहोस्।

ü  आफैले सरकारी वकिल बाहेक आफैले ब्यक्तिगत वकिल राख्ने हो भने अनुरोध गर्नुहोस्।

 

हिरासत (थुना)

केसको गंभिरतालाई मनन् गरेर शुरुमा ७२ घण्टा सम्म प्रहरीले हिरासतमा राख्नसक्नेछ। यस अवधिमा ४८ घण्टा भित्र सरकारी वकिलले केसलाई कानूनत सोधपुछ पछि मूल्यांकन गर्नेछ। सरकारी वकिलले पेश गरेको सप्रमाण परिस्थितिको आधारमा तपाइले गरेको अपराध कबुल गर्ने वा नगर्ने - सोधपुछ हुनेछ। हलुको अपराधलाई केही चेतावनीमूलक शिक्षा दिएर छाड्न सक्नेछ। यस बाहेकका गंभिर मुद्दालाई अदालतमा पेश गरी सुनुवाई हुनेछ। ७२ घण्टा भित्र गरीने सुनुवाई अनुसार अपराधीलाई कानूनत रिहा गर्ने वा थप १० दिनको लागि हिरासतमा राखि पुनः मुद्दा चलाईनेछ।  यस क्रममा पुनः १० दिन थप थुनमा राखेर मुद्दा चलाइने वा  अदालतको परामर्श अनुसार जेल चलान गरिनेछ। धरौटीमा रिहा गर्ने प्रक्रिया पनि यो अवधीमा लागू हुन सक्नेछ। यस अवधीमा एक पटक पक्राउ पर्दा जम्मा २० दिन भन्दा बढी थुनामा राख्न पाइने छैन।

 


नोट गर्नुहोस,  प्रहरीले पक्राउ गर्नु भनेको कानूनत अपराधीलाई सजया दिलाउनु र वेकसुरलाई न्याय दिलाउनु हो। न्याय सजायको फैसला गर्ने स्थान भनेको अदालत हो। त्यसैले शंकास्पद अपराधिलाई हिरासत अवधिभर शारिरीक मानसिक क्षति पुग्नु हुदैन। यदि हिरासतमा राखिएको ब्यक्तिलाई हानीनोक्सानी, ज्यान जोखिम भएमा यसको जवाफदेहती स्थानिय सरकार वा केन्द्रिय सरकार हुनेछ। विश्व ब्यापीमानव अधिकारले सबैलाई कुनै भेदभाव रोकतोक बिना, स्वतन्त्रतापूर्वक न्याय पाउँन सक्ने अधिकारको ग्यारेन्टी गर्न सदस्य राष्ट्रहरुलाई मेन्डेट जारी गरेकोछ।

 पक्राऊ परेको कुरा परिवारले कसरी थाहा पाउँने?

ठूला घटनाको लागि पक्राऊ पर्दा मेडिया मार्फत सार्वजनिक गरिने भएता पनि स-साना घटनाको लागि पक्राऊ परेमा केसलाई सार्वजनिक नगरी ब्यक्तिगतमा सिमित गर्न सक्छ। यस्तो केसमा प्रहरीद्धारा परिवारलाई खबर गरेर जानकारी दिने गरिन्छ। अपवादको रुपमा पक्राऊ परेतापनि परिवार तथा नजिकको साथीभाई छिमेकीलाई खबर नगरिदिनु – भनि पक्राऊ परेका ब्यक्तिबाट अनुरोध भएमा पक्राऊ परेको खबर प्रहरीले अरुलाई थाहा नदिन सक्छ।

पक्राऊ परेको ब्यक्तिलाई भेट्न कुराकानी गर्न दिन्छ?

ठूला तथा संवेदनशील घटना बाहेक सामान्य घटना भए थुनामा राखिएको ब्यक्तिसँग भेट गर्ने (मेङकाई वा सेक्किन) अनुमति पाउँन सकिने छ। एक दिनमा एक पटक ५ देखि ३० मिनेट भित्र प्रहरी चौकीको अनुमति लिएर बिहान ८ देखि दिउँसो ४ बजे भित्र प्रहरीको उपस्थितिमा भेट गर्न सकिने छ। यस बाहेक लिखित रुपमा पनि संचार आदान प्रदान गर्न सकिने छ।

थुनामा राखिएको आफन्तलाई कस्तो कुराले सहयोग गर्न सकिन्छ?

तोकिएको आवश्यक लगाउँने भित्रि लुगा, पारिवारिक फोटो, चिठीपत्र बाहेक अरु कुराले थुनामा राखिएको ब्यक्तिलाई सहयोग गर्न पाइने संभावना कम छ। आवश्यक पैसा पठाउन सके पक्राऊ परेका ब्यक्तिले चाहिने खानेकुरा र उपलब्ध बस्तु थाना जेल भित्र पनि खरिद गर्न सक्नेछ।

ब्यक्तिगत अधिकार

ü  सोधिएको प्रश्न उपर उत्तर नदिइ शान्तसँग बस्न पाइने अधिकार

ü  दो-भाषे ब्यबस्था गरिपाइने अधिकार

ü  आफुलाई लगाएको आरोप बिरुद्ध वकालत गर्न कानून ब्यबसायी लगाउँन पाईने अधिकार

 

कानूनबिदको सुझाव

जापानी कानूनबिदको सल्लाह सुझाव यूउट्युब भिडियो मार्फत प्रस्तुछः


केस स्टडी

१)    श्रीलङ्गकाकी ओभरस्टे छात्रा आईची नागोया अध्यागमन प्रहरीको हिरासतमा मृत्यु।

२)    कानागावाकेनमा कम्बिनीमा माम्बिकी गरेको अपराधमा पक्राउ परेको जापानी नागरिकको प्रहरी हिरासतमा मृत्यु।

३)    रेलमा महिलालाई अनावश्यक ढंगले छोएको आरोपमा पक्राउ परेका नेपाली कुक मन बहादुर मगरको आइची नागोया प्रहरी हिरासतमा अचेत भई ढलेपछि अस्पतालमा मृत्यु।

सम्बन्धित स्रोतहरु

  1. जापान प्रहरीको हिरासत बारे नियम कानून
  2. जापानको पक्राउ सम्बन्धि जानकारी
  3. पक्राउ बारे मानव अधिकार


No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी