जापानमा विभिन्न पेशा र उदेश्यका साथ बसोबास गर्ने नेपालीमूलका आदिवासी जनजातिहरुको जातिय संघसंस्थालाई प्रदेशमा रहेर पनि आदिवासीको हक अधिकारको लागि एकबद्धता गर्दै आपसी हातेमालो नीतिद्धारा भाइचारा नेपाली आदिवासी जनजातिहरुको भाषा एवं संस्कृतिलाई सुचारु राख्ने उदेश्यले सन् 1999 मा नेपाल आदिवासी जनजाति महसंघ, जापान च्याप्टरको स्थापना भएको हो।
नेपाली आदिवासी जनजाति महासंघ जापानको उद्धेश्यहरु देहाय बमोजिम हुनेछः
(क) जापानमा रहेका बिद्यामान सम्पूर्ण अदिवासी जनजातिहरुको बीचमा पारस्पारिक एकता, सद्धभाव एवं भातृत्वभावना अभिबृद्धि गरी देश बिकास एवं राष्ट्रियताको सुदृढिकरणमा ठोस सकृय सहयोग गर्ने गराउने।
(ख) देशका बिभिन्न आदिवासी जनजातिहरुको भाषा, लिपी, धर्म, संस्कृति, साहित्य, शिक्षा आदि क्षेत्रमा न्यायपूर्ण बिकास गर्न र हक अधिकार प्राप्तिका लागि सबैसँग मिलेर सहकार्य गर्ने एवं सहयोग पुर्याउने।
(ग) आदिवासी जनजातिहरुको लागि राज्यबाट बिशेष संरक्षण, बिकास र आर्थिक उत्थानको निम्ति बिभिन्न कार्य गर्ने गराउने।
(घ) नेपाली आदिवासी जनजाति महासंघ नेपाल "नेफिन नेपाल" संग सम्बन्धन कायम गरी सह-कार्य गर्ने।
(ङ) समान उदेश्य भएका स्वदेश तथा बिदेशमा रहेका जातिय संघ संगठनहरुसँग आवश्यक सम्पर्क गरी सम्बन्ध बिस्तार गर्ने।
(च) मानव अधिकारको विश्वाब्यापी घोषणापत्र, नागरिक एवं राजनैतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अनुबन्धनहरु लगायत सबै मानव अधिकार सम्बन्धी घोषणा पत्रले सुनिश्चित गरेका हक-अधिकार प्राप्तिका लागि राज्य तथा केन्द्रिय सरकारलाई अनुमोदन गराउन प्रयत्न गर्नुका साथै अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९ र संयुक्त राष्ट्रसंघले आदिवासीहरुको अधिकार सम्बन्धि तयार गरेको मस्यौंदा घोषणा-पत्र माथि समर्थन तथा अनुमोदन गराउन सम्बन्धित निकायसँग पहल गर्ने।
(छ) राष्ट्रसंघीय मान्यता अनुसार आदिवासी जनजातीहरुको सामुदायिक, प्राकृतिक सम्पदा, परम्परागत सीप तथा बौद्धिक सम्पत्ति माथिको अधिकार प्राप्तिका लागि कृयाशील रहने।
(ज) आदिवासी जनजातिहरुको सशक्तीकरण गर्न कार्यक्रमहरुको तर्जुमागरी कार्यन्वयन गर्ने र गरिवी निवारण गर्न पहल गर्ने।
(झ) आवश्यकता अनुसार जापान देश भित्र क्षेत्रिय संस्था, शाखा र उपशाखाहरु खोलेर संजाल बिस्तार गर्ने।
सांगठनिक बिकास क्रमः
सन् २०११ |
|
सन् २०१० |
|
वर्तमान कार्यसमिति सन् 2021-2023
क्षेत्रिय समितिहरुः
- नेफिन जापान, कान्तो क्षेत्रिय समिति, टोकियो
- नेफिन जापान, तोकाई होकुरिकु चुबु क्षेत्रिय समिति, नागोया
- नेफिन जापान, कान्साई क्षेत्रिय समिति, ओसाका (गठन नभएको)
- नेफिन जापान, तोउहोकु क्षेत्रिय समिति, फुकुसिमा (गठन नभएको)
- नेफिन जापान, होक्काइडो क्षेत्रिय समिति, साप्रो (गठन नभएको)
- नेफिन जापान, चुगोकु क्षेत्रिय समिति, हिरोसिमा (गठन नभएको)
- नेफिन जापान, सिकोकु क्षेत्रिय समिति, ओकिनावा (गठन नभएको)
- नेफिन जापान, क्यूउसु क्षेत्रिय समिति, फुकुओका (गठन नभएको)
WEBMASTER
Chhatra Magar
Visit Website: Website Studio
Aichi, Japan 080-3067-4325 This website is solely designed and administered by Website Studio
Visit Website: Website Studio
Aichi, Japan 080-3067-4325 This website is solely designed and administered by Website Studio